असार २५, २०७७
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
काठमाडौं – घुम्नका लागि मानिसहरू सुन्दर ठाउँ जान मन गर्छन् । अनि रोमाञ्चप्रेमीहरू खतरनाक ठाउँमा घुम्न मन पराउँछन् । संसारमा सुन्दर अनि खतरनाक ठाउँहरू छन् । यहाँ हामी त्यस्ता ठाउँका बारेमा बताउँदैछौं ।
रोयल पाथ, स्पेन
संसारको सबभन्दा खतरनाक ठाउँमध्ये एक स्पेनको यो रोयल पाथ हेर्नका लागि मानिसहरू टाढाटाढाबाट आउँछन् । यो खतरनाक बाटो ३०० देखि ९०० फीटको उचाइमा छ र यसको लम्बाइ १.८ मिटर अनि चौडाइ तीन फीट छ । रोमाञ्चका कारण पर्यटकहरूमाझ यो ठाउँ प्रसिद्ध छ ।
स्नेक आइल्यान्ड, ब्राजिल
ब्राजिलको इलहा डी क्विमाडा ग्रान्डलाई स्नेक आइल्यान्ड भनी चिनिन्छ । यहाँ अनेकथरीका साँप पाइन्छन् । त्यहाँको हरेक वर्गमिटरमा पाँच सर्प छन् । तैपनि पर्यटकहरू खतरा उठाएर त्यहाँ पुग्छन् ।
हुयना पिचु
पेरुको यो प्राचीन शहरको दृश्य पर्वतको शिखरबाट देखिन्छ । पर्वत शिखर पुग्नका लागि अप्ठ्यारो बाटो भएर जानुपर्छ जसले पर्यटकलाई रोमाञ्च दिन्छ ।
साइप्रस क्रीक
गाडी चलाउने शोख छ भने साइप्रस क्रीकमा रहेको जेकब्स वेल तपाईंका लागि उत्तम गन्तव्य हो । यो संसारकै खतरनाक इनार हो । यसको मुख लगभग चार मिटर चौडा र गहिराइ १० मिटर छ । त्यसमा तैरिनेहरूले पानीभित्र ४० मिटरसम्म गुफाहरू देख्न पाउँछन् ।
माउन्ट मेरापी ज्वालामुखी, इन्डोनेसिया
इन्डोनेसियाको ज्वालामुखीमा विस्फोटविना नै धूवाँ निस्किरहन्छ । सन् १५४८ देखि यो ज्वालामुखी लगातार सक्रिय छ । यसबाट निस्कने धूवाँ आकाशमा दुई मिल माथिसम्म देखिन्छ । यसको नजिकको क्षेत्रमा लगभग दुई लाख मानिस बस्छन् ।
एजेन्सी
विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...
इरानमा अचम्मको घटना भएको छ । माछाको वर्षा भएको हो । इरानका सडकमा आकाशबाट माछाको वर्षा भइरहेको भिडियोमा देख्न सकिन्छ । इरानका सडक माछामय भएका छन् । ती माछा जिउँदै जमिनसम्म आइपुगेका छन् । ती चल्मल...
काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...
चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...
गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ । झुलबाहिर बस्दा वा लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम । ...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...