×

NMB BANK
NIC ASIA

काठमाडौं, २४ चैत- नेपाल-भारत सम्बन्धको कुरा गर्दा नेपाली प्रधानमन्त्रीको भारत भ्रमण सर्वाधिक महत्त्व र चर्चाको विषय हुने गर्दछ । अझ भारतले गरेको अघोषित नाकावन्दीका बेलामा राष्ट्रियता र स्वाभिमानको अडान लिएर चर्चामा आएका प्रधानमन्त्री केपी ओलीको दोस्रो कार्यकालको पहिलो विदेश भ्रमणका विषयमा नेपाली राजनीतिक र कुटनैतिक वृत्तमा गरमागरम बहस चलिरहेको छ ।

Muktinath Bank

यो बहसमा दुईथरी धारणाहरू सामने आएका छन् । पहिलो, प्रधानमन्त्री केपी ओलीले यसअघि लिएको अडान छाड्दैनन् भन्ने छ भने दोस्रो त्यसको उल्टो अर्थात् पहिला पनि भारतको प्रिय बनेका केपी ओलीले भारतको स्वार्थलाई नेपाली राजनीतिमा अहिले पनि कुनै न कुनैरूपमा ठाउँ दिन चाहन्छन् र राष्ट्रवादको नाटक फगत चुनाव जित्नका लागि मात्र गरेका हुन् भन्ने खालको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसै सन्दर्भमा लोकान्तरकर्मी ईश्वर अर्यालले नेपाल भारत मामिलाका जानकारहरूसँग कुराकानी गरेका छन् । विज्ञहरूले व्यक्त गरेको विचारको सम्पादित अंश


Advertisment
Nabil box
Kumari

डा. जयराज आचार्य- (राजनीतिक विश्लेषक)

Vianet communication

प्रधानमन्त्री केपी ओलीको भ्रमणले नेपाल-भारत सम्बन्धमा सुधार आयो भने त्यो नै ठूलो उपलब्धि हुनेछ । विगतको तिक्तता र कमजोरी जुन देखियो, त्यसलाई मेट्नुपर्छ । ती तिक्तताहरू राजनैतिक, कुटनैतिक साथै आमजनताको तहमा पनि आएका थिए । अन्य तहमा त सजिलै मेटियो भन्न सकिएला, तर जनताको तहमा आएको तिक्तता मेट्न परिणाममुखी सम्झौता हुनुपर्छ र धेरै समय पनि लाग्न सक्छ ।

सुष्मा स्वराज नेपाल आउँदा एक्लाएक्लै भेटघाट भयो, अहिले पनि मोदीसंग वान टू वान मिटिङ भयो भन्ने खबर आएको छ । त्यो भेटमा के भयो भन्ने आम जनतालाई थाहा हुने कुरा भएन । तर यदि जनतालाई एउटा कुरा र वास्तविकरूपमा अर्को कुरा भएको हो भने त्यो आत्मघाति हुनेछ र त्यो हुनुभएन । विगतका र अहिले पनि मिडिया बजारमा आएका कतिपय कुराहरू हेर्दा केपी ओली भारतीय स्वार्थकै लागि प्रयोग भइरहेका छन् कि भन्ने पनि लाग्छ, तर दुईवटा कुराले मात्र त्यो शंका निवारण गर्नसक्छ । पहिलो कुरा त विगतको तिक्तता र कटुता कम गर्न सक्ने हुनुपर्‍यो, दोस्रो कुरा नेपाल जलश्रोतको समुचित बाँडफाँड समुचित ढंगबाट हुनुपर्‍यो । मोदीको पहिलो नेपाल भ्रमणमा पनि पञ्चेश्वरको कुरा उठाइएको थियो, त्यसलाई कसरी निर्माण गर्ने र सञ्चालन गर्ने भन्ने कुरा स्पष्ट हुनुपर्‍यो ।

खासमा भन्ने हो भने प्रधानमन्त्री केपी ओलीको यो भ्रमण परम्पराको निरन्तरताजस्तै देखिन्छ । विगतमा जस्तै अहिले पनि संयुक्त प्रेस विज्ञप्तिको ड्राफ्ट उनीहरूले नै गरेर राखेका होलान् । नेपालमा प्रधानमन्त्रीको भ्रमणको गृहकार्य शुन्य थियो । शुन्य गृहकार्यमा गरिएको भ्रमण फलदायी त हुँदै हुँदैन । भ्रमणको कुनै ठोस एजेन्डा छैन । सद्भावको भ्रमण भन्ने गरिए पनि गृहकार्यविना कसरी सद्भाव बढ्छ ?

माथिल्लो कर्णाली, अरुण तेस्रो, हुलाकी राजमार्गजस्ता भारतलाई सुम्पिएका राष्ट्रिय महत्त्वका परियोजनाहरूलाई नेपालीहरूले नै बनाउने हिम्मत राख्न सक्छन्, तर तिनीहरू भारतको रणनीतिक स्वार्थको लागि प्रयोग गरिएका छन् । तिनीहरूलाई हामी आफैं बनाउछौं भनेर भन्न सक्नुपर्छ ।

डा. खड्क केसी- (अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीति स्नातकोत्तर कार्यक्रम संयोजक, त्रिभुवन विश्वविद्यालय) 

अहिले प्रधानमन्त्री केपी ओली जनमतको आधारमा सबैभन्दा माथि छन् । नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइ दिनका लागि भारत धेरै आतुर देखिन्छ । त्यही भएर भारतले केपी ओलीलाई बढी नै महत्त्व दिनु स्वाभाविक हो । प्रधानमन्त्रीको भारत भ्रमणमा आशंका गर्ने ठाउँहरू प्रशस्त भए पनि अहिले नै आलोचनाको दृष्टिकोण राख्नु हतारो हुन्छ ।

