×

NMB BANK
NIC ASIA

सरसर्ती २४ घण्टा

कांग्रेस कोशीमा किचलोदेखि गण्डकीमा मन्त्रालय फुटाउने निर्णयसम्म

काठमाडाैं | चैत ३०, २०८०

NTC
Premier Steels

 ‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

Muktinath Bank

कोशीमा प्रदेशमा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा विवाद देखिएको छ । इलाम–२ मा हुन गइरहेको उपनिर्वाचनमा केन्द्रबाट नेताहरू आएर एकताको संकेत गरिरहँदा सरकारको विषयलाई लिएर दुई पक्षबीच दोहोरी चल्न थालेको हो । विशेषगरी संस्थापन सभापति शेरबहादुर देउवा (संस्थापन) र डा शेखर कोइराला (इतर) पक्षका नेताबीच विवाद भइरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बुधबार साँझ आन्तरिक मामिला तथा कानूनमन्त्रीसमेत रहेका कोशी प्रदेश सरकारका प्रवक्ता शमशेर राई कांग्रेस संसदीय दलका नेता उद्धव थापाविरुद्ध खनिए । केदार कार्की नेतृत्वको वर्तमान सरकार अल्पमतमा परेको बताउँदै आएका थापाप्रति उनी खनिएका हुन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो दल र नेकपा एमाले मिलेको खबर केही समयमै आउने दाबी गरेका छन् । झापामा बिहीवार पुहाँतु चौधरीको शालिक अनावरण गर्दै शर्माले केही समयमै कांग्रेस र एमाले मिलेको खबर आउने दाबी गरेका हुन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सत्तामा फर्किएपछि देशको ओरालो लाग्ने क्रम रोकिएको दाबी गरेका छन् । ताप्लेजुङ एमालेको जिल्ला पार्टी कार्यालय भवनको बिहीवार उद्घाटन गर्दै ओलीले पार्टीलाई सरकारबाट हटाएर देशलाई ओरालो र कमजोर बनाउन खोजिए पनि त्यो रोकिएको बताए ।
००००
गैरआवासीय नेपाली संघ (एनआरएनए) को दर्ता नवीकरण भएको छ । परराष्ट्र मन्त्रालयले दर्ता हुनुपर्ने मिति भन्दा ६ महिना ढिलागरी नवीकरणको निर्णय गरेको हो । 


Advertisment
Nabil box
Kumari

हरेक १० वर्षमा हुनुपर्ने संस्था नवीकरण गत अक्टोबरमै हुनुपर्ने भएपनि उच्च अदालत पाटनको फैसलापछि मात्रै मन्त्रालयले नवीकरण गरिदिएको हो । यसअघि संघभित्रको विवादलगायतका कारण मन्त्रालयले नवीकरणमा आलटाल गर्दै आएको थियो । संस्था नवीकरण नभएकै कारण संघको  बद्री केसी पक्ष अदालत पुगेको थियो । 
००००
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजस्व चुहावट, छली, ठगी, तस्करी जस्ता गैरकानुनी गतिविधि गर्ने विरुद्ध सरकार निर्मतापूर्वक अघि बढ्ने बताएका छन् । 

Vianet communication

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा बिहीबार आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीलाई सम्बोधन गर्दै उनले अवैध आर्थिक गतिविधि गर्ने कसैलाई पनि नछाड्ने बताएका हुन् ।
००००
धुलो, धुँवा र तुवालोले विश्वकै प्रदुषित शहरको शीर्ष स्थानमा पुगेको काठमाडौंमा बिहीवार अपरान्ह पानी परेको छ । 
काठमाडौं उपत्यका र आसपासका जिल्लामा दिउँसो परेको पानीका कारण शीतलता अनुभव गरिएको छ । 
००००
गण्डकी प्रदेशका कामचलाउ मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वले मन्त्रालय फुटाउने निर्णय गरेको छ । 
मंगलवारको मन्त्रिपरिषद्ले मन्त्रालय फुटाएर ९ वटा बनाइने निर्णय गरेको बिहीवार सार्वजनिक भएको छ ।  अहिले गण्डकीमा मुख्यमन्त्रीसहित ७ सदस्यीय मन्त्रिपरिषद् छ । मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य र कानून मन्त्रालय थप्न सिफारिस गरेको हो ।
००००
एसियाली विकास बैंक (एडीबी)ले आर्थिक वर्ष २०८०–८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । यसअघि विश्व बैंकले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो ।
००००
एक महिनाको उपवास (रोजा)पछि मुस्लिम धर्मावलम्बीहरूले बिहीबार हर्षोल्लासका साथ ईदपर्व मनाएका छन् । 
००००
सुनको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ३६ हजार आठ सयमा कारोबार भएको छापावाला सुन बिहीबार भने एक लाख छ हजार छ सय निर्धारण भएको छ । यस आधारमा छापावाला सुन तोलामा दुई सयले घटेको छ ।
००००
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको बताएका छन् । शनिबारदेखि यी दुई क्षेत्र चौबिसै घण्टा खुल्ने घोषणा भइसकेको छ । 
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ समीकरण फुटाउन नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाएका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले समीकरण फुटाउन कांग्रेसले लामिछानेमाथि छानबिनको कुरा उठाएको आरोप लगाए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x