कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
बाँकेका नदीनाला क्षेत्रमा रहेका १६ वटा नेपाल-भारत सीमा स्तम्भ हराएका छन् । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा नाकाअन्तर्गत पाँच मुख्य र ११ सहायक गरी १६ सीमा स्तम्भ हराइरहेको सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल बागेश्वरी गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।
'नदीनाला क्षेत्रमा रहेका पिल्लर हराएका छन् । अन्य केही जीर्ण अवस्थामा छन्,' सशस्त्र प्रहरी उपरीक्षक डाँगीले भने, 'हराएका पिल्लर प्रायः राप्ती नदी आसपासका छन्, बाढीले बगाएका ती पिल्लर पुनःनिर्माण हुन नसकेको हो ।'
नरैनापुर–१ हुलासपुर्वास्थित सीमा स्तम्भ जीर्ण भई भत्किने अवस्थामा छ । बाँकेमा भारतसँग जोडिएको ६५ किलोमिटर सीमा क्षेत्रमा ३२ मुख्य र दुई सय ७९ सहायक गरी तीन सय ११ सीमा स्तम्भ छन् । कुनै पनि सीमा स्तम्भको मर्मत र रंगरोगन गर्न नेपाल-भारत दुवै देशको संयुक्त प्रतिनिधित्व चाहिन्छ ।
सीमा स्तम्भ नदीनालाले बगाएको वा ढलेको भए दुई देशको नापी विभागको संयुक्त टोली बिना केही गर्न नपाइने भएकाले सशस्त्र प्रहरी बलले सीमा स्तम्भको नियमित अनुगमन गरी सम्बन्धित निकायमा पठाउने गरेको प्रहरी उपरीक्षक डाँगीको भनाइ छ ।
दुई देशको संयुक्त निर्णयमा केही महिनाअघि सशस्त्र प्रहरीले ७१ सीमा स्तम्भ रङरोगन गरेको छ । सन् २०१४ यता बनेका एक सय ४० सीमा स्तम्भमध्ये नेपालले बिजोर नम्बर र भारतले जोर नम्बर भएका सीमा स्तम्भ रङरोगन गरेका छन् । दुई देशको संयुक्त टोलीले फाइनल गर्न बाँकी एक सय ७१ सीमा स्तम्भको मर्मत र रङरोगन हुन नसक्दा जीर्ण बनेका छन् ।
बाँकेको सीमा क्षेत्रमा भौतिक पूर्वाधार र आवश्यक जनशक्ति नहुँदा नेपालतर्फ सशस्त्र प्रहरीले सीमामा बाक्लो उपस्थिति जनाउन सकेको छैन । पैसठ्ठी किलोमिटरमा सशस्त्र प्रहरीले १० बोर्डर आउट पोष्ट (बीओपी) राखेर सुरक्षा दिइरहेको छ ।
भारततर्फ भने २३ बीओपी रहेका छन् । नेपालतर्फ जानकी गाउँपालिकाको साइगाउँमा एउटा बिओपी थप्ने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...