१० साउन २०८३, आइतबार

भारतीय लोक सभाको छैठौँ चरणको निर्वाचनमा ४९.२ प्रतिशत मतदान

जेठ १२, २०८१
काठमाडौं
भारतीय लोक सभाको छैठौँ चरणको निर्वाचनमा  ४९.२ प्रतिशत मतदान

लोकसभा निर्बाचनको ५८ संसदीय निर्वाचन क्षेत्रहरूको लागि छैठौं चरणमा गरिएको मतदानमा शनिबार दिउसो ३ बजे सम्म ४९.२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । 

पश्चिम बङ्गालमा सबैभन्दा बढी ७०.१९ प्रतिशत, झारखण्डमा ५४.३४ प्रतिशत, उत्तर प्रदेशमा ४३.९५ प्रतिशत, ओडिशामा ४८.४४ प्रतिशत, जम्मू कश्मीरमा ४४.४१ प्रतिशत , बिहारमा ४५.२१ प्रतिशत, हरियाणामा ४६.२६ प्रतिशत, र दिल्लीमा ४४.५८ प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ । 

लोकसभा निर्वाचनको छैठौँ चरणमा बिहारका आठ सिट, हरियाणाका सबै १० सिट, जम्मू कश्मीरको एक सिट, झारखण्डका चार, दिल्लीका सबै सात सिट, ओडिशाका छ सिट, उत्तर प्रदेशका १४ र पश्चिम बङ्गालका आठ सिट समावेश छन् । निर्वाचनमा कुल ८८९ जना उम्मेदवार मैदानमा छन् ।

आम निर्वाचनको पहिलो पाँच चरणमा २५ राज्य र केन्द्र शासित प्रदेशका लागि चार सय २८ संसदीय क्षेत्रहरूमा मतदान पूरा भइसकेको छ ।

छैठौँ चरणमा सम्पन्न निर्वाचनमा मतदानका लागि योग्य ११ करोड १३ लाखभन्दा बढी मतदातामध्ये पाँच करोड ८४ लाख पुरुष, पाँच करोड २९ लाख महिला र पाँच हजार १२० जना तेस्रो लिङ्गी मतदाताहरू लोकसभा चुनावको छैठौँ चरणमा आफ्नो मताधिकार प्रयोग गर्न योग्य छन् । यस चरणको निर्वाचन सञ्चालन गर्न करिब ११ लाख ४० हजार मतदान अधिकृतहरू खटाइएका छन् । 

लोकसभा निर्वाचनको सातौं चरणको मतदान जुन १ मा पूरा हुनेछ जसमा ५७ निर्वाचन क्षेत्रका मतदाताहरूले आफ्नो मताधिकार प्रयोग गर्नेछन् । निर्वाचनको नतिजा जुन ४ पछि घोषणा हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्