×

मनसुनको प्रभाव

देशका धेरै ठाउँमा वर्षा : एक सातासम्म बाढी, पहिरो र डुबानको जोखिम

काठमाडाैं | असार १५, २०८१

मनसुनी प्रणाली फैलिएसँगै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । केही ठाउँमा ठूलो पानी परेको मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार गएराति बाग्लुङ, स्याङजा, गुल्मी, सिन्धुपाल्चोक र दाङलगायत क्षेत्रमा गएराति ठूलो पानी परेको हो । 

दाङको कोइलाबास, कपिलवस्तुको भगवानपुर, बाग्लुङको गल्कोट, गुल्मीको मुसीकोट, सिन्धुपाल्चोकको गुमथाङलगायत क्षेत्रमा मध्यमदेखि भारी वर्षा मापन भएको विभागले जनाएको छ । 


Advertisment

निरन्तरको वर्षासँगै यी क्षेत्रका स-साना खोला तथा नदीमा पानीको सतह पनि बढेको छ । 


Advertisment

स्याङ्जाको आँधी खोलाको जल सतह उल्लेख्य बढेको विभागले जनाएको छ । आँधी खोलाको तल्लो तटीय क्षेत्रमा आकस्मिक बहावको जोखिम रहेकोले आज बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । 

यस्तै, कोइली नदी बनगाई जलमापन केन्द्रमा जलसतह रूपमा बढ्दो क्रममा छ । आज बिहानसम्म तटीय क्षेत्र तथा डुबान भइरहने होचा भागमा उच्च सतर्कता अपनाउन भनिएको छ । 

यसैगरी गुल्मीको मुसिकोट वर्षामापन केन्द्रमा भारी वर्षा मापन भएको छ । मुसिकोट क्षेत्रमा थप वर्षाको सम्भावना रहेकाले स-साना खोलाको बहाव बढ्ने सम्भावना छ । 

वर्षा हुने क्रम अब एक सातासम्म जारी रहने विभागले जनाएको छ । देशका अधिकांश स्थानमा अबको एक साता मध्यमदेखि ठूलो वर्षा हुने सम्भावना रहेको मौसमविद् गोविन्द झाले बताए । 

उनका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्ण रूपमा विकास भई नेपालनजिक रहेको छ । जसका कारण आउँदो बिहीबारसम्म देशभर मनसुनी वर्षा हुने छ । 

नेपालको पहाडी भेगमा भारी वर्षाले बढी प्रभाव पार्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी र मध्य तराईमा बिहीबारदेखि नै वर्षाको क्रम सुरु हुँदा त्यस क्षेत्रमा डुबान शुरू भइसकेको छ । 

वर्षा हुने स्थानमा बाढी, भू–क्षय, पहिरो तथा गेग्य्रान बहावको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

सहरी तथा तराई क्षेत्रमा डुबानको समस्या हुन सक्ने भन्दै महाशाखाले सतर्क रहन आग्रह गरेको छ । 

वर्षासँगै नेपालका सानाठूला नदीको बहाव उच्च बन्ने भएकाले तटीय क्षेत्रमा थप सावधानी अपनाउन भनिएको छ ।
 

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

संसदीय छानबिन समितिले फर्काउला सहकारीप्रति नागरिकको खण्डित विश्वास ?

असार १२, २०८१

समाजवादको आधारभूत स्तम्भका रूपमा रहेको सहकारी अभियान यतिखेर संकटमा छ । जो कोहीले ‘सहकारी’ शब्द नै उच्चारण गर्न नसक्ने अवस्था बनेको छ । सहज वातावरण हुँदा सर्वसाधारण सहकारीबाट अ‍ैँचोपैँचो, सर...

x