×

विद्यालयको भवन निर्माणमा अनियमितता, प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडाैं | जेठ ११, २०८१

कालिकोटको पलाँता गाउँपालिका–१ स्थित कालिका माध्यमिक विद्यालयको भवन निर्माणमा अनियमितता गरेको आरोपमा प्रधानाध्यापकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।


Advertisment

आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सोही गाउँपालिकाका वडाध्यक्ष मानबहादुर भण्डारी, पलाँता गाउँपालिका, गाउँकार्यपालिकाको कार्यालयका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम, सिभिल इन्जिनियर माधवकुमार भट्ट, असिस्टेन्ट सवइन्जिनियर हिक्मत प्याकुरेल, विद्यालय व्यवस्थापन समितिका सदस्य वीरजन भण्डारी, समितिको भूपू अध्यक्ष  सन्तोष बुढा र विद्यालयका लेखापाल विशाल भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।


Advertisment

मुद्दा चलाइएका व्यक्तिउपर विद्यालय व्यवस्थापन समितिसँग मिलेमतो गरी, निर्धारित मापदण्ड र शर्त विपरीत निर्माण कार्य गरी गराई इस्टिमेटअनुसार काम नै नभएको योजनामा काम गरेभन्दा आठ लाख ५१ हजार तीन सय ९२ रुपैयाँ ६९ पैसा बढी रकम भुक्तानी गरेको आरोप छ ।

‘आफूलाई गैरकानूनी लाभ र सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको देखिएपछि भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा १ को खण्ड ग र ङ बमोजिमको कसुरको मागदाबी लिइएको हो', घिमिरेले भने, ‘कसुरका आधारमा फरक-फरक मागदाबी लिइएको छ ।’ 

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x