×

NMB BANK
NIC ASIA

नेपाली यात्रुमाथिको ज्यादती

कतार एयरवेजसँग ९ लाख क्षतिपूर्ति माग्दै सरकारी निकाय धाइरहेका कमलदेवको कथा

काठमाडाैं | चैत १८, २०८०

NTC
Premier Steels

कतार एयरवेजले यात्रुलाई गन्तव्यमा नपुर्‍याई बीचमै अलपत्र छाडेपछि एक म्यानपावर कम्पनी क्षतिपूर्तिका लागि विभिन्न सरकारी निकायमा धाइरहेको छ ।

Muktinath Bank

अल्बानियासम्मको टिकट काटेका यात्रुलाई टर्किएको इस्तानबुलमै अलपत्र छाडेको भन्दै ९ लाख १५ हजार रुपैयाँ क्षतिपूर्तिको दाबीसहित मेनपावर लिंक प्रालि सरकारी निकाय धाइरहेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उक्त कम्पनीका सञ्चालक कमलदेव मल्ल क्षतिपूर्ति पाउने आसमा दिनहुँजसो कतार एयरवेजको नेपालस्थित स्टेसनदेखि नेपाल नागरिक उड्डयन प्राधिकरण, वैदेशिक रोजगार व्यवसायी संघसम्म धाइरहेका छन् ।


Advertisment
Nabil box
Kumari

सोही क्रममा उनी चैत १५ गते बुधवार सिंहदरबारमा भेटिए ।

Vianet communication

श्रम स्वीकृति लिएर, वैध भिससहित वैदेशिक रोजगारीका लागि पठाएका ५ नेपाली युवालाई गन्तव्यमा नपुर्‍याई कतार एयरवेजले बीच बाटोमै अलपत्र छाडेको मल्लले बताए ।

पाँच नेपाली कामदारलाई अल्बानियासम्मको टिकट काटेर इस्तानबुलमै अलपत्र छाडेकाले उनीहरूको आतेजाते टिकट खर्च पाउनुपर्ने माग दाबीसहित मल्ल सरकारी निकाय धाइरहेका हुन् ।

तस्वीरमा मल्ल बायाँतर्फ

मल्लका अनुसार नेपाली कामदारहरू डिलबहादुर थापा, किरण विक, केशव खनाल, सन्तोषकुमार चौधरी र श्रीराम थापा गत असोज २ गते कतार एयरवेजमार्फत अल्बानियाका लागि उडेका थिए । तर, कतार एयरवेजको बदमासीका कारण ती ५ नेपाली कामदारहरू आफ्नो गन्तव्य अल्बानिया नपुग्दै इस्तानबुलबाट फर्किन बाध्य भए ।

वैदेशिक रोजगार विभागबाट २०८० भदौ ३० गते श्रम स्वीकृति लिएर ती ५ कामदारलाई वैदेशिक रोजगारीका लागि अल्बानिया पठाएको उनले बताए । सिटी ट्राभल्स कम्पनीबाट कतार एयरवेजको टिकट लिएको उनले जानकारी दिए । नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं-दोहा, दोहा-इस्तानबुल, इस्तानबुल-अल्बानिया गरी ३ वटा बोर्डिङ पास समेत कतार एयरवेजले उपलब्ध गराई उडान गराएको मल्लले बताए ।

'उडानका क्रममा कामदारहरू दुबई हुँदै इस्तानबुल पुगिसकेपछि कतार एअरवेजको अर्को एअरवेज (पेगासस)का कर्मचारीले उनीहरूलाई अल्बानिया जान दिएनन्,' मल्लले भने, 'भिसा, श्रम स्वीकृतिसहित आवश्यक सबै कागजात देखाउँदा पनि उनीहरूले लगेनन् ।'

सबै कागजात कतार एयरवेजले काठमाडौंमै चेकजाँच गरेको भएपनि त्यहाँ इस्तानबुलमा अवैध कागज भएको भन्दै विमानस्थलमै अलपत्र छाडिदिएको उनको आरोप छ ।

