बैशाख २९, २०८१
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
कास्की | बैशाख ८, २०८१
‘एक विधवा महिलामाथि गरिने अपमान
बोलीवचन, राम्रो गरिदेउ न सम्मान !
पीडा भाव कति हुन्छ विधवालाई सोध
रोदन माया कति हुन्छ उसैसँग खोज !!’
पीडा शब्दमा छल्किन्छ । शब्द बनेर पोखिन्छन् भावना । भावना पोखिन नपाउँदा उकुसमुकस हुन्छ । पोखराकी गोमा पराजुलीलाई यही लाग्छ । त्यसैले उनी शब्दमा व्यक्त गर्छिन्– आफ्ना भावना । अक्षर जोडेपछि शब्द बन्छन् र फुट्छ पीडाको बाँध । पीडा खोल्नुपर्छ सोच राख्ने गोमालाई ५३ वर्षको उमेर पुग्दासम्म अक्षर फुटाउन आउँदैन्थ्यो । लेख्न कसरी पो सक्नु ! त्यही लेख्न उनी ७ वर्षअघि विद्यालय भर्ना भएकी थिइन् ।
प्रौढ भइसककी गोमा ‘ड्रेस’ लगाएर विद्यालय (स्कूल) पुगिन् । आफूभन्दा धेरै कम उमेरका बालबालिकासँग बसेर शब्द जोड्न सिकिन् । र, लेखिन् आत्मसंस्मरण ‘भीरको बाटो’ । यो परिवर्तन भोगाइले आएको थियो, विभेदले ल्याएको हो । अझ भनौं– श्रीमान् गुमाइसकेपछि सहनुपर्ने वचनले ल्याएको । ‘विधवा आइमाईको दृष्टि’ले आफ्नै परिवारले हेरेपछि गोमालाई बिझाएको हो । त्यसैले उनी लेख्छिन्–
‘रोदन गर्छे, माया खोज्छे, पीडा पोख्छे जहिल्यै
घरैबाट अपमानित हुन्छे सुधार भएन कहिल्यै ’।
‘भीरको बाटो’पुस्तक पढ्दा प्रष्ट हुन्छ– उनको जीवन नै संघर्षमय छ । गोमाकै शब्द सापट लिनुपर्दा उनको जीवनमा छायाँ कहिल्यै भएन । आफ्ना लागि आफैँ छहारी बनिन् उनी । उनको जीवनमा यो परिवर्तन आएको धेरै भएको छैन ।
गोमाको श्रीमान्सँग सुमधुर सम्बन्ध थिएन । यसैबीच २०६५ सालमा उनका श्रीमान् बिते । गोमाका साथमा दुई छोरा थिए । उनको सम्बन्ध छोराहरूसँग दिनप्रतिदिन बिग्रँदै थियो । त्यसैक्रममा २०७२ सालमा अदालतमा मुद्दा पर्यो । सम्पत्ति भागबण्डा भयो । आमा र छोरा आ–आफनो बाटो लागे ।
आफूले पढ्न नपाएकोमा उनको मनमा पहिल्यैदेखि पीडा थियो । यसैले छोराहरूलाई उच्च शिक्षा हासिल गराउन उनले भरपूर मेहनत गरिन् । पढ्ने आफ्नो सपना छोराहरूबाट पूरा गर्दै थिइन् । तर, सम्बन्ध बिग्रँदै जान थालेपछि उनलाई थाहा भयो आफ्ना लागि आफैँ गर्नुपर्छ । आमाको भूमिका निभाउँदा आफैँलाई बिर्सेकी गोमालाई थाहा भयो– आफ्नो भोक मेट्न अरुलाई खुवाएर अघाइँदैन । ‘यसपछि मैले सोचेँ–पढेपछि छोराहरू मात्र त शिक्षित हुने भए, म त हुन्न नि ! म पनि त शिक्षित हुनुपर्छ भनेर मेरो दिमागमा चेत खुल्यो,’ उनले भनिन् ।
