कात्तिक १८, २०८०
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
माघ ३, २०७४
काठमाडौं, ३ माघ-समाजसेवी अनुराधा कोइरालालाई सरकारले प्रदेश नम्बर ३ को प्रदेश प्रमुख तोकेको छ । कोइरालालाई प्रदेश प्रमुख तोक्न लागिएको खबर सार्वजनिक भएलगत्तै उनी अंगीकृत नागरिक रहेको चर्चा चल्यो ।
तर, कोइरालाले आफू वंशजकै नागरिक रहेको भन्दै अंगीकृत भनेर चलाइएको हल्लाबारे अनविज्ञता प्रकट गरेकी छन् । कोइराला अंगीकृत नागरिक रहेको र प्रदेश प्रमुख बन्न नसक्ने भन्दै चर्चा भएपछि कोइरालाले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
'म वंशजकै आधारमा नेपाली नागरिक हुँ,' कोइरालाले लोकान्तरसँग भनिन्, 'मलाई बाहिर चलेको हल्लाबारे केही भन्नु छैन ।'
प्रदेश प्रमुख नियुक्त गर्न लागिएको भनेर आफूलाई प्रधानमन्त्रीले नै जानकारी गराएको उनले बताइन् । 'उहाँ (प्रधानमन्त्री) ले ४/५ दिनअघि नै तपाईँ गभर्नर (प्रदेश प्रमुख) बन्दै हुनुहुन्छ भनेर जानकारी दिनुभएको हो,' कोइरालाले भनिन्, 'अहिले तपाईँले पनि फोन गर्नुभयो, धेरैजनाले फोन गरिसक्नुभएको छ ।'
कोइरालाको नागरिकताको प्रतिलिपि नै सार्वजनिक भइसकेको छ । जसमा उनले ओखलढुंगाबाट वंशजका आधारमा नागरिकता लिएको देख्न सकिन्छ ।
कोइराला माइती नेपालकी अध्यक्ष हुन् । चेलीबेटी बेचबिखन न्यूनिकरणमा खेलेको भूमिका र दु:ख पाएका महिलाहरुको संरक्षणमा खेलेको भूमिकाको कदर गर्दै अमेरिकन टेलिभिजन च्यानल सीएनएनले उनलाई 'सीएनएन हिरो' घोषित गर्दै सम्मान गरेको थियो ।
हेर्नुहोस् कोइरालाको नागरिकता-
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...