×

NMB BANK
NIC ASIA

प्रदेश कार्यालयको गोदाममै थन्किए पाठ्यपुस्तक

सुर्खेत | चैत २०, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशको सबै जिल्लाका लागि पठाइने पाठ्यपुस्तक जनक शिक्षा सामग्री केन्द्र कर्णालीको प्रदेश कार्यालयस्थित गोदाममै थन्किएको छ । बिक्रेताले प्रदेश कार्यालयमा आइ पाठ्यपुस्तक नलिएका कारण पुस्तक गोदाममै थन्किएको हो । 

Muktinath Bank

केन्द्रको तालिका अनुसार चैत ९ गतेदेखि पुस्तक वितरण सुरु गरिएको प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताए। यो आर्थिक वर्षको लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रमुख पन्तले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गर्ने कार्य योजना बनाए पनि उक्त योजना अनुसार पुस्तक वितरण हुन सकेको छैन । केन्द्रले चैत ९ गतेदेखि १४ गतेसम्म हुम्ला र डोल्पा, चैत १५ गतेदेखि १६ सम्म मुगु, १७ गतेदेखि १८ सम्म जुम्ला, १९ गतेदेखि २० सम्म कालिकोट, २१ गतेदेखि २२ सम्म जाजरकोट पुस्तक पठाउने तालिका सार्वजनिक गरेको थियो । त्यसैगरि २३ गतेदेखि २४ सम्म दैलेख र २५, २६, २७ गते तीन दिन सुर्खेतका लागि पुस्तक वितरण गरिने तालिकामा उल्लेख छ । 


Advertisment
Nabil box
Kumari

बिक्रेताले पाठ्यपुस्तक लिन नआएपछि तोकिएको तालिकाअनुसार जिल्लामा पुस्तक पठाउन नसकिएको केन्द्रले जनाएको छ । केही छिटफुट मात्रामा ढुवानी भएपनि धेरैजसो पाठ्यपुस्तक ढुवानी हुन बाँकी छ । 

Vianet communication
Laxmi Bank

नयाँ शैक्षिक सत्र सुरु हुनु अगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइ सकेकाले यो वर्ष पाठ्यपुस्तक अभाव नहुने कार्यालयको भनाई छ । कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको कार्यालय प्रमुख पन्तले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

सप्तरी/राष्ट्र निर्माता पृथ्वी नारायण शाहका नाममा रूपनगर नन्दराज संग्रौला क्याम्पसमा छात्रवृत्ति कोष स्थापना गरिएको छ । सप्तरीको रूपनगरस्थित नाफा नकमाउने, समुदायद्वारा सञ्चालित यस क्याम्पसमा आयोजित एक समारोहमा मध...

फागुन ४, २०८०

‘म त रित्ता हातमा हतियार बनाइदिन्छु  तिमी होली भन म दिवाली बनाइदिन्छु  शब्दका पोखरी यसरी खनाइदिन्छु मेरै कुरामा हो हो बनाइदिन्छु’ कक्षा ११ मा अध्ययन गर्दै गर्दा शिक्षकले घमण्ड...

मंसिर २४, २०८०

सामुदायिक क्याम्पसमा विद्यार्थीको हाहाकार भइरहेका बेला बुटवल कालिका क्याम्पसले यसै शैक्षिक सत्रदेखि स्नातकोत्तर तहको अध्यापन शुरू गर्न लागेको छ । बुटवल– १० रामनगरस्थित क्याम्पसले एमएममा आर्टसतर्फ अंग्रेजी र ग्र...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

चैत ६, २०८०

सरकारले शिक्षकको अन्तरजिल्ला सरुवा रोक्का गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकको सरुवासम्बन्धी मापदण्ड निर्धारण तथा र शिक्षक सेवा आयोगको परीक्षा समाप्त नभएसम्म शिक्षकहरूको अन्तर...

चैत २१, २०८०

काठमाडौं महानगरपालिकाले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाअन्तर्गतका संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न महानगरको शिक्षा विभागले आग्रह गरेको ह...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x