
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन मुद्दा दर्ता गरेको छ ।
गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको मुद्दामा विशेषले गरेको फैसलाविरुद्ध आइतवार सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
उनका अनुसार विशेष अदालतबाट विभिन्न मितिमा फैसला भएका मुद्दाहरूको पुनरावेदन गरिएको हो ।
गलत प्रतिवेदन पेश गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मालपोत कार्यालय, धरानका तत्कालीन मालपोत अधिकृत फणीन्द्र भट्टराई, तत्कालीन नायब सुब्बा डिल्लीराम कोइराला, तत्कालीन सर्वेक्षक योगेन्द्रप्रसाद यादव, तत्कालीन खरिदार श्यामप्रसाद लो र धरान नगरपालिका वडा नम्बर १४ का कर्णबहादुर राईविरुद्ध मुद्दा दायर गरेको थियो ।