×

आफैं 'घाइते' बन्न पुगेको ल्वाङ घलेल स्वास्थ्यचौकी

कास्की | चैत ३०, २०८०

धनमाया तामाङको घरबाट दुई मिनेट उक्लिएपछि आइहाल्छ, ल्वाङ घलेल स्वास्थ्यचौकी ।

Laxmi Bank

सामान्य बिरामी पर्दा उपचार गर्न सहज छ । सानोतिनो रोगका लागि औषधि नपाएर फर्किनुपर्ने अवस्था छैन । तर, स्वास्थ्यचौकीको दयनीय अवस्था देखेर उपचारमा जान भने सोच्नुपर्ने परिस्थिति छ । 


Advertisment

१० दिन अगाडि मात्र हो उनी उपचारका लागि स्वास्थ्यचौकी पुगेको । एलर्जी भएपछि स्वास्थ्य चौकी उक्लिएकी थिइन् उनी । उपचार गर्न जाँदा उनलाई उल्टै ‘मरिन्छ कि’ भन्ने पीर हुन्छ । ‘एलर्जीको औषधि लिन गएको । तर, घर नै त्यस्तो छ, त्यही गएर मरिन्छ कि भन्ने जस्तो छ,’ उनले भनिन् । 


Advertisment

यो डरले धनमाया मात्र होइन, उपचार सेवा लिन जाने प्रत्येक बिरामी आतिन्छन् । कारण हो, स्वास्थ्यचौकीको जीर्ण भवन । ३५ वर्षअगाडि निर्माण भएको तीन कोठे स्वास्थ्यचौकी भवन जीर्ण छ । 

चुहिने छत । चर्किएका भित्ता । ढुंगाले छाएको छानो । छानो अड्याउन काठको आड अनि त्यही टेको समेत भाँचिनै लागेको अवस्था । जीर्ण छानोमुनि छ बिरामी राख्ने शय्या । उपचार हुने यो थलो देखेर बिरामी त आत्तिन्छन् नै, स्वास्थ्यकर्मी समेत भवितव्य घटना सोचेर डराउँछन् । 

null

कास्कीको माछापुच्छ्रे गाउँपालिका ९, सैतीघट्टमा रहेको तीने कोठे स्वास्थ्यचौकीमा बुधबार पुग्दा एक कोठाबाट पानी चुहिरहेको थियो । चुहिएको पानी रोक्न एक कोठाको छानो टालेको देखियो ।

स्वास्थ्यचौकीको अवस्था सात वर्षदेखि यस्तै छ । संरचना बन्नुको साटो थप जीर्ण बन्दै छ । २०७२ सालको भूकम्पपछि अहेब भएर आएका हुन्, हरिबहादुर मल्ल ।

उनी आउँदा स्वास्थ्यचौकीका भित्ताहरू चर्किएका थिए । तर भवन अहिले जस्तो जीर्ण भने भइसकेको थिएन । 

‘भूकम्पको बेलामा भवनका भित्ताहरू चर्किए । २०७३/०७४ मै हो टेको लगाएको पनि । त्यसपछि विस्तारै–विस्तारै क्रयाक हुँदै अहिले जीर्ण अवस्थामा छ,’ मल्लले भने । 

विगत सात वर्षदेखि स्वास्थ्य चौकीको अवस्था झन् जीर्ण बन्दै गयो । स्तरोन्नतिमा भने स्थानीय सरकारको चासो देखिएन । एकै कोठाबाट उपचारका काम भइरहेको छ ।

उपचारका क्रममा गोपनीयता कायम गर्न बिरामीलाई आवश्यक पर्ने स्थान पनि असहज रहेको बताउँछन्, स्वास्थ्यचौकी प्रमुखको जिम्मेवारी निर्वाह गरिरहेका हेल्थ असिस्टेन्ट सक्रिज लामिछाने । उनले जिम्मेवारी सम्हालेको दुई महिना भयो । समस्या भएपनि सेवा भने दिइरहेको उनले सुनाए । तीन कोठामध्ये एक कोठा प्रयोग नै गर्न नमिल्ने गरी असुरक्षित छ, जसलाई मिति नाघेका औषधि राख्ने गोदाम बनाएको उनले जानकारी दिए । जीर्ण भवन देखेर बिरामी पनि आत्तिने गरेको उनी बताउँछन् । 

‘अत्यन्त गाह्रो छ । कहिलेकाहीँ बिरामी ल्याएर त्यही राख्नु पर्दा बिरामी छत देखेर आत्तिने जस्तो पनि छ । सेवा लिन आउनुहुन्छ, हेल्थपोस्ट देखेर झन् बढी आत्तिनुहुन्छ । हेल्थपोस्ट नै बिरामी छ । हामी बिरामीलाई कसरी उपचार गर्ने ?,’ उनले थपे, ‘हामी कर्मचारीलाई पनि आएर काम गर्ने बेला, कुर्ने बेला कतिबेला भत्किन्छ, वा पुर्छ भन्ने मनमा डर एकदम धेरै छ ।’

null

उनका अनुसार जीर्ण भवनमा वर्षातको समयमा पानी चुहिन्छ । बुधबार साँझ पुग्दा वर्षा शुरू भएको थियो । केहीबेरको पानीले नै स्वास्थ्यचौकीको एक कोठाको छानोबाट पानी चुहिएको थियो । 

