×

NMB BANK
NIC ASIA

इलाम-२ का मतदाताको मनस्थिति बुझ्दै कांग्रेस, २० गतेसम्म उम्मेदवार टुंगो लगाउने

काठमाडाैं | चैत १५, २०८०

NTC
Premier Steels

इलाम–२ मा वैशाख १५ गते हुने उप निर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अझै उम्मेदवार चयन गरेको छैन । मतदाताको भावना बुझ्न महामन्त्री विश्वप्रकाश शर्मा आफैं निर्वाचन क्षेत्रमा खटिएका छन् । अहिले मतदाताको आकाङ्क्षा र भावना बुझ्ने काम भइरहेको उनले बताए । ‘हामीले पार्टीका नेता तथा मतदातासँग उम्मेदवार छनोट र कसरी जीत निकाल्ने भनेर छलफल गरिरहेका छौ,’ उनले भने, ‘२० गतेसम्म उम्मेदवारको टुंगो लगाउँछौ ।’

Muktinath Bank

एमालेले भने उम्मेदवार टुंग्याएर मैदानमा पठाइसकेको छ । सत्ता गठबन्धन मै रहेका माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि उम्मेदवार उठाउने भएका छन् ।  एमालेले इलाममा सुवासका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

इलाम क्षेत्र नम्बर २ को राजनीतिक अवस्था बुझ्न प्राध्यापकहरू खटाइएको शर्माले बताए । ‘हाम्रो अवस्थाको अध्ययन गर्न प्राध्यापकहरूलाई खटाएका छौं । उहाँहरूले १९/२० गतेतिर अध्ययनको प्रतिवेदन हामीलाई बुझाउनुहुन्छ । अनि हामी उम्मेदवारको टुंगो लगाउँछौ,’ उनले भने । 
कांग्रेस कोशी प्रदेश समितिले इलाम २ को उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।


Advertisment
Nabil box
Kumari

५ जना पुरुष र २ जना महिलाको नाम केन्द्रीय कार्यालय पठाएको हो । डम्बरबहादुर खड्का, भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शान्तिकला तामाङको नाम सिफारिस गरेको कांग्रेस कोशी प्रदेश समितिले जनाएको छ । 

Vianet communication

२०७९ मा भएको आम निर्वाचनमा धोरै मतान्तरले सुवास नेम्मवाङ (हाल स्वर्गीय)ले चुनाव जितेका थिए । तर, त्यति बेला गठबन्धन थियो । माओवादी केन्द्र,  एकीकृत समाजवादीले पनि माओवादीले सहयोग गरेको थियो । चुनावमा पराजय भोगेपछि माओवादीले असहयोग गरेको कांग्रेसले निष्कर्ष निकालेको थियो ।  गत आम निर्वाचनपछि साङ्गठनिक अवस्था राम्रो बनेकाले चुनाव जित्नेमा आशावादी रहेको महामन्त्री शर्माले बताए ।  

माओवादी केन्द्रले धिरेन्द्र शर्मासहित ४ जनाको नाम सिफारिस गरेको छ । गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी)ले पनि उम्मेदवारको टुङ्गो लगाइसकेको छ । एकीकृत समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । यस्तै सत्ता गठबन्धनमै रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पनि अहिलेसम्म उम्मेदवारको टुंगो लगाएको छैन । रास्वपाले मिलन लिम्बूलाई उम्मेदवार बनाउने चर्चा रहेको छ ।  । रास्वपाले एक्लै चुनाव लड्ने बताइसकेको छ ।

पहिचानवादीहरूले पनि प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक केन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने भएका छन् । सिके राउतको जनमत पार्टीले प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाइसकेको छ । राप्रपाले पनि आफ्नै उम्मेदवार उठाउँदै छ । 

संविधानसभा अध्यक्ष तथा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सोही निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । यो उपनिर्वाचनलाई दलहरूले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । एमालेले आफ्नो विरासत जोगाउन बल गरिरहेको छ भने अहिलेसम्म त्यो क्षेत्रमा जीत निकाल्न नसकेको  कांग्रेस  चार तारे झन्डा फहराउने दाउमा छ । 

यस्तो छ गत निर्वाचनको परिणाम 
२०७९ को निर्वाचनमा कांग्रेस इलामका सभापतिसमेत रहेका खड्का नेम्वाङसँग झिनो मतान्तरले पराजित भएका थिए । नेम्वाङले ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत ल्याएका थिए ।  

त्यतिबेला कांग्रेससहति माओवादी, नेकपा (एकीकृत समाजवादी)को गठबन्धन थियो । त्यो क्षेत्रमा । एमालेको समानुपातिक मत सबैभन्दा बढी २६ हजार ५६२ रहेको छ । कांग्रेसले २२ हजार ३३३ मत पाएको थियो । एमालेले कांग्रेसभन्दा ४ हजार बढी मत पाएको थियो । 

माओवादीले समानुपातिकमा ५ हजार १५३ मत पाएको थियो । रास्वपाले समानुपातिक मत ४ हजार ६८६ मत प्राप्त गर्दा प्रत्यक्षतर्फ भने १ हजार ३८० मत मात्रै पाएको थियो । नेकपा एकीकृत समाजवादीले पनि ५ सयभन्दा बढी मत पाएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x