×

NMB BANK
NIC ASIA

डब्लूएचओकी क्षेत्रीय निर्देशकको आह्वान– अफ्रिकामा क्षयरोग अन्त्य गरौँ

काठमाडाैं | चैत ११, २०८०

NTC
Premier Steels

नैरेबी–सन् २०३० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य हासिल गर्न अफ्रिकी देशहरूले हातेमालो गर्दै उच्च प्रभावयुक्त लगानीद्वारा हस्तक्षेप गर्नुपर्ने विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले बताएको छ । 

Muktinath Bank

आइतवार विश्व क्षयरोग दिवस हो । यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हामी क्षयरोगको अन्त्य गर्न सक्छौं’ भन्ने रहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकार, उद्योग र दातृ साझेदारहरूले नयाँ निदान, खोप र उपचारमा लगानी गरेपछि अफ्रिकामा क्षयरोगको उच्च बोझलाई उल्लेखनीय रूपमा कम गर्न सम्भव हुने डब्लूएचओकी अफ्रिका क्षेत्रीय निर्देशक मात्शिडिसो मोएतीले बताइन् ।  


Advertisment
Nabil box
Kumari

घअफ्रिकामा एचआईभी र एड्सको सङ्ख्यालाई उछिन्दै क्षयरोग एउटा मात्र सङ्क्रामक एजेन्टबाट हुने मृत्युको दोस्रो प्रमुख कारण बनेको छ,’ उनले भनिन् । 

Vianet communication

‘सन् २०२२ मा अफ्रिकी महाद्वीपमा लगभग २५ लाख व्यक्तिहरू यो रोगको सङ्क्रमणको चपेटामा परेका थिए, जुन प्रत्येक १३ सेकेन्डमा एक व्यक्ति बराबर हो,’ केन्याको राजधानी नैरोबीबाट जारी विज्ञप्तिमा मोएतीले भनेकी छिन्, ‘सन् २०२२ मा क्षयरोगका कारण मृत्यु हुनेको सङ्ख्या चार लाख २४ हजार पुगेको छ र यसका कारण क्षयरोग रोकथाम र उपचार गर्न सकिने अवस्थामा पनि हरेक मिनेटमा एक जनाको मृत्यु भएको छ ।’ 

यी तथ्याङ्कहरूले जारी क्षयरोग महामारीलाई सम्बोधन गर्न हाम्रो सामूहिक कार्यको तात्कालिकतालाई जोड दिन्छ र यसलाई अन्त्य गर्न निरन्तर प्रयासको आवश्यकतालाई उजागर गर्दछ ।

डब्लूएचओको अफ्रिकी क्षेत्रले अफ्रिकी टीबी स्कोरकार्ड, अत्यधिक सङ्क्रामक फोक्सो रोगलाई उन्मूलन गर्ने दिशामा प्रगतिलाई गति दिन रणनीतिक दिशा र निगरानी उपकरणहरू प्रदान गरेको छ ।
प्रदूषण, अत्यधिक भीडभाड र गरिबीले निम्त्याएको ब्याक्टेरियाबाट सर्ने यो रोग उन्मूलन गर्न सचेतना अभियानलाई पुनर्जीवित गर्ने लक्ष्य राखिएको छ । 

प्रभावकारी क्षयरोग नियन्त्रण, द्रुत निदानमा सहज पहुँच र क्षेत्रीय सहयोगबारे ज्ञान र सर्वोत्तम अभ्यासहरू आदानप्रदान गर्नु अफ्रिकामा अब यो रोग सार्वजनिक स्वास्थ्य खतरा नभएको सुनिश्चित गर्न महत्वपूर्ण हुने मोएतीले बताए । उनले अफ्रिकामा क्षयरोगविरुद्धको लडाईंमा उल्लेखनीय प्रगतिको प्रशंसा गर्दै भने, ‘अफ्रिकामा सन् २०१५ देखि २०२२ को बीचमा मृत्युदरमा ३८ प्रतिशत कमी आएको थियो भने उक्त महाद्वीपमा सोही अवधिमा नयाँ केसहरूमा २३ प्रतिशतले कमी आएको थियो ।’

अफ्रिकामा क्षयरोग उन्मूलनका लागि बहुऔषधि मल्टिड्रग प्रतिरोधी क्षयरोग, तीव्र निगरानी, पर्याप्त कोष, अनुसन्धान, सामुदायिक संलग्नता र स्वास्थ्य प्रणालीको सुदृढीकरणमा कदम चाल्नु महत्वपूर्ण हुने उनको धारणा रहेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x