अर्कोतिर गोमाको पारिवारिक समस्या झनै जटिल बन्दै गयो । २०७२ सालमा त उनी मुद्दा मामिलामा अल्झिइन् । तर केही महिनापछि पारिवारिक समस्या सल्टाइन् । यसपछि भने गोमाले आश्रममा आबद्ध भएर सेवा गर्ने योजना बुनिन् । योजनाअनुसार डेढ वर्ष हिँडिन् पनि । असहायको रेखदेख र सहयोगमा समय बिताइन् । तर पनि उनको मनमा केही नपुगेको भान भइरहन्थ्यो । माइन्टमा अरु हस्ताक्षर गर्थे । उनलाई आउँदैन्थ्यो । ‘अर्काको पछि लागेर हिँडेछु, आफूलाई सही गर्न पनि आउँदैन । अह्राएको काम गर्ने उही गोठालोमात्र कति बन्नु !’ उनले सोचिन्, ‘अब बरु पढ्न जान्छु, एक–दुई वर्ष पढ्छु ।’ अनि निर्णय गरिन् विद्यालय जाने ।
गोमा २०७३ वैशाखमा महतगौडा १७ मा रहेको जानकी माध्यमिक विद्यालयमा शिशु कक्षामा भर्ना भइन् । ५३ वर्षको उमेरमा उनी कक्षा कोठामा विद्यालयको पोशाकमै उपस्थित भइन् । ‘शिशु कक्षामा भर्ना भएँ । लेख्न र अक्षर जोड्न नै आएन । नातिनातिना उमेरका बच्चासँग पढेँ,’ उनले भनिन् ।
नआइ पनि गोमाले कक्षामा भित्तैभरि राखिएका पोस्टरका अक्षर एकसूरमा कापीमा सार्न थालिन् । त्यो लगनशीलता देखेपछि शिक्षकले एकैपटक शिशुबाट ३ कक्षामा फड्काइदिए ।
‘प्रिन्ट गरेर भित्तामा टाँसेका अक्षरहरू लेखेको–लेख्यै गरेपछि सरहरूलाई मेरो साह्रै माया लागेछ,’ उनले मुस्कुराउँदै सुनाइन्, ‘यो दिदीले कति मेहनत गरेर क–ख लेख्न जान्नुभएछ शिशुमा नबस्नु भनेर एकैपटक ३ मा राख्नु भयो ।’
गोमाको १४ वर्षको उमेरमा बिहे भएको थियो । त्यो पनि झुक्याएर । उनी सामान किन्न भनेर आमासँग बेगनासबाट चिप्लेढुंगा आएकी थिइन् । एकछिन् यहीँ बस् भनेर उनलाई आमाले एउटा घरको आँगनमा छोडिदिइन् । उनी अन्जान घरको आँगनमा साँझसम्म कुरेर बसिन् । तर, उनलाई छोडेर गएकी आमा फर्किनन् । उनलाई थाहा भयो– उनको बिहेको छिनोफानो भएको रहेछ । आमालाई कुरेर तगारो छेउमा बसेकी उनलाई नचिनेका मान्छेले एउटा घरको कोठामा लगे । त्यहाँ उनलाई ‘कैदी’जस्तै बनाइयो । भोलिपल्ट बिहेको कर्म गरेर त्यही घरमा भित्रिइन् उनी ।
आफ्नो पुस्तकमा गोमाले लेखेकी छिन्– अघिल्लो दिनसम्म म जुन घरमा कैदी थिएँ, भोलिपल्ट खेताली भएँ ।’ वैवाहिक सम्बन्ध सहज र प्रेमिल भएन । श्रीमान्को कुटाइ र सासु–ससुराको वचन दैनिकजसो हुन्थ्यो । उनको कथाले पितृसत्तामक समाजमा महिलाले भोग्नुपरेको हिंसा र पीडा चित्रण गर्छन् । यसबीच पनि उनलाई पढ्ने भोक कहिल्यै मरेन ।
