×

डब्ल्युएचओ सोमालियामा हैजाको प्रकोप रोक्न थप कोष खोज्दै

काठमाडाैं | फागुन १७, २०८०

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सोमालियामा हैजाको प्रकोपलाई नियन्त्रण गर्न थप कोषको खोजी गरेको छ । सोमालियामा हालको हैजाको प्रकोप गत वर्षको प्रकोपको निरन्तरता हो जुन सन् २०२३ अक्टोबर मा बाढीबाट प्रभावित केही स्थानहरूमा व्यापक रूपमा जिल्लाहरूमा फैलिएको थियो । 
सोमालियाको राजधानी मोगादिसुमा जारी गरिएको पछिल्लो प्रतिवेदनमा डब्ल्युएचओले हालको प्रकोपलाई नियन्त्रण गर्न प्रतिक्रियात्मक गतिविधिहरूको कार्यान्वयन गर्न थप परिचालन कोषको तत्काल आवश्यकता रहेको बताएको छ।
सोमालियाको स्वास्थ्य मन्त्रालयका अनुसार सन् २०२४ देखि सोमालियामा कुल २ हजार ९४३ हैजाका नयाँ बिरामी  फेला परेको २६ जनाको मृत्यु भएको उल्लेख गरिएको छ।

Laxmi Bank

डब्लुएचओले मुख्यतया साबेले नदीको किनारमा बसोबास गर्ने विस्थापित व्यक्तिहरूका लागि सुरक्षित पानी र उचित सरसफाइमा समस्या हुनु वर्तमान हैजाको प्रकोपको प्रमुख कारण भएको बताएको छ। यसले छिमेकी इथियोपियामा हैजाको प्रकोपबाट फैलिएको सोमालील्याण्डको हर्गेसा र गालिबे जिल्लाहरूमा नयाँ हैजाको प्रकोप पुष्टि भएको पनि बताएको छ ।  


Advertisment

यसैबीच डब्लुएचओले स्वास्थ्य साझेदारहरूसँग मिलेर प्रभावित जिल्लाहरूमा हैजा प्रतिक्रिया गतिविधिहरूको कार्यान्वयनलाई बढाएको बताएको छ। डब्ल्युएचओका अनुसार सोमालियामा सन् २०२२ देखि पानीजन्य झाडापखाला र हैजाको प्रकोप बढेको छ जुन सन् २०१७ को खडेरीबाट बनादिर क्षेत्रमा समस्या बढ्दै गएपछि थप विकराल बन्दै गएको  बताइएको छ ।
सन् २०२३ मा सोमालियामा  १८ हाजर ३०४ जनाभन्दा बढी सङ्क्रमणका घटनाहरू  देखिएको र ४६ जनाको मृत्यु भएको  उल्लेख  गरिएको थियो जसमा ५ वर्ष मुनिका  १० हजारभन्दा बढी बालबालिकाहरू छन् । 


Advertisment

संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ) का अनुसार सन् २०२४ मा हैजाको प्रकोप डरलाग्दो रहने अनुमान छ ।  पूर्वी र दक्षिणी अफ्रिकाका थुप्रै देशहरूमा पहिल्यै नै भारी वर्षा र 'एल निनो' प्रभाव परिसकेको छ ।

युनिसेफका अनुसार सन् २०२३ मा  लामो खडेरी, बहु चक्रवात, भारी वर्षा र ठूलो बाढी जस्ता चरम मौसमी घटनाहरूका कारण हैजाका घटनाहरू बढेको हो । 

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

धर्म पनि रगतसँग साटिने वस्तु हो र ?

भदौ २२, २०८१

एक सज्जन विद्या प्रचारका लागि हिँडे । केही पर पुगेपछि खाना पकाउन लागेका थिए हातै पोले । त्यसपछि नजिकै चौरमा चुलढुङ्गो लगाए भाँडो बसाए । अर्का एक सज्जनले सोधे– ‘के हो यो ?’ उत्तर आयो&ndash...

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

झाँक्री टीमको निष्कर्ष- विद्रोहको विकल्प छैन, अब बाटो बदलौं

भदौ १९, २०८१

२०७८ भदौ ३१ गते काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासमा किसान श्रेष्ठले नेता र सांसदहरूलाई दहीचिउरा र तरकारीसहित खाजा खुवाएका थिए । त्यहीबाट नेकपा (एमाले) वैधानिक रूपमा विभाजन गर्ने प्रष्ट खाका कोरिएको थिय...

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

आर्थिक समृद्धिको मुख्य आधार पर्यटनमा यसरी बढाउन सकिन्छ आकर्षण

भदौ १६, २०८१

प्राकृतिक एवं सांस्कृतिक सम्पदा र मनोरम सुन्दरताका कारण नेपालको पर्यटन क्षेत्र आर्थिक सम्भावनाले भरिपूर्ण छ । विविधताको प्रकृति, मौलिक सांस्कृतिक तथा पूरातात्त्विक सम्पदा र धार्मिक क्षेत्रको तुलनात्मक लाभ प्रचुर भएकाल...

x