०७ असार २०८३, आइतबार

आर्थिक कूटनीति सरकारको प्राथमिकतामा : परराष्ट्रमन्त्री श्रेष्ठ

असार १४, २०८१
काठमाडौं
आर्थिक कूटनीति सरकारको प्राथमिकतामा : परराष्ट्रमन्त्री श्रेष्ठ

उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आर्थिक कूटनीति सरकारको प्राथमिकता रहेको बताएका छन् ।

विदेशस्थित नेपाली राजदूत एवम् नियोग प्रमुखहरूलाई बिहीबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले आर्थिक कूटनीतिलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन् । 

प्रतिबद्धताअनुसार वैदेशिक लगानी प्राप्त गर्न विदेशस्थित कूटनीतिक नियोगहरू प्रभावकारी रूपमा परिचालित हुनुपर्ने उनले बताए । 

'लगानी सम्मेलनमा सहभागीहरूसँग सम्पर्क बढाउने र नेपालमा भएका सम्भावनाहरूलाई थप उजागर गर्न विदेशस्थित कूटनीतिक नियोगहरूले निरन्तर लाग्नुपर्ने हुन्छ,' तेस्रो लगानी सम्मेलन स्मरण गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले भने, 'नेपालका निर्यातयोग्य वस्तुको अन्तर्राष्ट्रिय बजार पहिचान गरी सम्भाव्य लगानीकर्तालाई अभिप्रेरित गर्नुपर्छ । नेपाललाई आकर्षक लगानी गन्तव्यका रूपमा स्थापित गर्न तथा प्राथमिक पर्यटन गन्तव्यका रूपमा विश्वमा नेपालको प्रचार र प्रवर्द्धन गर्ने कार्यमा पनि सक्रिय रहन आग्रह गर्दछु ।'

null

निर्यात विस्तार, पर्यटन प्रवर्द्धन तथा वैदेशिक रोजगारी व्यवस्थापनमा सक्रिय भूमिका निर्वाह गर्न उनले राजदूत एवम् नियोग प्रमुखहरूलाई निर्देशनसमेत दिए । 

विदेशमा रहेका नेपाली श्रमिकको पेशागत हकहित एवम् सुरक्षामा संवेदनशील भई काम गर्न उनले ध्यानाकर्षण गराए ।

 

कमेन्ट गर्नुहोस्