उमेर ढल्किदै गएपछि बच्चा जसरी पढ्न विद्यालय जाँदा समाजले गोमालाई हाँस्यपात्रको रूपमा उडाए । अक्षर चिन्ने उनको रहरमा समाजको खिल्लीले असर पारेन । ‘मर्ने बेला हरियो काँक्रो, यी यस्ती बूढी मान्छे पढ्न आइछ भनेर मलाई मान्छेले कम्पाउन्डबाट हेरे । मर्ने बेलामा झोला बोकेर स्कूल गइछे पनि भने । जे–जे भने पनि मलाई त्यो कुराले छोएन । किनकि, मलाई अक्षर चिन्नु थियो,’ उनी भन्छिन् ।
घर नजिकै थियो विद्यालय । पाँच वर्षसम्म उहीँ दैनिकीमा उनी विद्यालय गइन् । बाल्यकालमा फर्केको अनूभूति हुन्थ्यो उनलाई । आफनो दैनिकी गर्थिन्, होमवर्क गर्थिन् । एक्लै बसेपछि उनलाई मानसिक तनाव कम भएको थियो । विद्यालय पुगेपछि त उनलाई ‘मेडिटेसन’ लाग्यो । कहिले स्कूटर त गाडीमा विद्यालय जान्थिन् । कहिले त हिँडेर पनि गइन् ।
‘विद्यालय जान मलाई कस्तो मज्जा आउँथ्यो, ’रोमाञ्चित हुँदै उनले पुराना स्मृति सुनाइन्, ‘मैले १० मिनेटजति ढिलो गरेँ भने केटाकेटी मलाई लिन आउँथे । उनीहरूले साथी भनेर बोलाउँदा वरिपरिका सबै हाँस्थे । मलाई देखेर लौ तपाईँको साथी आउनु भयो भन्थे। कति रमाइलो हुन्थ्यो ।’
गोमा साना साथीहरूसँगै झोला बोकेर हिँड्थिन् । उनीहरू सँगै खेल्न खोज्थिन् । तर कहाँ सक्थिन् र ! ‘शारीरिक बल लाग्ने खेल म खेल्न सक्तिन थिएँ । यसैले उनीहरूसँग गोटा खेल्थेँ । म जहाँ गएर बस्थेँ, बच्चाहरू सबै आउँथे । त्यसले पनि मलाई सकारात्मक उर्जा मिल्यो । उनीहरूको निश्चल भावनाले गर्दापनि मलाई थप प्रेरणा मिल्यो,’ उनी भन्छिन् ।
छोराहरूले किताब नलेखेपछि...
आफूले पढ्ने रहर पूरा गर्न नसकेपछि गोमाले आफ्नो सपना छोराहरूमा थुपार्न खोजिन् । उनलाई लाग्यो छोराहरू पढेपछि किताब लेख्छन् । त्यसको कहीँकतै आमाले भोगेको दुःख बिसाउँछन् । विशेषगरी उनलाई ‘हाम्री आमाको बिहे यसरी भएको’ भनेर किताब लेख्छन् भन्ने लाग्थ्यो । तर छोराहरूबाट त्यो सम्भव भएन ।
यसपछि गोमाले स्कूल पढ्दापढ्दै आफैँ किताब लेख्ने सोच बनाइन् । उनले केही आफैँ लेखिन् । पछि आफ्नो कथामा रेकर्ड गरिन् । त्यसलाई कसैले शब्दमा परिणत गरिदिए । किताबको पाण्डुलिपी तयार भइसकेको थियो । तर, प्रकाशनको मेसो थिएन । उनलाई कसैले पत्याएनन् । उनले नबिके बाँड्ने तर जसरी भए पनि किताब निकाल्ने अठोट गरिन् ।
‘कसले पत्याउने ? किताब कसले पढ्छ र ? कथा के छ र ? कथा कसले पढ्छ ? तपाईँको किताब कसले किन्छ र ? कस्ता–कस्ता चर्चित मान्छेको किताब बिक्दैन । मलाई यस्तो भन्ने मानिस पनि भेटिए । तर म राकिइँन,’ उनले भनिन् ।
