×

NMB BANK
NIC ASIA

आजका पत्रिकाका मुख्य पृष्ठमा प्रकाशित समाचार

मंसिर २८, २०७४

NTC
Premier Steels

काठमाडौं, २८ मंसिर– बिहीबार प्रकाशित सबैजसो पत्रिकाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको सबै नतिजा सार्वजनिक भएको विषयलाई प्राथमिकता दिएका छन् । यसैगरि, समानुपातिकतर्फ नेकपा एमालेको अग्रताकायमै रहेको विषय पनि प्राथमिकतामा परेको छ । 
निर्वाचनको मतपरिणाम सार्वजनिक हुनेक्रम अन्त्यतिर पुग्दै गर्दा सरकार गठन र प्रदेशका मुख्यमन्त्रीको पनि चर्चा हुन थालेको छ । प्रदेश नम्बर १, ३, ४ र ५ मा नेकपा एमालेको दावी ६ र ७ मा माओवादीको दावी रहेको समाचारलाई कान्तिपुर दैनिकले प्रथम पृष्ठमा छापेको छ । ६०–४० को सूत्रबाटै मुख्यमन्त्री र सभामुख बाँडिने बताइएको छ । 

Muktinath Bank


निर्वाचनमा विजयी भएपछि उम्मेदवाहरुले मतदातासँग गरिरहेको भेटघाट घरदैलोले पनि पत्रिकामा स्थान पाएको छ । अर्कोतर्फ कुन स्थानबाट कस्ता उम्मेदवार विजयी भए, संसद बैठकको तयारी, अब बन्ने सरकारमा मन्त्रीहरुको संख्या पनि आजका पत्रिकाका मुख्य समाचार बनेका छन् । 
देशमा अब १३५ मन्त्री हुने र  नयाँ सरकारका मन्त्रालय कस्ता हुन्छन् भन्ने विषयलाई नयाँ पत्रिकाले मुख्य पृष्ठमा छापेको छ । संविधानको व्यवस्थाअनुसार केन्द्रमा २५ र सात प्रदेशमा बढीमा एक सय दश मन्त्री बन्नेछन् । 
संसद ग्यालरीमा ६८ सांसद नयाँ रहने र २३ जना महिला उम्मेदवार निर्वाचित भएको खबर गोरखापत्रले मुख्य पृष्ठमा छापेको छ । प्रतिनिधिसभाको १६५ प्रत्यक्षतर्फको सिटमा ६८ नयाँ सांसद विजयी भएका छन् । प्रतिनिधिसभामा समानुपातिकसहित झण्डै आधा सांसद नयाँ हुने देखिएको छ । प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनबाट उम्मेदवार बनेका ६ जना र प्रदेशसभा सदस्यतर्फ १७ महिला विजयी भएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND


सरकार गठनको चर्चा चलिरहदा अन्नपूर्ण पोस्टले प्रधानमन्त्री पहिले कि संसद् बैठक पहिले भन्ने विषयलाई प्राथमिकतामा राखेको छ । प्रत्यक्षतर्फको निर्वाचनमा कांग्रेसले अनपेक्षित पराजय भोगेपछि अपजस झेली रहेका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नतिजा अपेक्षित र स्वभाविक भएको प्रतिकृया दिएका छन् । यता कांग्रेसका केही नेताहरुले बिशेष महाधिवेशनको माग पनि गर्न थालेका छन् । उनीहरुले नेतृत्वको कारण नै कांग्रेसले अनपेक्षित पराजय भोग्नु परेको आरोप लगाएका छन् ।


Advertisment
Nabil box
Kumari


निर्वाचनमा मतदाता शिक्षाको अभाव रहेको पनि पाइएको छ । केही जिल्लामा उम्मेदवारको मत भन्दा बदर मत बढी रहेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले पनि यो विषयलाई स्विकारेका छन् । 

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०७४

काठमाडौं,२४ मंसिर– भक्तपुरको निर्वाचन क्षेत्र नंबर २ को प्रतिनिधिसभा सदस्यमा एमालेका महेश बस्नेत विजयी भएका छन् । उनले   ३६ हजार ४ सय १२ मत पाप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेपाली कांग्...

मंसिर २१, २०७९

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकतर्फको दुवै मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएसँगै थ्रेस होल्ड कटाएर सात राजनीतिक दल राष्ट्रिय दल बनेका ...

मंसिर ८, २०७९

रुपन्देही क्षेत्र नम्बर-२ (१) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार लिला गिरी विजयी भएका छन् । १७ हजार ६३२ मत प्राप्त गरेर उनी विजयी भएका हुन् । गिरीसँग पराजित भएका सत्ता गठबन्धनबाट उम्मेदवार बनेका...

मंसिर ५, २०७९

प्रतिनिधि र प्रदेशसभा सदस्य चयनका लागि आइतबार भएको मतदानमा म्याग्दीमा ५८.७८ प्रतिशत मत खसेको छ ।  छयासी हजार एक सय २० जनामध्ये ५० हजार छ सय २५ अथवा ५८.७८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जन...

मंसिर ११, २०७९

यही मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पाल्पामा समानुपातिकतर्फ नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेले जिल्लामा सबैभन्दा धेरै मत ल्याएर पहिलो भएको छ भने नेपाली कांग्रेस दोस्रो स्था...

बैशाख ३०, २०७९

आफैं मतपत्रमा धमाधम छाप हाल्दै गरेका सर्लाही बलरा नगरपालिकाका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक प्रविण पोख...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x