×

NMB BANK
NIC ASIA

कोशीमा सरकारले विश्वासको मत लिँदैनः मन्त्री राई

विराटनगर | चैत २८, २०८०

NTC
Premier Steels

कोशी प्रदेश सरकारले विश्वासको मत नलिने भएको छ ।  प्रदेश सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री शमशेर राईले आफ्नै निवासमा बुधवार साँझ पत्रकार सम्मेलन गर्दै विश्वासको मत नलिने बताएका छन् । 

Muktinath Bank

संविधानको अन्तिम विकल्पको धारा प्रयोग बनेर बनेको यो सरकारले विश्वासको मत लिइरहनु नपर्ने जिकिर उनले गरेका छन् । कोशी प्रदेशका प्रदेश प्रमुखले अधिवेशनको आह्वान गरेपछि सरकारले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश प्रमुख परशुराम खापुङले बुधवार नै वैशाख ६ गतेका लागि अधिवेशनको आव्हान गरेका छन् । यसले गर्दा प्रदेश प्रमुखप्रति पनि जवाफदेहिताको प्रश्न उठेको सरकारका प्रवक्ता राईले बताए ।


Advertisment
Nabil box
Kumari

‘एकैदिन अधिवेशनको आह्वानसम्बन्धी दुईवटा पत्र दर्ता भएका छन्,’ उनले भने ‘जन्म दर्ताजस्तो गरेर पहिला दर्ता र दोस्रो दर्ता भनिएको छ । प्रदेश प्रमुखप्रति पनि भोलि जवाफदेहिता होला !’, उनले भने ।

Vianet communication

मंगलवारमात्रै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पत्रकार सम्मेलन गरेर प्रदेश सभामा संकल्प प्रस्ताव ल्याउने बताएका थिए । तर मन्त्री राईले भने एमाले माओवादीले ल्याउने भनेको संकल्प प्रस्तावलाई बिहे नभएका बाबु–आमाबाट जन्मिएका छोराको पास्नी गरेजस्तो भन्दै व्यंग्य गरेका थिए । 

संवैधानिक हिसाबले सरकार परिवर्तन हुने कुनै आधार नभएको प्रवक्त राईको जिकिर छ ।  अस्थिरता निम्त्याउनका लागि केही राजिनितिक दलहरू पटक–पटक लागेको उनले आरोप लगाएका छन् ।

केन्द्रमा गठबन्धन परिवर्तन हुनका बाबजुद कोशीका अहिले पनि नेपाली कांग्रेसको नेतृत्वकै सरकार छ । जसको नेतृत्व केदार कार्कीले गरिरहेका छन् ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x