×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

नयाँ गठबन्धन बनेलगत्तै भत्काउने रणनीतिमा कांग्रेस, जसपा अझै सत्ताबाहिर

काठमाडाैं | फागुन २४, २०८०

NTC
Premier Steels

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेपाली कांग्रेस नयाँ सत्ता गठबन्धन नबन्दै भत्काउने रणनीतिमा देखिएको छ । सोहीअनुसार कांग्रेसले आफ्नो आक्रामक रणनीति अघि सारिसकेको छ । 

Muktinath Bank

नयाँ गठबन्धन बिथोल्ने प्रयासअनुरुपै बुधबार बिहान कांग्रेसले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरेको छ । तर, छलफल सकारात्मक भएन भने समाजवादी नयाँ गठबन्धनमै सामेल भइसकेको छ । तर, पनि आफ्नो रणनीतिअनुसार गठबन्धन भत्काउन निरन्तर प्रयास गर्ने कांग्रेसका नेताहरुको भनाइ छ । 
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ सत्ता गठबन्धनमा गृह मन्त्रालयको बार्गेनिङ बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले झुटो अफवाह फैलाएको आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधवार सामाजिक सञ्जालमा भिडियो सन्देश छोड्दै महामन्त्री थापाले नयाँ गठबन्धनसँग गृहमन्त्रीको बार्गेनिङका लागि लामिछानेले आफूलाई कांग्रेसले प्रधानमन्त्री प्रस्ताव गरेको अफवाह फैलाएको आरोप लगाएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘नयाँ पार्टीका कुरा हामीले कुरा सुन्यौँ । गठबन्धनभित्र बार्गेनिङ गर्नका लागि अफवाह फैलाउने काम भएको छ, कांग्रेसले प्रधानमन्त्री अफर गर्यो भनेर,’ उनले भने ।
रास्वपा संसदीय दलका नेता लामिछाने नवगठित प्रचण्ड मन्त्रिपरिषद्मा उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।
सो अवसरमा महामन्त्री थापाले आफूहरू सम्झौतामा इमान्दार हुँदाहुँदै राजनीतिक बेइमानी गरेर माओवादीले नै गठबन्धन छोडेर गएको आरोप लगाए । महामन्त्री थापाले माओवादीले फेरि धोका दिन सक्नेतर्फ पनि एमालेलाई सचेत गराए ।  
००००
बुधवार प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तार हुँदा उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता पाएका छन् ।

Vianet communication

त्यसपछि अर्का उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठको वरीयता रहँदा अर्का उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको चौथो वरीयता रहेको छ । 

यस्तै मन्त्रीमा अर्थमन्त्री वर्षमान पुनको वरीयता शीर्ष रहेको छ । उनको वरीयता समग्रमा पाँचौँ स्थानमा रहेको छ भने त्यसपछि शक्ति बस्नेत (उर्जामन्त्री)को वरीयता रहेको छ । 

यस्तै युवा तथा खेलकुद मन्त्री विराजभक्त महर्जनको वरीयता २० औँ नम्बरमा छन् । बुधवार मन्त्रिपरिषद् विस्तार भएसँगै प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २० सदस्यीय बनेको छ।   
००००
नयाँ गठबन्धन बनाउन ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर गर्नेमध्येको दल जसपा नेपाल अझै सत्ता बाहिर छ । भागबण्डा र पावर सेयरिङमा कुरा नमिल्दा बुधबार सो दल सरकारमा सहभागी नभएको हो । 

यसैबीच जसपा नेपालले सरकारमा सहभागी हुने मन्त्रीबारे टुङ्गो लगाउन केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहीबार बिहान ८ बजेका लागि बैठक बोलाइएको सो पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
००००
एमसिए–नेपालले विद्युत् प्रसारण आयोजना अन्तर्गत निर्माण गर्न लागिएको ३१५ किमि लामो प्रसारण लाइन सञ्जालबाट १८ किमि लामो बुटवल – गोरखपुर विद्युत् प्रसारण लाइन खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको छ । एमसिए नेपाल सञ्चालक समितिको ४०औँ बैठकले सो निर्णय गरेको हो ।
००००
सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीको टी–२० विश्वकप तयारीका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने उक्त विश्वकपका लागि सरकारले बुधवार पाँच करोड बजेट छुट्याइदिएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको वृद्धि देखिएको छ । सोमवार सकारात्मक सर्किट र मङ्गलवार उच्च अङ्कको गिरावटपछि बजार सम्हालिएको हो ।
परिसूचक नौ दशमलव ३३ अङ्कले बढेर दुई हजार १७ दशमलव ०३ अङ्कमा पुगेको छ ।
००००
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
बुधवार बसेको माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलको बैठकले सुरेन्द्रराज पाण्डे नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता  लिने निर्णय गरेको हो ।
००००
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।
मुख्यमन्त्री चौधरीले माओवादीका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बुधबार बिहान बर्खास्त गरेको मन्त्री सरोज थापाले जानकारी दिए ।
००००
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x