×

NMB BANK
NIC ASIA

एमाले प्रतिनिधि परिषद् बैठक

नेताको जीवनशैली सुधार्न र गुटबन्दी अन्त्य गर्न सुझाव

काठमाडाैं | बैशाख ९, २०८१

NTC
Premier Steels

नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा प्रतिनिधिहरूले जीवनशैली सुधार्न र गुटबन्दी अन्त्य गर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन् । 

Muktinath Bank

ललितपुरस्थित सनराइज हलमा दुई दिनसम्म चलेको बैठकमा सदस्यहरूले एमालेको नीति र सिद्धान्त ठीक भए व्यवहारमा सुधार्नुपर्ने ठाउँ धेरै भएको सुझाव दिएको केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एमालेको नीति, सिद्धान्त ठीक छ । तर व्यवहारमा सुधार्नुपर्ने धेरै विषय भएको साथीहरूले मुख्य रुपमा उठाउनुभएको छ ।  नेताको व्यवहार र जीवनशैली जनताको जस्तै हुनुपर्यो, जनतामुखी हुनुपर्यो भन्ने मुख्य सुझाव छन्,’ आचार्यले लोकान्तरसँग भने, ‘साथै पार्टीमा गुटबन्दी बढ्दा जति प्रभावकारी हुनुपर्ने हो त्यो हुन नसकेको भन्दै धेरै साथीहरूले गुटबन्दी अन्त्य गर्नुपर्ने विषयलाई पनि प्राथमिकतापूर्वक उठाएका छन् ।’


Advertisment
Nabil box
Kumari

एमाले नेतृ सुनिता बरालले जनताप्रति जवाफदेही र उनीहरूले अपनत्व गर्ने गरी नेता काम व्यवहार हुनुपर्नेमा धेरै प्रतिनिधिले जोड दिएको जानकारी दिइन् । 

Vianet communication

‘बैठकमा संगठन निर्माणको विषयलाई बलियो बनाउन, जनताप्रति जवाफदेही बन्न र उनीहरूले समेत अपनत्व गर्ने गरी पार्टीले काम गर्नुपर्ने सुझाव प्राप्त भएका छन् । त्यस्तै, नेताको व्यवहार र आचरण सुधार गर्नुपर्ने, समाजलाई नै नैतिक शिक्षा दिनको लागि एमालेले अभियान नै चलाउनुपर्ने सुझाव पनि आएका छन् ।’

नेतृत्वमा बस्नेले पदलाई मात्रै प्राथमिकता दिएकाले पार्टीमा गुटबन्दी बढेको विषयलाई धेरैले चिन्ताको रुपमा उठाएको जानकारी उनले दिइन् । 
‘संगठनका अधिवेशनमा व्यक्तिको भूमिकाको विषय पद मात्रै हो भन्ने जस्तो देखिँदा गुटबन्दी जस्तो देखियो । यसलाई रोक्नका लागि नेतृत्वको निर्माण गर्दा हिजोको कामको मूल्याङ्कन गर्नुपर्छ भन्ने मत पनि छ । पार्टीलाई पारदर्शी र निष्पक्ष बनाए मात्रै गुटबन्दी रोक्न सकिने सुझाव प्राप्त भएका छन् ।’ 

बैठकमा एमालेले सरकारमा हुँदा शुरूवात गरेको कामलाई फेरि सरकारमा निरन्तरता दिएर जनताको आशा र भरोसलाई जगाउनुपर्ने सुझाव पनि आएको जानकारी उनले दिइन् ।

शनिवार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शंकर पोखरेलको सांगठनिक तथा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहरा, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बाको प्रतिवेदनमाथि ६ समूहमा छलफल भएको थियो ।​​

समूहगत छलफलपछि ६ वटै टोली नेताले नेताको प्रस्तुति सकिएपछि सचिवालयको बैठक बसिरहेको छ । प्राप्त सुझावका आधारमा प्रतिनिधि परिषद्को दस्तावेज तयार गरी पास गर्ने र आइतवार नै सकाउने तयारी भएको आचार्यले दिए । 

एमालेले पछिल्लो समीकरण, सुशासन र राजनीतिक स्थायित्वको लागि पार्टीले खेल्ने भूमिकासहितका विषयमा आफ्नो दृष्टिकोण सार्वजनिक गर्दैछ । 

नेकपा स्थापनाको ७५ वर्षको पुगेको अवसरमा एमालेले सोमवार प्रमुख दलका शीर्ष नेताको उपस्थितिमा हीरक महोत्सव मनाउँदैछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x