×

भारतको चुनावी परिणाम

भाजपाले एकल बहुमत गुमायो : गठबन्धनबिना सरकार नबन्ने, १० वर्षपछि बलियो विपक्षी

विपक्षीहरू एकजुट भए पनि भाजपा एक्लैको जति सिट जित्न सकेनन्: मोदी

काठमाडाैं | जेठ २३, २०८१

भारतीय जनता पार्टी (भाजपा) भारतको लोकसभामा बहुमत ल्याउनबाट चुकेको छ । भाजपाले २४० सिटमा जीत हात पारेको छ । ५४३ सदस्यीय लोकसभामा बहुमतका लागि २७३ सिट चाहिन्छ ।

भारतको बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाबाट २४१ सांसद निर्वाचित भएका छन् । चुनावी परिणामसँगै उनले उल्लेख्य शक्ति गुमाएका छन् । बीजेपीले अघिल्लो चुनावको तुलनामा यसपालि लोकसभामा २० प्रतिशतभन्दा बढी शक्ति गुमाएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अघिल्लो लोकसभा चुनावमा भाजपा एक्लैले ३०३ सिट जितेको थियो ।


Advertisment

यसपालि बीजेपीले आफ्नो शक्ति अझै विस्तार गर्ने र ४०० भन्दा बढी सिट ल्याउने दाबी गरेको थियो । उसको चुनावी नारा र लक्ष्य नै ‘चार सौ पार’ थियो ।​


Advertisment

भाजपा एक्लैले सरकार बनाउन सम्भव नभए पनि उसको नेतृत्वको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले भने बल्लतल्ल बहुमत सिट जितेको छ । उनीहरूलाई मौजुदा सत्ता जोगाउन पनि संघर्ष गर्नुपर्ने अवस्था आएको छ । भाजपा नेतृत्वको गठबन्धन एनडीएले कुल २९२ सिट जितेको टाइम्स अफ इन्डियाले जनाएको छ । यी सबै सिट दुरुस्त रहेमा भाजपालाई बहुमतको सरकार बनाउन कठिन हुने छैन । 

विपक्षी कांग्रेसले पनि ९९ सिट मात्रै प्राप्त गरेको छ । कांग्रेसको ९९ सहित विपक्षी गठबन्धनले २३४ सिट जितेको समाचारमा उल्लेख छ । अन्य पार्टीहरूले १७ सिट जितेका छन् । समाजवादी पार्टी (सपा) ३७ सिटसहित तेस्रो दल बनेको छ । 

सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा पनि बीजेपी निकै बलियो भएर उदाएको थियो भने कंग्रेसले अनपेक्षित परायजका बेहोर्दै निकै कमजोर बन्न पुगेको थियो । भारतमा १० वर्षपछि संसदमा विपक्षी बेन्च बलियो देखिने भएको छ । अब सरकार मोदीले नै बनाए पनि संसदमा बलियो विपक्षीको सामना गर्नुपर्नेछ ।

एनडीएले आज सरकार गठनको दाबी पेश गर्न सक्ने समाचारमा उल्लेख छ । मोदीले आफ्ना घटक दलहरूको बैठक बोलाएका छन् । प्रधानमन्त्री मोदीले बिहारका मुख्यमन्त्री नितिश कुमार र आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडूलाई भेट्न बोलाएका हुन् ।

चुनावी परिणामपछि प्रधानमन्त्री मोदीले सबै एकजुट हुँदा पनि विपक्षीहरूले भाजपा एक्लैको जति सिट जित्न नसको बताएका छन् । मंगलबार साँझ दिल्लीस्थित बीजेपी कार्यालय पुगेका उनले भने, ‘आज भावनात्मक दिन हो । आमा गएपछि यो मेरो पहिलो चुनाव थियो । देशका जनताले मलाई आमाको अभाव हुन दिएनन् । देशका आमा दिदीबहिनीले मलाई नयाँ प्रेरणा दिनुभएको छ,' उनले भने, ‘हाम्रा विपक्षीहरू एकजुट भए पनि भाजपाले एक्लै जितेको सिट उनीहरूले जित्न सकेनन् ।'

यस्तै विपक्षी गठबन्धनका नेता राहुल गान्धीले मतदातालाई धन्यवाद दिएका छन् । भएको सुधारबाट हौसिएको कंग्रेसले मंगलबार दिउँसै पत्रकार सम्मेलन गरी यो जनमत मोदीको विपक्षमा रहेको घोषणा गरिसकेको छ ।

विभिन्न मितिमा सात चरणमा भएको मतदानमा कुल ९६  करोड ८० लाख मतदातामध्ये ६४ करोड २ लाख मतदाताले मतदान गरेका थिए ।

घट्यो मोदीको लोकप्रियता

पछिल्लो दुई लोकसभा चुनावमा एकल बहुमत ल्याएको भाजपाले यो पटक मोदीकै नाममा चुनाव लडेको थियो । मोदीको लोकप्रियताको बलमा पुनः ठूलो बहुमत ल्याउने भाजपाको योजना असफल भएको छ । 

null

मोदीको घट्दो लोकप्रियता उनकै निर्वाचन क्षेत्र बाराणासीको नतिजाले पनि देखाउँछ । १ लाख ५० हजारभन्दा बढी मतान्तरले कांग्रेसका अजय राईलाई पराजित गर्दै सांसद चुनिए । मोदीले चुनाव त तेस्रो पटक जिते, तर उनको मतान्तर ३ लाखभन्दा बढी घटेको छ ।

मोदीले ६ लाख १२ हजार ९७० मत पाउँदा राईले ४ लाख ६० हजार ४५७ मत पाए ।

२०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए । उनले ६ लाख ७४ हजार ६६४ अर्थात् कुल मतको ६३ प्रतिशत पाउँदा उनका निकटमत् प्रतिद्वन्द्वी समाजवादी पार्टीकी शालिनी यादवले १ लाख ९५ हजार १५९ मत पाएकी थिइन् । कांग्रेसका राईले १ लाख ५२ हजार बढी मत पाएका थिए ।

सन् २०१४ मा पनि मोदीको मतान्तर ३ लाख ७१ हजारभन्दा बढी थियो । त्यो चुनावमा मोदीले कुल ५ लाख ८१ हजार ०२२ मत पाएका थिए, जुन कुल मतदाताको ५६ प्रतिशत हो ।

प्रस्तुति : विनोद देवकोटा

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

x