काठमाडौं – भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐन– २०७४ का कतिपय प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने भन्दै प्रेस जगत यसप्रति चनाखो भएको छ ।
अपराध संहिताका प्रावधान हुबहु कार्यान्वयन गरिए प्रेस स्वतन्त्रता कुण्ठित हुने र मुलुक बन्द समाजतर्फ उन्मुख हुने भन्दै सरोकारवालाहरूले प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधानहरू हटाउन माग गरिरहेका छन् ।
अपराध संहितामा रहेका प्रेस र अभिव्यक्ति स्वतन्त्रताका प्रावधान हटाउन कानून पारित भएको दिनदेखि नै अभियान सञ्चालन गर्दै आइरहेका छन्, वरिष्ठ पत्रकार तारानाथ दाहाल ।
अपराध संहिताका कुन–कुन प्रावधानले प्रेस स्वतन्त्रता कुण्ठित गर्छ र के–के विषयमा संशोधन गर्नुपर्छ भनेर फ्रिडम फोरमका अध्यक्ष समेत रहेका दाहालसँग हामीले कुराकानी गरेका छौं ।
हेर्नुहोस्, भिडियो कुराकानी :
पढ्नुहोस्, यो पनिः
मुलुकी अपराध संहिता : कुण्ठित हुने खतरामा प्रेस स्वतन्त्रता !