केपी ओलीको यो भारत भ्रमण परम्परागत निरन्तरता नभइकन त्यसको क्रमभंगताको एउटा उदाहरण पनि हो । केपी ओलीको पुरानो अडानको आधारमा उभिएर नयाँ सम्बन्धको विकास गर्नमा जोड दिनुपर्छ र प्रधानमन्त्रीको अहिलेको भारत भ्रमण त्यही प्रयत्नको एउटा कडी हो ।

भारतीय कुटनीतिको विगत अध्ययन गर्ने हो भने नेपाल र नेपालीको हितमा नदेखिएको जस्तो देखिन्छ र अहिले पनि नयाँ र आकर्षक प्रोजेक्टहरू देखाएर नेपाललाई अल्झाउने षड्यन्त्र भारतीय संस्थापन पक्षले गर्न सक्छ । अहिलेको सरकारले त्यसको मोहरा नबन्ने कुरामा जनतालाई आश्वस्त तुल्याउन सक्नुपर्छ र मेरो विचारमा प्रधानमन्त्री केपी ओली त्यो दिशामा अडिग हुनुहुन्छ ।

अहिलेसम्म भएका सम्झौताहरूको कार्यान्वयन तह एकदम फितलो छ । त्यसलाई अघि बढाउनको लागि प्रधानमन्त्रीले जोडदार माग गर्न सक्नुपर्दछ । त्यसो भयो भने प्रधानमन्त्रीको भारत भ्रमण अरु कुनै भ्रमणभन्दा बढी सफल हुन्छ । पुराना प्रधानमन्त्रीहरूको भ्रमण र अहिलेको प्रधानमन्त्रीको भ्रमणको पृष्ठभूमि एकदमै फरक छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्री भएलगत्तै सम्बन्ध सुधारको नाममा भारत र चीनमा विशेष दूत पठाउनु परेको थियो, तर अहिले त्यो अवस्था आएन । बरु भारतबाटै सुष्मा स्वराजको आगमन भयो । यसले नेपाल भारतको सम्बन्धलाई नयाँ उचाइमा उठाउनका लागि भारत कति आतुर छ भन्ने कुरा पुष्टि हुन्छ ।

बलियो छिमेकी भएको नाताले नेपालमा भारतको स्वार्थ हुने कुरा स्वाभाविक हो । तर नेपालको के र कस्तो स्ट्याण्ड हुन्छ भन्ने कुराले हाम्रो भूराजनीतिक अस्तित्वलाई बलियो या कमजोर बनाउँछ । अहिले बदलिएको परिप्रेक्षमा हुने दुई प्रधानमन्त्रीको भेटघाटले तीन/चारवटा महत्त्वपूर्ण कुराहरूको टुंगो लगाउनुपर्छ ।

पहिलो भारतले नेपालको संविधानलाई स्वागत गर्नुपर्छ, दोस्रो व्यापार र पारवहनको विषयलाई संवेदनशील ढंगबाट नेपालको तर्फबाट उठाइनुपर्छ, पहिल्यै भएका सम्झौता र बाँकी रहेका परियोजनाहरू छिटो अघि बढाउने कुराको सुनिश्चितता गरिनुपर्छ र विवादित कुनै पनि विषयमा संयुक्त विज्ञप्ति आउनुहुँदैन । यति भएमा प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण सफल रहनेछ ।

पद्मलाल विश्वकर्मा- (संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिका पूर्वसभापति)

प्रधानमन्त्री केपी ओलीले जुन हिसाबले राष्ट्रवादको वकालत गरे, जनताले त्यसलाई अनुमोदन गरे र ओलीलीई राजनेताकै रूपमा देखे । प्रधानमन्त्री भइसकेपछि उनले यो वा त्यो हिसाबले जनताको स्वाभिमानलाई डगमगाउने काम गर्दैनन् भन्ने जस्तो देखिन्छ । यो भ्रमण मूलत: भारतीय चासोको विषय भएकोले हामीले त्यति धेरै अपेक्षा गर्नु हुँदैनजस्तो लाग्छ ।

केपी ओलीको रसुवागढीको यात्राले पनि भारत आत्तिएको जस्तो देखिएकै हो । पहिलो कार्यकालमा चीनसंग महत्त्वपूर्ण सम्झौता गर्नको लागि उनले गरेको प्रयासले पनि भारत आत्तिएको थियो ।

दुईतिहाइ समर्थनमा प्रधानमन्त्री भएका ओलीलाई हातमा लिन भारतले धेरै प्रपंच गरेको छ र यो भ्रमणमा पनि उसले सम्बन्ध राम्रो बनाउने नाममा केही डिल गर्ने प्रयास गर्नेछ, तर हाम्रा प्रधानमन्त्रीको स्थिति बलियो छ ।

पहिलाको जस्तो अस्थीर र अल्पकालीन सरकारको प्रतिनिधत्व गरेर ओली भारत भ्रमण गएका होइनन् ।

उनमा लिपुलेकको कुरा गर्ने आँट हुनुपर्‍यो, जसरी मनमोहन अधिकारीले १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ भनेर भनेका थिए । प्रधानमन्त्रीको भारत भ्रमणलाई नकारात्मक कोणबाट हेरिनु अहिलेको अवस्थामा त्यति उपयुक्त होइन, तर धेरै कुराहरूमा सजग भने हुनुपर्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x