×

NMB BANK
NIC ASIA

कैलालीमा प्रतिनिधिसभामा ५२ र प्रदेशसभामा ८५ को उम्मेदवारी

कात्तिक २०, २०७४

NTC
Premier Steels
धनगढी, १६ कात्तिक- प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि कैलालीमा प्रतिनिधिसभातर्फ ५२ र प्रदेशसभातर्फ ८५ को उम्मेदवारी परेको छ ।2-election (2)

प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि दश निर्वाचन क्षेत्र रहेको कैलाली जिल्लाको निर्वाचन क्षेत्र १ को प्रतिनिधिसभामा चार स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी परेको सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस क्षेत्रको प्रदेशसभाको दुई पदका लागि एक स्वतन्त्रसहित २२ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र २ मा प्रतिनिधिसभा सदस्यका लागि दुई स्वतन्त्रसहित नौ र दुई प्रदेशसभा सदस्यका लागि चार स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ । निर्वाचन क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित दश र प्रदेशसभाको दुई सदस्यका लागि एक स्वतन्त्रसहित १४ को उम्मेदवारी परेको छ ।

निर्वाचन क्षेत्र ४ मा प्रतिनिधिसभा सदस्यका लागि एक स्वतन्त्रसहित सात र दुई प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित १५ को उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन क्षेत्र ५ मा प्रतिनिधिसभा सदस्यका लागि ११ को र दुई प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित १७ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारीको मनोनयन दर्ता गराउनेमा निर्वाचन क्षेत्र न ं५ बाट कांग्रेस नेत्री आरजु देउवा तथा क्षेत्र नं ४ बाट वाम गठबन्धनका माओवादी केन्द्रका नेता लेखराज भट्ट र कांग्रेसका नेता सुनिलकुमार भण्डारीसमेत हुनुहुन्छ ।

उम्मेदवारी दर्ता गराउनेमा तीन दिनअघि मात्र एमालेबाट कांग्रेस प्रवेश गर्नुभएका पूर्व राज्यमन्त्री मोहनसिंह राठौर हुनुहुन्छ । उहाँले प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ मा कांग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।

उम्मेदवारी दर्ता गराउनेमा टीकापुर घटनाका अभियुक्त कैलाली कारागारमा रहेका थारु नेता लक्ष्मण थारुसमेत रहेका छन् । थारुंले राजपा नेपालका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र ५ का लागि उम्मेदवारी दर्ता गराउनुभएको हो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x