गोमा काठमाडौं पुगिन् । छापाखाना गइन् । ८० हजार रुपैयाँ खर्च गरेर ‘भीरको बाटो’ (आत्मसंस्मरण) निकालिन् । छापाखानाले पुस्तक मात्र छाप्थ्यो । बजार लैजाने जिम्मा उनकै भयो । कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा विमोचन गरिन् । एक हजार प्रतिमध्ये ३०० आफैँ बेचेकी छिन् । २०० वटा उपहार दिएकी छिन् । अब उनको साथमा ५०० प्रतिजति पुस्तक छन् । उनी अहिले पोखराको साहित्यक समारोहमा प्रायः नछुट्ने अनुहार हो । त्यही समारोहको भीडमा उनी आफ्नो पुस्तकबारे भेटेका मान्छेलाई किन्न अनुरोध गर्छिन् । कतिले किन्छन् त कतिलाई उपहार दिन्छिन् ।
पुस्तकबाट आउने रकम थोरै छ । गोमा आएको रकममा थपेर बालबालिकालाई शैक्षिक साम्रगी वितरण गर्छिन् । उनले गोमा फाउन्डेसन खोलेकी छिन् । जसले आर्थिक रुपमा कमजोर बालबालिकालाई सकेको सहयोग गर्छ । पुस्तकप्रति रुचि भएकी गोमा अहिले महावीर पुनको पुस्तक पढ्दै छिन् । ‘महाभारत’ र ‘गीता’ उनलाई मनपर्ने किताब हुन् । ‘महाभारत’, ‘रामायण’ र ‘गीता’ पढेपछि उनलाई घरझगडा सामान्य हुन् भन्ने लाग्न थाल्यो ।
‘महाभारत पढेर मैले परिवारभित्र पनि झगडा हुँदो रहेछ, यो सामान्य कुरा रहेछ भन्ने बुझेँ । कृष्णले आदेश दिएकादियै छन् । अर्जुन नातापाता कोही नभनी युद्ध गरिरहेका छन् । त्यो पढ्दा आनन्द आउँछ,’ उनी भन्छिन् ।
गोमाको आत्मसंस्मरणले नेपाली समाजको चित्रण गर्छ । पुस्तकको नाम पनि उनैले जुराएकी हुन् । पुस्तकको आउटलेट पनि मानसपटलमा रहेका स्मृतिबाट उनै बनाएकी हुन् । जहाँ एक महिला भीरको बाटो डोको बोकेर उक्लिँदै छन् । यो उनले गृहणी भएर गरेर दुःखको चित्र हो । भीरको बाटो संघर्ष गरेर हिँडेकी गोमाले अहिले आफू हिँड्ने बाटो सहज बनाएकी छिन् । अबको बाटो कहाँ हुन्छ उनलाई थाहा छैन । तर, उनले समाजको मानसिकता चिर्दै हिँड्ने भने पक्का छ ।
‘कहिलेकाहीँ दायाँबायाँ लगाउन पर्ने रहेछ । यही गर्छु भनेर हुँदो रैनछ । जान त कतै छ तर कहाँ पुग्छु थाहा छैन । तर मेरो बाटो लगभग पूरा भइसकेको छ,’ उनी भन्छिन् ।
समाजको मानसिकता चिर्नुपर्ने विचार राख्ने गोमाले जीवनमा अनेकौँ विभेद र हिंसा खेपेकी छिन् । यी सबैलाई पार गरेर अहिले भने एक उदाहरणको रूपमा उनी उभिएकी छिन् । यस्तै महिलाको पूरै कथा जान्न भने ‘भीरको बाटो’ पढ्न उनी सुझाउँछिन् ।
भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...
सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...