'पेगासस एयरवेजको पनि जिम्मा कतार एयरवेजले नै लिएको थियो । कतार एयरवेजले सबै गन्तव्यको बोर्डिङ पास समेत हाम्रा कामदारहरूलाई काठमाडौंमै उपलब्ध गराएको थियो,' मल्लले लोकान्तरसँग भने, 'तर, इस्तानबुल पुग्दा त्यहाँ पेगासस एयरवेजका जुनियर कर्मचारीले भिसा अवैध हो भन्दै अल्बानिया लगिदिएनन् । जबकि भिसा लिगल हो भन्ने कुराको सबै प्रमाण र कागजात हाम्रा कामदारले इस्तानबुल विमानस्थलमै पटक-पटक देखाएका थिए ।'

null

null

 

२४ घण्टासम्म त्यही विमानस्थलमा ५ कामदार भोकभोकै बसेर डिपोर्ट गर्ने अवस्था आएपछि आफूहरूले अन्तिम समयमा फ्लाई दुबईको टिकट काटेर नेपाल फर्काएको उनले बताए ।

'अल्बानियाको सरकारले वैदेशिक रोजगारीका लागि जारी गरेको क्यू आर कोड एसक्यू साइनमा स्क्यान गरेर भिसाको कागजात देखाउनेदेखि नेपालको श्रम स्वीकृतिसहितका वैध कागजात देखाउँदा पनि इस्तानबुलबाट हाम्रा ५ कामदारलाई कतार एयरवेजले अल्बानिया पठाएन,' मल्लले थपे, '२४ घण्टासम्म त्यहीँ विमानस्थलमा कामदारहरू भोकभोकै बस्न बाध्य भए । त्यहाँ कतार एयरवेजका कर्मचारीले कुनै रेस्पोन्स नगरेपछि अन्तिम समयमा २३ घण्टा ४५ मिनेट पुगेपछि डिपोर्ट हुनबाट जोगाउन हामीले आफ्ना कामदारलाई फ्लाई दुबईको टिकट काटेर नेपाल फर्काउन सफल भयौं ।'

इस्तानबुलमा आफ्ना कामदार होल्ड भएका बेला हात्तीसारस्थित कतार एयरवेजको कार्यालयमा पुगेर दिनभर हारगुहार गर्दा र कागाजात देखाउँदा पनि आफ्ना कामदारलाई उनीहरूले पठाउन नमानेको मल्लले बताए ।

'उनीहरूले उल्टो ती कामदारलाई नेपाल फर्काऊ, नभए अफलोडलगायतको विभिन्न शुल्कसहित ठूलो रकम तिर्नुपर्छ भनेर धम्क्याउन थाले,' मल्लले थपे, 'हाम्रो केही नचल्ने भएपछि आफ्ना कामदारलाई अलपत्र छाड्न नमिल्ने भनेर तत्काल फ्लाई दुबईको टिकट काटेर नेपाल फर्कायौं ।'

वैदेशिक रोजगार विभागमा दिएको उजुरी

पछि त्यही कागजातको आधारमा आफूहरूले फ्लाई दुबईको अर्को टिकट काटेर पाँचैजना कामदारलाई अल्बानिया पठाएको उनले खुलाए । जाते-आते जनही १ लाख ८३ हजार रुपैयाँका दरले ९ लाख१५ हजार रुपैयाँ खर्च भएको हुनाले कतार एयरवेजसँग क्षतिपूर्ति मागेको उनले बताए ।

कतार एयरवेजले ९३ हजार रुपैयाँको दरले पाँचजनाको कुल ४ लाख ६५ हजार रुपैयाँ लिएको र फ्लाई दुबईबाट फिर्ता ल्याउन ९० हजार रुपैयाँको दरले कुल ४ लाख ५० हजार रुपैयाँसहित कुल ९ लाख १५ हजार रुपैयाँ क्षतिपूर्ति पाउनुपर्ने उनको माग छ ।

'हामीले त आतेजाते टिकटको रकम मात्र मागेका छौं, जबकि हामीले आफ्ना कामदारलाई नेपाल फिर्ता बोलाएर होटलमा राखेर गरेको खर्च, कतार एयरवेजले दिएको मानसिक यातना, हाम्रो कम्पनीको छवि खराब गरेको कुराको त क्षतिपूर्ति मागेकै छैनौं,' मल्लले थपे, 'हामीलाई क्षतिपूर्ति दिन नमानेपछि विभिन्न सरकारी निकायमा धाइरहेका छौं । तर, पनि हामीले न्याय पाउन सकेका छैनौं ।'

