×

NMB BANK
NIC ASIA

लुम्बिनी प्रदेश सरकार

६ जना विनाविभागीय राखेर मन्त्रिपरिषद् विस्तार, भागबन्डा पुर्‍याउन मन्त्रालय फुटाउने तयारी

बुटवल | बैशाख ६, २०८१

NTC
Sarbottam
Premier Steels
Marvel

नयाँ मुख्यमन्त्री बनेको दुई हप्ताभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ ।

Muktinath Bank

मुख्यमन्त्री जोखबहादुर महराले सत्ता साझेदार सबै दलबाट प्रतिनिधित्व हुने गरी दश सदस्यीय मन्त्रिमण्डल बनाए हुन् । ‘महराको क्याबिनेट’ मा अनुभवी र नयाँको समिश्रण छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महरा गत चैत २३ गते मुख्यमन्त्री नियुक्त भएका थिए । १० सदस्यीय मन्त्रिमण्डलमा प्रमुख सत्ता साझेदार नेकपा एमालेबाट ५, माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित २, जनता समाजवादी पार्टी (जसपा), स्वतन्त्र, नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट १/१ जना मन्त्री बनेका छन् ।  


Advertisment
Nabil box
Kumari

एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य दोस्रो वरीयताअनुसार अर्थमन्त्री बनेका छन्।

Vianet communication
Laxmi Bank

रुपन्देहीका भूमिश्वर ढकाललाई शहरी विकास मन्त्री, गुल्मीका दिनेश पन्थी गृह मन्त्री, कपिलवस्तुका अर्जुनकुमार केसीलाई वन मन्त्री र बाँकेका रत्नबहादुर खत्रीलाई सामाजिक विकास मन्त्री पाउने बताइए पनि मुख्यमन्त्री महराले उनीहरूलाई विनाविभागीय मन्त्रीका रुपमा बिहीवार नियुक्त गरेका छन् ।

एमालेका पाँच जना मध्ये आचार्यबाहेक अरु सबै नयाँ मन्त्री हुन् ।

त्यस्तै यस अघि नै मन्त्री भइसकेका रोल्पाका नेकपा माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

स्वतन्त्र निर्वाचन जितेका पुन माओवादीमा प्रवेश गरेपछि पहिलोपटक मन्त्री बनेका हुन् ।

पश्चिम नवलपरासीका स्वतन्त्र सांसद खड्ग बस्नेतलाई उद्योग पर्यटन तथा सहकारी मन्त्री पाउने बताइए पनि अहिले विनाविभागीय रुपमा नियुक्त भएका छन् ।

त्यस्तै बाँकेका जनता समाजवादी पार्टी (जसपा) का भण्डारीलाल अहिलेलाई भूमि व्यवस्था कृषि तथा भूमि व्यवस्था मन्त्री बनेका छन ।

बर्दियाका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का धर्मबहादुर चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालय दिने बताइए पनि उनी पनि अहिले विनाविभागीय छन । सत्ता साझेदार नेकपा एकीकृत समाजवादी र जसपा र नाउपालाई थप एक मन्त्रालय फुटाएर भए पनि भागबन्डा पुर्‍याउने गरी मुख्यमन्त्री महरा लागेको बताइएको छ । यस अघि माओवादीका कूलप्रसाद केसी नेतृत्वको लुम्बिनी सरकार सबैभन्दा ‘जम्बो’ १७ सदस्यीय बनेको थियो ।

 नवनियुक्त मन्त्रीहरूले बिहीवार साँझ प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिनेछन् ।

संघमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन परिवर्तन भएपछि कांग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकार परिवर्तन भएर महरालाई सरकारको नेतृत्व गर्ने अवसर जुरेको थियो । प्रचण्डका विश्वासपात्र मानिने महराले लुम्बिनी सरकारको नेतृत्व गर्ने अवसर पाएका हुन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x