गाउँपालिकाले भवन बनाउनका लागि २०८०–८१ मा ३० लाख रुपैयाँ विनियोजन गरेको थियो । तर, विनियोजित बजेटमा मापदण्डबमोजिम स्वास्थ्यचौकी नबन्ने भएपछि काम रोकिएको छ । वडा ९ का वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) स्वास्थ्यचौकीलाई भौतिकरूपमा बलियो बनाउन नसकेको स्वीर्काछन् । 

स्वास्थ्यचौकीका लागि २०७९/०८० मा १० लाख बजेट विनियोजन गरेको थियो पालिकाले । शुरूमा वडा कार्यालयको छेउमा भवन बनाउने योजना बन्यो । तर, भवन निर्माणका विषयमा स्थानीयबीच एउटै धारणा बन्न सकेन ।

सर्वसाधारण र राजनीतिक दल सबैको उपस्थितिमा वडाले छलफल गर्‍यो । छलफलबाट वडा कार्यालयनजिक स्वास्थ्यचौकी नबनाउने निर्णय भयो । कोरोनाजस्तो अन्य महामारी रोगका समयमा स्वास्थ्यचौकी बस्तीबाट फरक हुनुपर्छ भन्ने धेरैको राय थियो । सोही अनुरूप स्वास्थ्यचौकी भइरहेको स्थानमा रहने कुरा भयो । 

विनियोजित बजेटले स्वास्थ्यचौकीको भवनवरपरको भिरालो छेउ सम्याउने कुरा भयो । १० लाख बजेटले भिरालो स्थानमा रहेको भवनको जग्गा सम्याउने कामबाहेक अरू केही हुन सकेन । वडाध्यक्षका अनुसार यस आर्थिक वर्ष स्वास्थ्य चौकीको भवन निर्माणका लागि ३० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । तर, स्वास्थ्य मन्त्रालय मापदण्डअनुसार भवन बनाउन सो रकमले नपुग्ने भएपछि काम अगाडि बढाउन नसकेको उनको भनाइ छ ।
आव २०८१/०८२ मा भवन निर्माणका लागि गाउँपालिकाले संघीय सरकारसँग बजेट माग गरेको वडाध्यक्षले जानकारी दिए । 

null

‘अबचाहिँ २०८१/०८२ का लागि संघीय सरकारबाट गाउँपालिकाले पाउने वित्तीय अनुदानबाट एउटा विशेष योजना अगाडि बढाउनुपर्ने हुन्छ । त्यो विशेषमा १ नंं. मा ल्वाङ घलेल स्वास्थ्यचौकी भनेर मोटामोटी १ करोड २२ लाखको डीपीआर बनाएर बजेट माग गरेका छौँ । अहिलेचाहिँ नेपाल सरकारको अनुदानमा भवन बन्छ भन्ने हाम्रो अपेक्षा हो,’ उनले भने ।

संघ सरकारबाट अपेक्षाअनुसार बजेट प्राप्त नभए प्रदेश र स्थानीय सरकारले भवन निर्माण थालनी गर्ने उनले बताए । यस स्वास्थ्यचौकीमा प्राविधिक कर्मचारीको अभाव छ । स्वास्थ्यचौकीमा कार्यालय सहयोगीसहित ६ जनाको दरबन्दी छ, जसमध्ये ५ जना प्राविधिक स्वास्थ्यकर्मी हुन्छन् । हाल स्वास्थ्यचौकीमा भने जम्मा ३ जना स्वास्थ्यकर्मी उपलब्ध छन् ।

‘भौगोलिक विकटता र मोटरबाटोको जीर्ण अवस्थाले राम्रो कर्मचारी जान नमान्ने अवस्था रहेको,’ पालिकाका एक जनप्रतिनिधिको गुनासो छ । 

सो स्वास्थ्यचौकीले मुख्य गरेर हेर्ने सैतीघट्ट र सिदिङ क्षेत्रका बिरामी हेर्दै आएको छ । तर, पछिल्लो समय बिरामीको चाप घटेको छ ।

बिरामी घट्नुमा भवनको अवस्था तथा सिदिङ क्षेत्रमा उपलब्ध निःशुल्क स्वास्थ्य सेवा कारण रहेको छ । पर्यटन व्यवसायी सुदीप गौतम (दिवंगत)को पहलमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएको थियो । सिदिङ क्षेत्रका स्थानीयले सो इकाइबाट स्वास्थ्य सेवा प्राप्त गर्छन् । नेपाल सरकारबाट पाइने निःशुल्क औषधिबाहेक १०–१५ थप प्रकारका औषधि उतैको इकाइबाट प्राप्त गर्छन् । 

 

जेठ १९, २०८१

ढोका खोलेर भित्र पस्नासाथ प्रतीक्षार्थ ग्राहकको बाक्लो भीड थियो । थकाली खानाको स्वाद लिन टेबलमा खाना कुरेर बसिरहेका थिए सबै । वेटरलाई कामको चटारो थियो । केही टेबल पार गरेर रेस्टुरेन्टपछाडि पुगेपछि वेटर किचनक...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

निर्दोष पशुपक्षीको सम्मानमा

निर्दोष पशुपक्षीको सम्मानमा

असोज २१, २०८१

यतिबेला हाम्रो घरआँगनमा नवरात्र पर्व चलिरहेको छ । यही असोज १७ गतेबाट शुरू भएको यो पर्व २६ गतेसम्म रहनेछ । यस पर्वमा खासगरी पशुपक्षीको बलि बढी हुने गर्छ । त्यसैले हुनुपर्छ, केही दिनयता मुहारपुस्तिकाका भित्ताहरू...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

x