चैत २५, २०७९
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
कात्तिक २९, २०७५
देशका ६ वटा महानगरपालिकामध्ये एक मात्र महिला प्रमुख रहेको चितवनको भरतपुर महानगपालिका नै हो । ती प्रमुख हुन् रेनु दाहाल । राजनीतिक घरानाकी सदस्य भएकाले उम्मेदवार बन्दादेखि नै रेनु चर्चामा थिइन् । मेयर निर्वाचित भएपछि गरेका कामका कारण रेनुको प्रशंसा भइरहेको छ । सेवाग्राहीको गुनासो सुनिसकेपछि नगरपालिकाले गरेको कामको अनुगमनमा निस्कनुअगाडि मेयर दाहालसँग लोकान्तरका लागि सुशील पन्तले कुराकानी गरेका थिए । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:
मेयर बन्नुअघि चुनावको समयमा के प्रतिबद्धता गर्नुभएको थियो र अहिलेसम्म के काम गर्नुभयो ?
हामी मुलुकको सन्दर्भमा नयाँ परिवेश र परिवर्तनको नयाँ संघारमा प्रवेश गर्दैछौं । संघ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारले अहिले काम गरिरहेका छन् । स्थानीय सरकार जनतासँंग प्रत्यक्ष सरोकार राख्ने तहगत संरचना निकाय पनि हो ।
चितवनको भरतपुर महानगरपालिका देशकै केन्द्रभागमा छ । भौगोलिक हिसाबले र सम्भावनाका हिसाबले पनि असाध्यै प्रचुर छ । खाली जमीन प्रशस्त छ, कृषिको क्षेत्रमा त्यत्तिकै सम्भावना छ । पर्यटनको क्षेत्रमा सम्भावना छ, शिक्षाको क्षेत्रमा शैक्षिक हब र मेडिकल सिटीको रूपमा परिचित छ । पूर्वाधारको हिसाबले पनि खाली जमीनमा हरियाली छ । जे गरौं भनेपनि एउटा काँचो माटोको रूपमा भरतपुर महानगरपालिका छ ।
दुईतिर विशाल नदीहरू छन् । नारायणी नदी एकातिर छ, राप्ती नदी अर्कोतिर छ । राष्ट्रिय निकुञ्ज छ । धार्मिक पर्यटकीय स्थल छ, देवघाटधाम । प्रदेश र देशकै राजधानी बनाउन पुग्ने संरचना छन् यहाँ । यी सबै कुरा हेर्दा यसलाई देशको नमूना सिटी र व्यवस्थित शहरको रूपमा विकास गर्न सकिन्छ, त्यो मैले गर्छु भनेर जनताको बीचमा प्रतिबद्धता जनाएकी थिएँ ।
त्यही प्रतिबद्धताअनुसार मैले झण्डै १५ महिना पूरा गरें । यसबीचमा धेरै काम भएको भरतपुर महानगरमा भएको छ ।
जनतामा आशा जागेको छ र विश्वास बढेको छ । भरतपुर महानगरपालिकाले जनताको भावना, चाहना, अपेक्षा र मागअनुसार काम गरेको छ भन्ने कुराको सन्तुष्टि छ शायद जनतालाई । शतप्रतिशत त म भन्दिनँ । चित्त बुझाउने हुन्छ नि, त्यसखालको सन्तुष्टि जनतालाई पनि छ, विश्वास पनि गरिरहनुभएको छ । पन्ध्र महिनाको अवधिमा सडक पूर्वाधारको क्षेत्रमा धेरै काम भएको छ ।
गाउँमा विकास भन्ने पहिलो आधार सडक नै हो भन्ने छ, त्यसैले प्राथमिकतामा सडक छ । महानगरपालिकाको स्थानीय बजेटबाट मात्र हामीले ९५ किलोमिटर बाटो कालोपत्रे गर्यौं, एक वर्षमा । केन्द्रीय बजेटबाट अलग्गै छँदैछ । रिङ रोड र लिंक रोडका कुरा अनि लामा सडकहरू शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय मार्फत पनि गरिरहेका छौं ।
स्थानीय बजेटको सदुपयोग गरेर सडक पूर्वाधारको क्षेत्रमा बढीभन्दा बढी जनताको भावनाअनुसार काम अगाडि बढाएका छौं । अहिलेसम्म भरतपुर महानगरपालिकाको काम भएन भनेर निराशा बेहोर्नुपरेको छैन ।
जनताको काममा कति समय दिनुभएको छ ?
