×

NIC ASIA

दशैंमा नेपालीले पिउँछन् १० अर्बभन्दा धेरैको रक्सी, उपहारमा मात्र १ अर्ब !

कात्तिक १, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं– दशैं देवी भगवतीको उपासनासँगसँगै मनोरञ्जनको पर्व समेत हो । दशैंमा मानिसहरुले लत्ता कपडा, खानपान, मासु, घुमफिरमा निकै खर्च गर्ने गरेका छन् । मानिसहरुले दशैंमा धेरै पैसा नै खर्च गर्ने हुँदा दशैं बजार अत्यधिक चलायमान रहने गर्छ । 

Muktinath Bank

दशैंका १५ दिनमा १० अर्बको रक्सी


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिकृति र रमझम दुवैको मिश्रण रहेको मदिराजन्य पेयपदार्थको व्यापार दशैंमा अत्यधिक हुने गर्छ । नेपालमा वर्षेनी २ खर्बको मदिराजन्य पेय पदार्थ कारोबार गर्ने गरेको व्यवसायीहरु बताउँछन् । मदिरा उद्योगले करिब २० प्रतिशत राजस्वको हिस्सा ओगटेको छ ।  


Advertisment
Nabil box
Kumari

दशैं तिहारमा पेय पदार्थ पिउनेहरुले आफ्नो गक्ष अनुसारको मदिराजन्य पदार्थमा खर्च गर्छन् । 

Vianet communication

मदिरा प्रेमीहरु पुराना ब्राण्डेड हृवीस्की तथा वाइनहरु स्वाद अनुसार पिउँछन् । संभ्रान्त वर्गले मदिरालाई आफ्नो ‘स्टाटस मेन्टेन’ गर्ने वस्तुका रुपमा लिने गरेकाले देशमा अर्बौंको विदेशी ब्राण्डेड मदिरा आयात हुने गरेको छ । त्यसका साथै नेपालीहरुको घरैमा बनाइने घरेलु मदिराको पनि व्यापार राम्रो हुने गरेको छ  । 

ब्ल्याक लेबल, सिवास, रेड लेबल, ब्यालेण्डाइण्ड लगायतका रक्सीहरु बजारमा बढी माग हुने गरेको व्यवसायीहरु बताउँछन् । यस्तै नेपाली बजारमा बढी चल्ने मदिराजन्य पेय पदार्थमा भोड्का, ह्विस्की, वाइन, जिङ्क, रम, बियर लगायत रहेका छन् । जसमध्ये दशैंमा सबैभन्दाबढी बियरको व्यापार बढ्ने गरेको छ । यसैगरी भोड्काको बजारमा पनि दशैंमा तात्ने व्यवसायीहरु बताउँछन् । नेपालका उत्पादित महंगा रक्सी पनि दशैं तिहारमा अत्यधिक बिक्री हुने गरेको बताइन्छ ।  

दशैंका १५ दिनमा मात्रै नेपाली बजारमा १० अर्ब भन्दा बढीको मदिरा बिक्री हुने गरेको उत्पादकहरु बताउँछन् । 

दशैंमा एक अर्बको मदिरा उपहार !

पछिल्लो समय दशैं तिहारमा उपहार दिने चलन समेत बढेको छ । दशैंमा अन्य कुरा छोडेर महंगो रक्सी उपपार दिने प्रचलन बढेसँगै उपहारको रक्सीमा समेत एक अर्बभन्दा बढी खर्च हुने गरेको उत्ािदकहरु बताउँछन् । वित्तीय क्षेत्रले आफ्ना ग्राहकहरुलाई खुशी मार्न समेत मदिरा उपहार दिने चलन बढेको छ ।  उपहार दिने मदिरामा अधिकांशले वाइन प्रयोग गर्ने गरेका छन् ।

मदिरा अर्थतन्त्र

राजस्वको ठूलो हिस्सा ओगटेको मदिरा उद्योगले झण्डै साढे ३ लाख मानिसलाई प्रत्यक्ष रोजगारी दिइरहेको उनको मदिरा उत्पादक कम्पनीहरुको दाबी छ । 
नेपाल हाल १ सय भन्दा बढी मदिरा उद्योग सञ्चालनमा छन् ।

कूल खपत हुने मदिराको ७५ प्रतिशत हिस्सा ओगटेको नेपाल मदिरा व्यवसायी महासंघले जनाएको छ । वार्षिक झण्डै २ खर्ब बराबरको मदिरा कारोबार हुने गरेको महासंघका महासचिव बिष्णु खड्काले बताए । उनका अनुसार नेपालको उत्पादित मदिराले मात्रै वार्षिक ४५ अर्ब भन्दा बढी राजस्व तिर्ने गरेको छ भने अयातित मदिराले झण्डै १० अर्ब बराबर राजस्व तिर्ने गरेको छ ।

 मदिरा व्यवसायले नेपालको कूल राजस्वमा झण्डै २० प्रतिशत हिस्सा ओगटेको छ ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

जेठ १, २०८१

निजी क्षेत्रका उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल चेम्बर अफ कमर्सले नेपालमा लगानी गर्न पोल्याण्डलाई आग्रह गरेको छ । नेपाल र पोल्याण्डबीचको कूटनीतिक सम्बन्ध ६५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बर अफ कमर्स र नेपा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x