कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
काठमाडौं,९ चैत- धनुषाका बिकाउ साहले सयकडा ३ का दरले ऋण खोजेर आफ्नो छोरा उपेन्द्र साहलाई साउदी पठाएका थिए । ‘छोराले धनुषाको पटेर्वामा रहेको आफ्नो ससुराली गाउँबाट ल्याएको पैसा दलालले खाइदियो । यता ब्याजको हिसाब-किताब शुरु भइसक्यो, तर छोराले साउदीमा खान पाइरहेको छैन,' निन्याउरो मुख लगाएर वैदेशिक रोजगार विभागको दोस्रो तल्लामा बसिरहेको अवस्थामा बिहीबार भेटिएका उनले सुनाए ।
जम्मा ३ कठ्ठा मोहियानी जग्गाका धनी बिकाउ धनुषाको गणेशमान सारनाथ नगरपालिका वडा नम्बर ६ मा सानो किराना पसल चलाएर बस्छन् ।
त्यो ३ कठ्ठा जग्गा पनि आफ्नो बाउको नाममा रहेको मोहियानी जग्गा हो । त्यो ३ कठ्ठा जमिनले खान पुग्दैन, पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले छोरालाई साउदी पठाएर आफ्नै नाममा केही जग्गा लिने सपना बोकेका उनको सपना दलालले छोरालाई साउदी पुर्याएर केही काम नदिएपछि हुरीले उडायो ।
'अन्तिमपटक छोरासंग कुरा हुँदा मैले छोरालाई सम्झाएँ । बाबु, म्यानपावरले केही दिनमा तिमीलाई नेपाल बोलाउने भनेको छ, तिमी नआत्तिइकन बस्नु, यताको पीर केहि नलिनु । मैले मानवाधिकार आयोगमा पनि उजुरी गरेको छु । भगवानको कृपाले हामीलाई पक्कै न्याय मिल्नेछ,' उनले आशा व्यक्त गरे ।
'घरमा आमा र बुहारीले पीर मानिरहेका छन्, खाना खाएका छैनन् । के गर्नु दलालको फन्दामा परेपछि सबै कुरा सहनुपपर्यो, मैले उनीहरुलाई सम्झाएर राखिरहेको छु,' साहले आफ्नो पीडा सुनाए ।
काम नपाएर बिखलन्दमा परेका उपेन्द्र साहलाई ड्राइभर भिसामा लगिदिन्छु भनेर सामान्य चिनजानको आधारमा मिर्चैया सिराहाका उदय साहले पासपोर्ट र पैसा लिएका थिए । आफ्नो साढुभाइ काठमाडौंको म्यानपावरमा काम गर्ने र उनले ड्राइभर भिसामा राम्रोसंग साउदी पुर्याउने भनेर आश्वासन दिई उपेन्द्रलाई काठमाडौं ल्याएका थिए । केहीदिनमा नै उपेन्द्र साउदीमा ड्राइभर बन्न पाइने आशा बोकेर साउदी उँडे, तर उनलाई लेबर काम गर्नुपर्नेछ भन्ने थाहा थिएन ।
'छोरालाई आफ्नो सबै कागजपत्रको फोटोकपी गरेर मलाई पठाइदेऊ भनेको थिएँ, तर म्यानपावरवालाहरूले कुनै कागजपत्र देखाएनन् । साउदी उँड्ने बेलामा मात्र सबै कागजपत्रहरू दिइयो । तर त्यसमा ड्राइभर भिसा थिएन । लेबर काम गर्नुपर्छ भनेर लेखिएको रहेछ । छोराले त्यो बुझेन । न उसले मलाई कुनै कागजपत्र फोटोकपी गरेर पठायो, न आफू ठगीमा परेको थाहा पायो,' साहले भने ।
साउदीको दमाममा पुगेपछि उनलाई कन्स्ट्रक्सन कम्पनीमा लेबर काम गर्नका लागि लगियो, तर उपेन्द्रले आफू ड्राइभर भिसामा आएकोले गाडी चलाउन पाउनुपर्ने बताएर काम गर्न मानेनन् । उनीसंग संगै उडेका लेखेश्वर चौधरीलाई पनि ड्राइभर भिसा भनेर लेबर काम गर्न पठाइएको रहेछ । अहिले दुवैजनाले साथीभाइसंग पैसा मागेर खाइरहेका छन् । एकमहिना १२ दिनसम्म आफूले भने जस्तो काम नापाएपछि उनीहरूले आफू नेपाल नै फर्किन चाहेको र त्यसका लागि बाबु बिकाउ साहलाई वैदेशिक रोजगार विभागमा उजुरी गर्न पठाएका रहेछन् ।
साउदीको ३ हजार रियलसम्म कमाउने सपना बोकेर उडेका उपेन्द्र र लेखेश्वरले आफूले जम्मा एक हजार रियल पाउने र त्यसका लागि गैंची बेल्चा चलाउनुपर्ने थाहा पाएपछि त्यहाँ काम गर्न जानेले पूरा गर्नुपर्ने कुनै प्रक्रिया पनि पूरा गरेका छैनन् । उनीहरू अहिले त्यहाँ गैरकानुनी हैसियतमा बसेका छन् ।
आफ्नो छोरा उपेन्द्र साहलाई लिंक इन्टरनेशनल ओभरसिजले साउदीमा ड्राइभर भिसा भनेर पठाएको एकमहिना १२ दिन भइसकेको तर अहिलेसम्म छोराले काम नपाउने मात्र होइन, खाना खानसमेत नपाएको गुनासो लिएर उनी बिहीवार वैदेशिक रोजगार विभाग पुगेका थिए ।
‘उसले जान्दै नजानेको काम कसरी गरोस् ?’ भक्कानिँदै उनले लोकान्तरसँग भने ।
ऋण धन गरेर एक लाख बीस हजार तिरेर पठाएको छोराले एक महिनाभन्दा धेरै समयसम्म पनि भनेजस्तो काम नपाएपछि र भोकै बस्नुपरेको खबर सुनेर उनी धनुषाबाट काठमाडौं आई पाँच दिनसम्म बसे । छोरा साउदीमा फसेपछि उनी बुहारी लिएर वैदेशिक रोजगार विभागमा उजुरी गर्न आएका हुन् ।
‘बुहारीले पनि खाना नखाएको एकहप्ता भन्दा धेरै भइसक्यो,’ उनले भने । यो विषयमा उनको बुहारीसंग कुरा गर्न खोज्दा उनी बोल्न मानिनन् । काठमाडौंमा पनि आफ्नो खाने बस्ने कुनै ठेगान नभएको गुनासो उनले गरे ।
वैदेशिक रोजगार विभागको कर्मचारीको रोहबरमा लिंक इन्टरनेसनल ओभरसिजका प्रतिनिधि कमल काफ्लेलाई बोलाएर अबको १५ दिनभित्र छोरोलाई नेपाल झिकाइदिने सहमतिमा उनले हस्ताक्षर गरेका छन् । तर उनलाई आफ्नो छोरा तोकिएकै समयमा फर्किने कुरामा अझै विश्वास छैन ।
छोरो जाँदा लागेको रकम फिर्ता गर्ने या नगर्ने विषयमा भने कुनै सहमति भएको छैन ।
सहमतिपश्चात १५ दिनभित्रै छोरो फर्किने झिनो आशा बोकेर उनी धनुषा फर्किएका छन् ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...