×

NMB BANK
NIC ASIA

विमानस्थलमै थन्किए वायुसेवाका दुई नयाँ विमान, 'अन्नपूर्ण' सोमवारदेखि उड्न सक्ने !

साउन ११, २०७५

NTC
Premier Steels

काठमाडौं –नेपाल वायु सेवा निगम (एनएसी)ले ल्याएका २ वडा वाइडबडी विमान सञ्चालनमा ल्याउन सकेका छैनन् ।

Muktinath Bank

गत असार १४ गते र साउन १० गते बिहीवार भित्र्याएका २ वटा वाइडबडी विमान उडानको अनुमति प्रक्रियामा रहेकाले उडाउन ढिलाइ भएको एनएसीले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमका अनुसार गत असार १४ गते ल्याएको ‘अन्नपूर्ण’ नाम दिइएको विमान सञ्चालनको अनुमति पाउने क्रममा छ ।


Advertisment
Nabil box
Kumari

निगमका प्रवक्ता वीरेन्द्र श्रेष्ठका अनुसार सञ्चालन अनुमतिको प्रक्रियामा रहेकाले छिट्टै उडान सञ्चालन हुनेछ । 

Vianet communication

‘हामीले पहिलो वाइडबडी सञ्चालनको अनुमतिका लागि निवेदन दिएका छौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आइतवारसम्ममा अनुमति दिए सोमवारदेखि उडान शुरू हुन्छ, उनले भने ।’

नयाँ विमान चालक विदेशी रहेको उनले बताए । 

गत असार १४ गते निगमले पहिलो वाइडबडी विमान ल्याएको थियो । उक्त विमानलाई ‘अन्नपूर्ण’ नाम दिइएको थियो ।

मंगलवार भित्र्याइएको जहाज उडानका लागि भने एक महिना लाग्नसक्ने श्रेष्ठले बताए । निगमले साउन १० गते बिहीवार विमान ‘ए ३३०–२००’ सिरिजको विमान काठमाडौंमा अवतरण गराएको छ ।

‘मकालु’ नाम दिइएको सो विमानको कल साइन ९ एनएलजेड छ ।

युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनिएको हो ।

निगमले २०७३ साल चैत २५ गते अमेरिकी लिजिङ कम्पनी एएआरसँग दुई वाइडबडी ‘ए ३३०–२००’ एयरबस विमान खरिद गर्ने सम्झौता गरेको थियो । दुईवटा जहाजको लागत रु २१ अर्ब ९० करोड अमेरिकी डलर छ ।

निगमका अनुसार दुवै वाइडबडी विमानको सिट क्षमता समान छ । कुल २७४ सिट क्षमताको वाइडबडी विमानको १८ वटा सांग्रिला ‘विजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति दिएपछि पहिलो चरणमा संयुक्त अरब इमिरेट्सको दुबई र कतारको दोहा उडान गरिनेछ भने त्यसपछिका चरणमा जापान, दक्षिण कोरिया र साउदी अरेबियाको रियादमा उडान गरिने निगमका महाप्रबन्धक सुगतरत्न कंशाकरले बताए ।

निगमले हाल अन्तर्राष्ट्रिय उडानका ८ गन्तव्य भारतको नयाँदिल्ली, बैङ्गलुरु र मुम्बई तथा हङकङ मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ ।

एक बोइङ नाइन एसीबी–५७५ र एयरबस ३२० सिरिजको दुईवटा जहाजबाट निगमले अन्तर्राष्ट्रिय उडान गरिरहेको हो । निगमले आन्तरिकतर्फ नौवटा विमानबाट सेवा दिइरहेको छ ।

यीमध्ये चीनबाट ल्याइएका वाई १२ चार, एमए ६० दुई र तीनवटा ट्विनअटर विमान छन् ।

नयाँ विमानले उडान शुरू गर्दा नेपालको बाह्य पर्यटन फस्टाउने विश्वास गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x