×

NMB BANK
NIC ASIA

संसदीय दलको निर्णय

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन कांग्रेसको बटमलाइन, समिति गठनबेगर सदन चल्न नदिने

प्रधानमन्त्रीको कुरा सुनिसक्यौँ, अरु मन्त्रीको कुरा सुन्दैनौं : रमेश लेखक

काठमाडाैं | चैत २७, २०८०

NTC
फाइल तस्वीर
Premier Steels

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदीय समिति नबनेसम्म सदन चल्न नसक्ने स्पष्ट पारेको छ । मंगलबार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको निष्कर्ष निकाल्दै संसदीय समिति गठनबेगर सदन नचल्ने स्पष्ट पारेको हो । 

Muktinath Bank

बैठकले पार्टीको बटमलाइन नै संसदीय छानबिन समिति गठन भएको निष्कर्ष निकालेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । नेता लेखकले सहकारीमा लाखौँ हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएकाले छानबिन जरुरी रहेको बताए । 'सहकारीमा लाखौं नागरिकले आफ्नो अर्बौ रकम जम्मा गरेका छन् । त्यसको अपचलन भएको छ । हिनामिना भएको छ । ठगी भएको छ । धेरै मानिस पीडित भएका छन् । सरकारको बहालवाला मन्त्रीसमेत अपचलन गर्ने कुरामा देखा परेका छन्,' उनले भने, 'कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलनको काममा सहभागी भएको कुरा उठाइरहेको छ । त्यसका निम्ति संसदीय छानबिनको माग गरिरहेका छौं । आजको बैठकले हाम्रो माग उचित छ भन्ने ठहर गरेको छ । कांग्रेसले सरकारसँग संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ ।'


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसको मागमा सरकार गैरजिम्मेवार तबरले प्रस्तुत भए सदन अवरोधको जिम्मा पनि उसैले लिनुपर्ने उनले बताए ।  'कांग्रेस संसद् अवरोध चाहँदैन । कांग्रेसको मागप्रति सरकार गैरजिम्मेवार भएर संसद् अवरुद्ध भए त्यसको जिम्मा सरकारले लिनुपर्छ ।'


Advertisment
Nabil box
Kumari

कांग्रेसले संसदीय छानबिन समिति गठनबेगर गृहमन्त्रीको कुरा पनि नसुन्ने उनले बताए । 'हामीले प्रधानमन्त्रीको कुरा सुन्यौँ । प्रधानमन्त्री सरकारको मुखिया हो । उहाँको कुरा सुनेपछि अर्को मन्त्रीलाई सुन्ने कुरा आउँदैन । मन्त्रीको अर्को कुरा आउने होइन, किन सुन्ने ?,' उनले भने ।

Vianet communication

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न कांग्रेसले सरकारलाई यसअघि नै अल्टिमेटम दिएको थियो । तर, सरकार समिति बनाउन तयार भएको छैन । कांग्रेसले गरेको प्रस्ताव सत्तापक्षले अस्वीकार गरेको छ ।

कांग्रेसले चैत २७ गतेसम्म लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन नभए संसद् बैठक चल्न नदिने चेतावनी दिएको थियो । आजै प्रतिनिधि सभा बैठक बस्ने तय भएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x