×

कोशीका निवर्तमान मुख्यमन्त्रीले सरकारी गाडी फिर्ता नगरेपछि प्रदेश सभामा उठ्यो प्रश्न

विराटनगर | जेठ १३, २०८१

कोशी प्रदेशका निर्वतमान मुख्यमन्त्री केदार कार्कीले सरकारी निवास नछाडेको र गाडी फिर्ता नगरेको भन्दै प्रदेश सभा बैठकमा प्रश्न उठेको छ ।

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले निवास र तीन वटा सवारीसाधन फिर्ता नगरेको भन्दै प्रश्न उठाएका हुन् ।


Advertisment

आइतबारको प्रदेश सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले काठमाडौं र विराटनगरमा रहेको मुख्यमन्त्रीको निवास केदार कार्कीले कब्जा गरेको आरोप लगाए ।


Advertisment

‘राज्यको सम्पत्ति कब्जा गर्ने काम भएको छ’, भण्डारीले भने, ‘उहाँले मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिकसम्बन्धी ऐन २०७५ को उल्लंघन गर्नुभयो ।’

मुख्यमन्त्रीको कार्यालयका अनुसार निर्वतमान मुख्यमन्त्री केदार कार्कीले ००६२७ नम्बरको भीआईपी कार, ००४६ नम्बरको कार र २५१७ नम्बरको स्कुटरका साथै ६२४ नम्बरको स्कर्पियो अहिलेसम्म फिर्ता गरेका छैनन् ।

‘पद छाडेको एक हप्तामा फिर्ता गर्नुपर्ने कानूनी व्यवस्था छ’, प्रमुख सचेतक भण्डारीले भने ‘उहाँले कानूनी राज्यको उलंघन गर्नुभयो ।’

अदालतमा मुद्दा चलिरहेको बहानाले राज्यको सम्पत्ति गैरकानूनी ढंगले प्रयोग गर्ने काम निवर्तमान मुख्यमन्त्रीले गर्न नसुहाउने उनले बताए ।

भण्डारीले प्रदेश सभाले पारित गरेको संकल्प प्रस्तावको विषयमा तत्कालीन मुख्यमन्त्री केदार कार्कीले नियुक्त गरेका मुख्य न्यायाधिवक्ता रुपेश कोइरालाले गैरसंवैधानिक ढंगले सरकारका निकायहरूमा पत्राचार गरेको विषयको छानबिन गर्न पनि माग गरे ।

कांग्रेसले वर्तमान सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की नियुक्ति प्रक्रियाको विरुद्धमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट निवेदन दिएको विषयको निक्र्यौल नभएसम्म प्रदेश सभा सञ्चालन गर्नुनहुने भन्दै प्रदेश सभा वहिष्कार गरेको छ ।

सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि यही जेठ १६ गते सुनुवाइका लागि पेशी तोकेको छ ।

निर्वतमान मुख्यमन्त्री केदार कार्कीका प्रेस सल्लाहकार देवनारायण साहले मुद्दाको फैसला नभएसम्म गाडी फिर्ता नगर्ने बताए ।

सरकारी निवास नछाडेपछि मुख्यमन्त्री हिकमत कार्की भने पहिलादेखि बस्दै आएको भाडाको घरमा बस्दै आएका छन् । मुख्यमन्त्रीले प्रयोग गर्ने गाडी भने निवासमा राखिने गरिएको छ । 

‘अहिले पनि केदार मान्यज्यूले मुख्यमन्त्री हुँदा नियुक्त गर्नु भएका कर्मचारी क्वाटरको रेखदेखका लागि बस्दै आएका छन्’, एक कर्मचारीले भने चाबी नबुझाएपछि हामी खोज्दै जाने कुरा पनि भएन । अहिले नयाँ मुख्यमन्त्रीले दिनै जसो क्वाटर खाली भयो भनेर सोधिरहनु हुन्छ ।’

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x