कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
कात्तिक १६, २०७५
काठमाडौं – बालबालिका खोजतलास समन्वय केन्द्रले एकैदिन २४ जना सडक बालबालिकाको उद्धार गर्यो । केन्द्रले पशुपति क्षेत्र, बालाजु, ठमेल र कलंकीबाट गत शुक्रबार राति २४ जना सडक बालबालिकाको उद्धार गरेको हो ।
केन्द्रको टोलीले बेलुका ७ बजेदेखि राति ३ बजेको समयमा ती बालबालिकाको उद्धार गरेको केन्द्रका निमित्त प्रमुख सन्तोषचन्द्र अधिकारीले लोकान्तरलाई बताए । उद्धार गरिएकामा १२ देखि १७ वर्षसम्मका ५ बालिका तथा किशोरी र १५ देखि १९ वर्षसम्मका १९ किशोर रहेका छन् ।
प्रहरी टोलीले उनीहरूलाई सडकमा लागू औषध प्रयोग तथा सडकमै अनैतिक रूपमा यौन क्रियाकलाप गर्दै गरेको अवस्थामा फेला पारी उद्धार गरिएको अधिकारीले बताए ।
‘हामीले ती क्षेत्रमा बालबालिकाहरू लागू औषधको प्रयोग गरिरहेको र सामूहिक रूपमा सडकमै यौन क्रियाकलाप गरिरहेको अवस्थामा फेला पारेर उद्धार गरेका छौं,’ अधिकारीले लोकान्तरसँग भने, ‘उनीहरूलाई अहिले सुधार केन्द्रमा राखिएको छ ।’
लागू औषध र दुर्व्यसनीमा लागेका सडक बालबालिका प्रहरीको डरले दिनभरी लुकेर बस्ने र रातको समयमा सडकमा लागू औषध प्रयोग तथा यौन क्रियाकलापमा समेत सरिक हुने गरेको पाइएको अधिकारीले बताए ।
बालबालिकाहरू रातको समयमा सडकमा देखिन थालेपछि बालबालिका खोजतलास तथा समन्वय केन्द्रले बेलुका ७ बजेदेखि बिहान ३ बजेसम्म बालबालिका रहने सम्भावित क्षेत्रहरूमा अनुगमन तथा उद्धार थालेको जनाएको छ ।
केन्द्रले सातामा एकपटक रातको समयमा सडकमा हुने बालबालिकाको उद्धार कार्यलाई तीव्रता दिएको अधिकारीले बताए ।
‘जाडो मौसम शुरू हुँदैछ, सडक बालबालिकाहरू रातको समयमा चिसोमा कठ्यांग्रिएर बस्नु नपरोस् भनेर हामीले रातको समयमा पनि सडकमा हुने बालबालिकको उद्धार थालेका छौं,’ अधिकारीले लोकान्तरसँग भने, ‘राति सडकमा भेटिएका बालबालिका ड्रग्स तथा नसालु पदार्थ खाएर बसेका र यौन क्रियाकलापमा समेत सरिक भइरहेका पायौं ।’
सडक बालकालिकाको प्रयोग लागूऔषध तस्करीमा समेत प्रयोग हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
प्रहरीको अध्ययनअनुसार १४ देखि १६ वर्ष उमेरका सडक बालबालिकाहरु लागूऔषधको तस्करी गर्ने कार्यमा प्रयोग भइरहेका छन् । ‘लागूऔषध प्रयोग गर्ने सडक बालबालिकालाई तस्करको गिरोहले तस्करीमा समेत प्रयोग गर्ने गरेको देखिएको छ,’ प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोका एक अधिकारी भन्छन्, ‘सानो–सानो परिमाणमा लागू औषधको तस्करी गर्न सडक बालबालिकाको प्रयोग हुन्छ ।’
खास गरेर विद्यालय तहमा अध्ययन गर्ने किशोर–किशोरीहरूसमक्ष लागूऔषध पुर्याउन सडक बालबालिकाको प्रयोग हुने गरेको प्रहरी अध्ययनले देखाएको छ ।
‘अहिले स्कूल र कलेजमा पढ्ने धेरै विद्यार्थीमा लागू औषधको दुर्व्यसनी देखिएको छ,’ लागूऔषध नियन्त्रण ब्यूरोका अधिकारी भन्छन्, ‘यस्ता विद्यार्थीसम्म लागूऔषध पुर्याउने माध्यमका रूपमा सडक बालबालिका प्रयोग भइरहेका छन् ।’
सडक बालबालिकाको उद्धार चुनौतीपूर्ण
सडक बालबालिकाहरू घरपरिवार छाडेका वा अभिभावक नभएका हुन्छन् । उनीहरूले परिवारको माया÷ममता र संस्कार पाएका हुँदैनन् । उनीहरूलाई कस्तो बोल्ने, कस्तो व्यवहार गर्ने, के खाने के, नखाने र के गर्ने के नगर्ने भन्ने कुनै मतलब हुँदैन ।
त्यसकारण पनि सडक बालबालिका लागूऔषध र दुर्व्यसनीमा फसेका हुन्छन् । उनीहरूलाई उद्धार गर्न केन्द्रका प्रहरी टोलीलाई चुनौतीपूर्ण हुने अधिकारी बताउँछन् ।
‘सडकमा हामीले फेला पारेका बालबालिकामा मानवीय व्यवहार हुँदैन । लाज, डर केही मान्दैनन्, उनीहरूलाई उद्धार गर्न किनै चुनौतीपूर्ण छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘हामीलाई नै आक्रमण गर्न आइलाग्ने समेत हुन्छन् । हामीले सडकमा भेटेका बालबालिकाहरूलाई डेढ घण्टासम्म परामर्श दिएर समेत उद्धार गरेका छौं ।’
बालबालिका खोजतसाल तथा समन्वय केन्द्रले हराएका, यौन हिंसा तथा बेचबिखनमा परेका र बालश्रम तथा अन्य जोखिममा रहेका बालबालिकाको उद्धार गर्दै आएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...