×

NMB BANK
NIC ASIA

बुढासुब्बा गोल्डकप : पुलिसलाई हराउँदै मोरङ सेमिफाइनलमा

काठमाडाैं | फागुन २८, २०८०

NTC
Premier Steels

मोरङ फुटबल एसोसिएसन नेपाल पुलिस क्लबलाई हराउँदै सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा मोरङ फुटबल एसोसिएसनले विभागीय टोली पुलिस क्लबलाई ३–० गोलअन्तरले पराजित गरेको हो ।

Muktinath Bank

धरान रङ्गशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा मोरङले पाँच पटकको विजेता पुलिस क्लबमाथि सहज जित निकालेको हो । मोरङ फुटबल एसोसिएसनका लागि महेन्द्र कार्की, उमेश कार्की र सुशील राईले एक एक गोल गरे । महेन्द्रले खेलको ७०औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए । त्यसपछि ८०औँ मिनेटमा पुलिसका सञ्जिव लामाले मोरङका मौसम लिम्बूलाई ‘डी एरिया’ मा लडाएपछि मोरङले पेनाल्टी प्रहार गर्ने अवसर पायो । उक्त पेनाल्टीमा उमेशले गोल गर्दै आफ्नो टोलीलाई २–० को अवस्थामा पु¥याए । खेलको इन्जुरी समयमा मोरङका सुशीलले तेस्रो गोल गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    जितसँगै मोरङले आयोजक धरान फुटबल क्लबसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । आजको खेलमा ‘म्यान अफ दी म्याच’ मोरङका उमेश कार्की घोषित भए ।  उनले रु १० हजार पुरस्कार प्राप्त गरे । मङ्गलबार अन्तिम क्वाटरफाइनल खेल चर्च ब्वाइज युनाइटेड काठमाडौँ र काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापाबीच हुने आयोजक धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x