×

आकर्षक सुविधासहित ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेन, नयाँ बीवाईडी कार लिँदा फाइदैफाइदा

काठमाडाैं | जेठ ९, २०८१

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले ‘अपग्रेड टु बीवाईडी’ क्याम्पेनको घोषणा गरेको छ ।

सवारी धनीहरूलाई आफ्नो सवारी साधन एक्सचेन्ज र अपग्रेड गरी पछिल्लो समयमा नेपाल भित्रिएका बीवाईडी इलेक्ट्रिक भेहिकल प्रयोग गर्नका लागि यो उपयुक्त अवसर हुनेछ ।


Advertisment

सो इभेन्ट बिहीबारदेखि प्रारम्भ भई आगामी आइतबारसम्म (मे २३ देखि मे २६ सम्म) काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चल्नेछ ।


Advertisment

सो अवसरमा हाल भइरहेको गाडीसँग नयाँ बीवाईडी गाडी साट्ने ग्राहकले एक्सचेन्ज बोनसको रुपमा २ लाख रुपैयाँसम्म प्राप्त गर्नेछन् ।​

साइमेक्सले यसरी गाडी लिन चाहने ग्राहकहरूलाई प्रतिस्पर्धी ब्याजदरमा बैंकमार्फत ८० प्रतिशत सम्मको फाइनान्स सुविधा समेत उपलब्ध गराउने व्यवस्था गर्नेछ ।

काठमाडौं उपत्यकामा बीवाईडी पार्क नक्साल, बीवाईडी भक्तपुर शोरुम सल्लाघारी, बीवाईडी ललितपुर शोरुम पुल्चोक, बीवाईडी सिटी स्टोर सोल्टीमोड र बाबा बसेरा लाजिम्पाटमा सो इभेन्ट हुनेछ ।

बिहान १० बजेदेखि साँझ ६ बजेसम्म यी स्थानमा एक्सचेन्ज क्याम्प हुनेछ ।

ग्राहकले आफ्नो नजिकको स्थानमा गएर बीवाईडीका नयाँ मोडलको बारेमा आवश्यक जानकारी लिनुका साथै विशेष फाइदासमेत लिन सक्नेछन् ।​

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले भने, ‘हाम्रा ग्राहकलाई इलेक्ट्रिक सवारी साधन अझै पहुँचयोग्य बनाउन बीवाईडी प्रतिबद्ध छ । अपग्रेड टु बीवाईडी’ एक्सचेन्ज क्याम्प त्यही दिशातर्फ निर्देशित छ, जसले हरित यातायाततर्फ डोर्‍याउनका लागि महत्त्वपूर्ण फाइनान्सियल इन्सेन्टिभ्स र फ्लेक्जिवल फाइनान्सिङ अप्सन उपलब्ध गराउने छ ।’​

ग्राहकहरूले ०१–५९७०७३३, ९८०२३९०३५१ र ९८०२६३९६५१ नम्बरमा कल गरेर थप जानकारी लिन सक्नु हुनेछ ।

बैशाख १९, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  समितिका अनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तोकेको ...

जेठ १८, २०८१

विद्युतीय गाडीहरूको द्रुत परिवर्तन हुने परिदृश्यमा, टाटा टियागो.ev उत्कृष्ट मूल्य प्रस्तावको रूपमा अगाडि आउँछ, जसले सुलभता, सुरक्षा र दक्षतालाई जोड दिन्छ। यो कम्प्याक्ट ह्याचब्याक आधुनिक पेशेवरहरूको आवश्यकताहरू पूरा...

जेठ १८, २०८१

विद्युतीय सवारी साधनहरूको क्षेत्रमा ग्लोबल लिडर बीवाईडी (विल्ड योर ड्रीम्स) ले नेपाली बजारमा पनि उल्लेखनीय सफलता प्राप्त गरेको छ । कम्पनीले आफ्नो कोर टेक्नोलोजी, ब्लेड ब्याट्री र ई-प्ल्याटफर्म ३.० मार्फत उत्कृष्ट प्रद...

बैशाख २९, २०८१

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो नेपालीको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने गोलभेँडा...

बैशाख ३०, २०८१

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको थोक मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुलो भारतीयको अधिकतम मूल्य प्रतिकिलो ८० रुपैयाँ कायम भएको छ भने...

जेठ २, २०८१

जतिबेला नेपालमा विद्युतीय गाडीको बिक्री फाट्टफुट्ट शुरू भएको थियो, त्यतिबेला सन् २०१७ मा साइमेक्स नेपालले चुनौतीका बाबजुद पनि लक्जरी गाडी बीवाईडी ई-६ भित्र्यायो । विद्युतीय सवारी साधनलाई लिएर आजभन्दा ७ वर्षअ...

को होला त्यो ?

को होला त्यो ?

असार ८, २०८१

जीवन बनायो कसले, जगत् बसायो कसले ? अनि यिनलाई चलायो कसले, बोलायो कसले ? तर्क आ–आफ्नै हुन्छन्, हुन सक्छन् । कसैले केही भन्लान्, कसैले केही । वेद भन्छ– ‘एकं सद् विप्रा बहुधा वदन्ति ।’ अर्था...

मुलुक सुशासनतिर अघि बढेको हो ?

मुलुक सुशासनतिर अघि बढेको हो ?

असार ५, २०८१

जबसम्म भ्रष्टाचार, अनियमितता र बेथिति रहन्छ, तबसम्म मुलुक सुशासनतिर जाँदैन । जबसम्म सुशासन कायम हुँदैन, तबसम्म मुलुक समृद्धितिर अघि बढ्दैन । सारमा भन्नु पर्दा समृद्धि पैसा वा धन सम्पत्ति मात्र होइन । समृद्धि जब हु...

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

संघीयताकै औचित्यमा प्रश्न उठेका बेला प्रदेशले कस्तो ल्याउनुपर्छ बजेट ?

जेठ ३२, २०८१

कानूनअनुसार असार १ प्रदेश सरकारले आ–आफ्नो सभामा बजेट प्रस्तुत गर्ने दिन हो । नेपालको संविधान र कानूनले बजेट प्रस्तुत गर्ने समय तोकिदिएको छ । यसरी बजेट प्रस्तुत गर्ने दिन नै तोक्नुका २ कारण छन् । पहिलो, तह...

x