×

NMB BANK
NIC ASIA

काठमाडौं– भदौ १४ र १५ गते काठमाडौंमा सम्पन्न बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलनमा उठेको सदस्य राष्ट्रबीचको सैन्य अभ्यासको विषय अहिले विवादित बनेको छ । 

Muktinath Bank

बिमेस्टेकको शिखर सम्मेलन उद्घाटन सत्रमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘बिमस्टेक बहुराष्ट्रिय स्थल सैन्य अभ्यास’ तथा त्यसअघि सदस्य राष्ट्रका स्थल सेनाका प्रमुखहरुको सम्मेलन भारतले आयोजन गर्न लागेको विषय सार्वजनिक गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मोदीको उक्त भाषणसँगै राजनीतिक दलका नेतादेखि सुरक्षा विज्ञसम्मले बिमस्टेक सदस्य राष्ट्रबीच हुने भनिएको सैन्य अभ्यासले गतिलो सन्देश नदिने बताएका छन् । साथै नेपालले त्यस्तो सैन्य अभ्यासमा भाग लिन नहुने पनि विज्ञहरुको सुझाव छ । 


Advertisment
Nabil box
Kumari

बिमस्टेक सम्मेलन सम्पन्न भएपछि मंगलवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि संयुक्त सैन्य अभ्यासको विषयमा सांसदहरुले प्रश्न गरे । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारी र मिनेन्द्र रिजालले बिमेस्ट राष्ट्रबीच हुन लागेको भनिएको सैन्य अभ्यासका विषयमा प्रश्न उठाएका थिए । 

Vianet communication

जवाफमा प्रधानमन्त्री ओलीले बिमस्टेक राष्ट्रबीच सैनिक तालिम आदान–प्रदान मात्रै हुन लागेकोले त्यसलाई सैन्य अभ्यास भन्न नमिल्ने बताउनुभयो । ‘अचम्म त यो सैन्य अभ्यासको कुरा कहाँबाट आयो ? विभिन्न देशबीच सैन्य अभ्यास पहिलेदेखि नै चलेको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘ट्रेनिङका लागि हाम्रा सैनिक पनि बाहिर जाने गरेका छन् । यहाँ आएर मिलिट्रीको डिग्री लिने पनि छन् । राष्ट्रसंघीय सेनामा पठाउनुअघि पनि यस्तो अभ्यास हुन्छ । भारत, पाकिस्तान, चीन र अमेरिकासँग अभ्यास हुने गरेको छ ।’ 

सेनाको नजरमा ‘सामान्य कुरो’

कूटनीतिक मामिलाका जानकार तथा सुरक्षा विज्ञहरुले बिमस्टेक सदस्य राष्ट्रबीच संयुक्त सैन्य अभ्यास गराएर भारतले चीन र पाकिस्तानका अगाडि आफू ‘काजी’ बन्न खोजेको बताएका छन् । 

लोकान्तरसँग कुराकानीमा विभिन्न सुरक्षा विज्ञले बिमस्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासका कारण नेपालको अन्तर्राष्ट्रिय छबि धुमिल हुन पुग्ने बताएका छन् ।

तर, नेपाली सेनाले भने बिमस्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासलाई ‘सामान्य कुरो’का रुपमा मात्रै बुझेको छ । सैनिक प्रवक्ता सहायक रथी गोकुल भण्डारीले बिमस्टेक सदस्य राष्ट्रबीच हुने सैन्य अभ्यास अन्य देशसँग हुने नियमित तालिम आदान–प्रदानजस्तै भएको बताए । 

‘हामीले अन्य देशसँग पनि सैन्य अभ्यास र तालिम आदान प्रदान गरिरहेका हुन्छौं । बिमस्टेक सदस्य (७ राष्ट्रका सेना) बीच हुने सैन्य अभ्यास पनि यस्तै नियमित प्रक्रिया हो,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने, ‘यो सामान्य कुरो हो ।’

बिमस्टेक सदस्य राष्ट्रबीचको सैन्य अभ्यासमा नेपाली सेनाको एक प्लाटुन (३० जना सदस्य) सहभागी हुने प्रवक्ता भण्डारीले जानकारी दिए । बिमस्टेक सदस्य राष्ट्रका सेनाबीच भदौ २५ देखि ३१ गतेसम्म भारतको पुणेमा संयुक्त अभ्यास हुने छ । 

सैन्य अभ्यास शुरु हुनु अगाडि सदस्य राष्ट्रका स्थल सेना प्रमुखको सम्मेलन समेत हुने छ । भदौ २४ गते सेनापतिको शपथ ग्रहण गरेपछि पूर्णचन्द्र थापा सम्मेलनमा सहभागी हुन भारत प्रस्थान गर्नेछन् । 

सेनामा एक महिना अगाडिदेखि नै तयारी 

बिमस्टेक सदस्य राष्ट्रका सेनाबीच हुने सैन्य अभ्यासका लागि नेपाली सेनाले एक महिना अगाडिदेखि नै तयारी थालिसकेको थियो । 

सैनिक स्रोतका अनुसार भारतीय सेनाको प्रस्तावमा रक्षा मन्त्रालयले सहमति जनाएपछि सेनाले सैन्य तयारीका लागि तयारी थालेको हो ।  

बिमस्टेक सदस्य राष्ट्रका सेनाबीचको अभ्यासका लागि भारतीय सेनाले मध्यस्तकर्ताको भूमिका निर्वाह गरेको हो । नेपाललाई पनि भारतीय सेनाले नै अभ्यासका लागि पत्र पठाएको थियो । रक्षा मन्त्रालयले सहमति जनाए पछि सेनाले अभ्यासका लागि तयारी शुरु गरेको थियो । 

एक महिना अगाडिदेखि गरिएको तयारीअनुसार सैन्य अभ्यासमा सहभागी हुने ३० जनाको प्लाटुन तयार भइसकेको सैनिक प्रवक्ता भण्डारीले बताए । ‘बिमेस्टेक सदस्य राष्ट्रका सेनाबीच हुने अभ्यासका लागि हामी तयार भइसकेका छौं,’ प्रवक्ता भण्डारीले लोकान्तरसँग भने ।

यो पनि पढ्नुहोस्

सांसदहरूलाई प्रधानमन्त्रीको प्रतिप्रश्न – सैन्य अभ्यासको कुरा कहाँबाट आयो ?

बिमस्टेक राष्ट्रबीच संयुक्त सैन्य अभ्यास : विज्ञहरु भन्छन्, ओलीको राष्ट्रवाद मोदीको कब्जामा !

नेकपाका प्रभावशाली नेताले भने- बिम्स्टेकको संयुक्त सैन्य अभ्यासबारे सरकारले जवाफ दिनुपर्छ

बिमस्टेक राष्ट्रहरुले गर्ने भनिएको सैन्य अभ्यासबारे कांग्रेसले सरकारसँग जवाफ माग्ने

प्रधानमन्त्रीको पसिना काढ्ने सांसदका १३ प्रश्न, के आयो जवाफ ?

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

बैशाख १९, २०८१

महेन्द्रनगर– दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । महेन्द्रनगरस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x