×

NMB BANK
NIC ASIA

इजरायली हवाइ आक्रमणमा परी गाजामा ३० जना प्यालेस्टाइनीको मृत्यु

काठमाडाैं | फागुन २०, २०८०

NTC
Premier Steels

गाजा पट्टीमा इजरायलले शनिबार रातभर गरेको हवाइ हमलामा कम्तीमा ३० जना प्यालेस्टाइनीको मृत्यु  भएको छ ।  हमलामा थुप्रै घाइते भएको प्यालेस्टाइनी सुरक्षा र चिकित्सा स्रोतहरूले आइतबार बताएका छन्।

Muktinath Bank

स्रोतले सिन्ह्वालाई बताए अनुसार इजरायली लडाकु विमानहरूले गाजामा हिजो राति ५० पटकभन्दा बढी आक्रमण गरेका थिए । गाजाका रफाह, खान युनिस, देर अल–बालाह र जबलिया शहरका घर र अन्य मानवीय संरचनाहरूलाई  आक्रमणको निशाना बनाइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दक्षिणी गाजाको रफाहको अल–सलामस्थित घरमा गरिएको आक्रमणमा बालबालिका र महिलासहित १६ जना  प्यालेस्टाइनीको मृत्यु भएको स्थानीय चिकित्सा स्रोतहरूले बताएका छन्। यसैगरी इजरायली विमानले गाजा शहरको उत्तरमा रहेको अल–सफ्तावी नजिकैको घरमा बम आक्रमण गरेको थियो जसमा ४ जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने अन्य थुप्रै घाइते भएका छन् ।


Advertisment
Nabil box
Kumari

यसैगरी उत्तरी गाजा पट्टीको जबलिया शरणार्थी शिविरमा इजरायली सेनाले गरेको आक्रमणबाट १० जना प्यालेस्टाइनीहरू मारिएका छन् । द्वन्द्वले विस्थापित व्यक्तिहरूको आवास नजिक आक्रमणको निशाना बनाइएको  स्रोतले दाबी गरेको छ । 

Vianet communication

उता इजरायली सेनाले गाजा पट्टीको दक्षिणमा रहेको खान युनिस शहरमा शनिबार आफ्ना ३ जना सैनिक मारिएको बताएको छ । इस्लामिक प्रतिरोध आन्दोलन (हमास) को सशस्त्र शाखा, अल–कसाम ब्रिगेड्सले पनि शनिबार खान युनिस शहरको उत्तरमा रहेको अल–सतार क्षेत्रमा इजरायली सैनिकहरू मारिएको र घाइते भएको बताएका छन् । 

यसैबीच इजिप्टका अधिकारीहरूसँग युद्धविराम सम्झौतामा वार्ता गर्न हमासको उच्चस्तरीय प्रतिनिधिमण्डल कायरो पुगेको छ ।  प्राप्त विवरण अनुसार गत २४ घण्टामा गाजामा इजरायली हमलाबाट ९० जना प्यालेस्टाइनीको मृत्यु भएको छ भने १७७ जना घाइते भएका छन् ।

योसँगै इजरायल–हमास संघर्ष शुरु भएदेखि मृत्यु हुनेको सङ्ख्या ३० हजार ४१० पुगेको र ७१ हजार ७०० घाइते भएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x