×

आर्थिक कूटनीति सरकारको प्राथमिकतामा : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडाैं | असार १४, २०८१

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् ।

विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरूलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले आर्थिक कूटनीतिलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । 


Advertisment

प्रतिबद्धताअनुसार वैदेशिक लगानी प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरू प्रभावकारी रूपमा परिचालित हुनुपर्ने उनले बताए । 


Advertisment

'लगानी सम्मेलनमा सहभागीहरूसँग सम्पर्क बढाउने र नेपालमा भएका सम्भावनाहरूलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरूले निरन्तर लाग्नुपर्ने हुन्छ,' तेस्रो लगानी सम्मेलन स्मरण गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, 'नेपालका निर्यातयोग्य वस्तुको अन्तर्राष्ट्रिय बजार पहिचान गरी सम्भाव्य लगानीकर्तालाई अभिप्रेरित गर्नुपर्छ । नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रूपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा पनि सक्रिय रहन आग्रह गर्दछु ।'

null

निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न उनले राजदूत एवम् नियोग प्रमुखहरूलाई निर्देशनसमेत दिए । 

विदेशमा रहेका नेपाली श्रमिकको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भई काम गर्न उनले ध्यानाकर्षण गराए ।

 

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x