हेर्नुहोस्,आतेजाते टिकटको विवरण र बोर्डिङ पास

null

श्रम स्वीकृतिदेखि भिसासम्मको विवरण

नेपाल फर्किएपछि पाँचैजना कामदारलाई लिएर २०८० असोज १६ गते नेपाल नागरिक उड्डयन प्राधिकरणमा क्षतिपूर्तिका लागि निवेदन दिएको उनले खुलाए ।

'त्यहाँ ज्ञानेन्द्र भुल सरले तपाईंहरूले क्षतिपूर्ति पाउनुहुन्छ भनेर हामीलाई भन्नुभएको थियो । यो त कतार एयरवेजको बदमासी हो, तपाईंहरूले क्षतिपूर्ति पाउनुहुन्छ भन्नुभयो,' मल्लले थपे, 'तर ५ महिनापछि २०८० फागुन ९ गते नागरिक उड्डयन प्राधिकरणले उक्त क्षतिपूर्ति दिलाउन नसक्ने जानकारी दियो ।'

null

प्राधिकरणमा दिइएको उजुरी

null

प्राधिकरणले दिएको जवाफ

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुल कतार एयरवेजले आफूहरूको कुनै बदमासी नभएको भनेर लेखी पठाएकाले त्यस विषयमा प्राधिकरणले केही गर्न नसकेको बताउँछन् ।

'हामीकहाँ निवेदन दिएकाले मैले कतार एयरवेजलाई प्राधिकरणमा बोलाएर नै सोधेको हो । लिखितमै पनि सोध्यौं । त्यसपछि कतारले अर्को एयरलाइन्सलाई पनि सोध्यो । अर्को एयरलाइन्सको स्टाफले उनीहरूको भिसा फेक भएका कारण अफलोड गरेको हो भनेर जावफ दिए,' भुलले लोकान्तरसँग भने, 'कतारले त्यही रिप्लाई गरेपछि सिधै कतारसँगको सम्बन्ध नभएको हुनाले हामीले केही गर्ने कुरा भएन । अर्को उहाँहरूको भिसा सक्कली थियो वा नक्कली भन्ने परीक्षण गर्ने निकाय समेत हामी होइनौं । हाम्रो क्षेत्राधिकारभित्र नपरेको हुनाले केही गर्न सकेनौं ।'

उनले थपे, 'कतार एयरवेजको फ्लाइट भएसम्म समस्या भएन । अर्को एयरलाइन्सको फ्लाइट हुँदा उनीहरूको भिसा नै नक्कली भनेर अफलोड गरिदियो,' भूलले थपे, 'एयरवेजले भिसा नक्कली भन्छ, म्यानपावरले सक्कली भन्छ । फेरि उहाँहरू फ्लाई दुबईबाट जानुभएकाले त्यतिबेला होल्ड गरेको भिसा नक्कली थियो वा सक्कली भन्ने कुरा हेर्ने काम त वैदेशिक रोजगार विभागले गर्ने हो ।'

हेर्नुहोस्, कतार एयरवेजले दिएको जवाफ :

null

null

यस विषयमा कतार एयरवेजका नेपालस्थित प्रमुख सरिक बोगटीसँग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।

तर, म्यानपावर कम्पनीले भने अल्बानियाको अनलाइन पोर्टलमा रहेको ई-भिसा, क्यूआर कोड स्क्यान गरेर देखाउनुका साथै त्यहाँको सरकारले नै आधिकारिक रूपमा गरेको भिसाको इमेल समेत देखाउँदा पनि अल्बानिया नपुर्‍याएको मल्लको जिकिर छ ।

'हामी त म्यानपावर कम्पनी हौं । एउटा संस्था हौं । संस्थाको रूपमा काम गर्दा त कतार एयरवेजले यस्तोसम्म ह्यारेस गरेको छ भने अन्य कुनै व्यक्ति व्यक्तिगतरूपमा जाँदा कतिसम्म अन्यायमा पारेको होला,' मल्लले थपे, 'यो कतार एयरवेजको सरासर दादागिरी हो । हामीलाई क्षतिपूर्ति दिनैपर्छ ।'


null

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x