×

NIC ASIA

काठमाडौं, १६ फागुन– रंगहरुको पर्व होली बिहीबार काठमाडौं उपत्यका लगायत पहाडी जिल्लाहरुमा मनाइँदै छ । होलीको रंगसँग युवा र बालकहरुमा मात्रै रमाउँदैनन्,बृद्धाबृद्धहरुले पनि होलीमा जीवन रंगहरु जस्तै खुसी र रंगिन होस् भन्दै रंगहरु एकआपसमा दलेर खुसी साट्ने गर्दन् ।  

Muktinath Bank

तर रंग अनुहारमा लगाउँदा राम्रो देखिए पनि यसले छालालाई भने असर पु-याउछ । होली खेल्दा आफ्नो छालालाई विशेष ध्यान दिइएन भने, होली पछिका दिनहरु भने रमाइला हुँदैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बजारमा पाइने कतिपय रंगहरुमा रसायन मिसाइएको हुन्छ । जसले शरीरमा क्यासरसमेत गराउँछ । त्यसैले पनि होलीमा रंगसँग खेल्दा विषेश ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।


Advertisment
Nabil box
Kumari

होलीको दिनमा अनुहारमा दलेको रंगले छालामा दिर्घकालिन रुपमा असर पु-याउन सक्ने वीर अस्पतालका छाला रोग विशेषज्ञ डा. निरज पराजुलीले बताए ।

Vianet communication

डा. पराजुलीका अनुसार रंगहरुले छालमा यस्तो असर गर्छ

आँखा, कान, मुखमा छिर्न सक्छ ।
 

छाला रुखो, फुस्रो, कालो हुन्छ ।
 

छाला चिलाउने, पोल्ने डाबर आउने र सुन्निने समस्या देखिन्छ । 
 

छालाको पत्र निस्कने रातो हुने घाउ हुने समस्इा देखिन्छ ।
 

छाला सम्बन्धि समस्या भएकाको समस्या झनै बढाउँछ ।
 

गुणस्तरहीन रंगको प्रयोगले भविष्यमा छालमा क्यान्सर समेत हुन सक्छ । 

होलीमा रंगको प्रयोग हुने रंगहरुमा मिसाइएको रसायनहरुले छालामा विभिन्न असर पु-याउछ ।  होलीमा धेरै जस्तो युवाहरुले ग्रिज, बिग्रेको मोबिलमा विभिन्न रङ मिसाएर अनुहारमा लगाउने गर्छन् । यसल तत्कालिन रुपमा छालाकोे पत्र निस्कने, रातो हुने समस्या देखिने र भविष्यमा छालाको क्यान्सर समेत हुन सक्ने डा. पराजुलीले बताए । त्यसैले होली खेल्दा छालाको सुरक्षामा ध्यान दिएर मात्रै खेल्न उनको सुझाव छ ।

‘होलीमा प्रयोग हुने रंगले छालालाई असर गर्छ त्यसैले होलीमा होलीमा सामान्य र सस्तो रङ तथा अबिर भन्दा गुणस्तरीय रङ र अबिरकै प्रयोग गर्नुपर्छ ।’ उनले भने,‘ होलीमा रंगसँग खेल्नु अघि र खेलिसकेपछि छालाको सुरक्षामा विशेष ध्यान दिनुपर्छ ।’

होली खेल्दा यस्ता कुरामा ध्यान दिनुस् 

होली खेल्नु अघि अनुहारमा मोस्चराइजर राम्रोसँग लगाउने ।
 

प्राकृतिक र गुणस्तरीय रंगको प्रयोग गर्नुपर्छ ।
 

केमीकल मिसाइएको रंग प्रयोग गर्नुहुदैन ।
 

आँखामा चस्मा तथा ग्लासको प्रयोग गर्ने ।
 

रंगलाई छालामा धेरै समय रहन नदिने ।
 

छाला सम्बन्धी समस्या भएकाहरुले सकेसम्म रंगसँग नखेल्ने ।

होली खेलेपछि यसाे गर्नुस् 

दिनभरी अनुहारमा दलेको रंगले छालाको प्रकृतिक रुप विग्रिएको हुन्छ । यसले गर्दा छाला सुख्खा हुनुका साथै विभिन्न समस्याले मानिसलाई सताउने गर्छ । यस्तो अवस्थामा छालाको सुरक्षामा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

अघिल्ला वर्षहरुमा पनि होली पछि छालासम्बन्धि समस्या लिएर  मानिसहरु आउने गरेको संझदै डा. पराजुलीले भने, ‘होली खेलिसकेपछि राम्रोसँग शरीर सफा गरेर अनुहारमा  मोस्चराइजर क्रिमको लगाउनु पर्छ । यसले पनि छालामा हुने संक्रमण र विभिन्न किसिमका असरलाई कम गर्छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x