म त बिहान उठेदेखि राति नसुत्दासम्म जनताको काममै व्यस्त हुन्छु । १० बजे कार्यालय आउनु अगाडिसम्म घरमै भेट्न आउनुभएको हुन्छ । यहाँ कार्यालयमा भेट्न समय कुर्नुपर्ने र घरमा सहज हुने भएकोले त्यहाँ आउनुहुन्छ । १० बजे कार्यालयमा आएर जनताका माग र गुनासो सुन्छु । दिउँसो ३ बजेपछि महानगरपालिकाले गरेका कामको गुणस्तर के कस्तो छ भनेर कर्मचारीसहित फील्ड अनुगमनमा लागि जान्छौं ।
महानगरपालिकाले गरेका कामको गुणस्तरको विषयमा सूक्ष्म ढंगले अनुगमन गरिरहेका छौं । महानगरमा भएका सबै सडकको गुणस्तर एकै किसिमको हुन्छ । शहरी क्षेत्र या ग्रामीण क्षेत्रको सडकको गुणस्तर एउटै हुनुपर्छ भन्ने धारणा अनुसार चेक जाँच गर्न हामी आफैं फील्डमा गइरहेका छौं । व्यवस्थित ढंगले काम भइरहेको छ ।
तपाईं पहिला सांसद भएर मेयर बन्नुभयो । सांसद बनेर काम गर्न सजिलो कि मेयर बनेर ?
सांसदको भूमिका खासै सक्रिय थिएन । पदीय मर्यादा र सम्मानको हिसाबले मेयरभन्दा माथि भएपनि कामको हिसाबले सांसद भनेको निष्क्रिय पद रहेछ । संसद्को बैठकमा गयो, बोल्न मन लागे बोल्यो, बोल्न मन नलागे नबोल्यो, गएपनि भयो नगएपनि भयो, कसैले किन आएन भन्नेपनि छैन त्यहाँनेर ।
यस्तो खालको निष्क्रिय पद, कुनै उत्तरदायित्व नभएको जस्तो आरामदायी पद । तर यो भनेको एकछिन पनि आँखा झिम्काउन नपाइने, जनताको प्रत्यक्ष खबरदारी र निगरानीमा सेवा र जनतालाई सन्तुष्टि बनाउने र जनतालाई विश्वास दिलाउने कि नदिलाउने भन्ने कुराको प्रत्यक्ष हुने हुँदा एकखालको खबरदारी र काम गर्न त कठिन छ ।
जनतासँग प्रत्यक्ष साक्षात्कार हुनुपर्ने, हरेक खालको क्षेत्र र तप्कासँग फेस गर्नुपर्ने, समाधान र नेतृत्व प्रदान गर्नुपर्ने हुँदाखेरी असाध्यै चूनौतीपूर्ण, गाह्रो र संघर्षपूर्ण छ । तर संघर्षपछिको आनन्द हुन्छ नि, जस्तो आमालाई बच्चा जन्माउँदाको पीडा हुन्छ, बच्चा जन्माइसकेपछि कस्तो खुशी हुन्छ । त्यस्तै काम एकदमै चुनौतीपूर्ण छ, खट्नुपर्छ, मरिमेटेर लाग्नुपर्छ । जनताका काममा जुटेकाले आत्मसन्तुष्टि पनि हुन्छ ।
सांसदको तुलनामा कामका हिसाबले यहीँ आनन्द आइरहेको छ ।
चुनावको समयमा एउटा गठबन्धन थियो । अहिले समीकरण बदलिएको छ । काम गर्न केही अप्ठेरो भएको छ कि छैन ?
मलाई कुनै अप्ठेरो भएको छैन, सहज नै छ । हिजो चुनावमा नेपाली कांग्रेस र पूर्व माओवादी केन्द्र गठबन्धन बनाएर चुनावमा गएका थियौं । चुनावमा जीत पनि हासिल भयो । त्यस सँगसँगै मेरा प्रतिस्पर्धी तत्कालीन एमालेका देवी ज्ञवाली र तत्कालीन राप्रपाका बद्री तिमल्सिना हुनुहुन्थ्यो । अहिले हामी तीनैजना एउटै पार्टीमा छौं । मेयरका तीनैजना प्रत्यासी एउटै पार्टीमा छौं ।
म कांग्रेसको पनि उम्मेदवार थिएँ । प्रतिपक्षको कुरा गर्दा रेनु दाहाललाई चुनावमा जिताउनको लागि उहाँहरू मरेर लाग्नुभयो । रेनुप्रति लगानी र योगदान पनि छ । जे जस्तो भएपनि मैले उहाँहरूलाई नजरअन्दाज गरेर गएको भए सहयोग हुन्थेन होला । मैले पनि सबैसँग सहकार्य गरेर सन्तुलित ढंगले सबैको चित्त बुझाएर र सबैसँग समन्वय गरेर काम अगाडि बढाउँदा सबैैको सहयोग पाएको छु र विश्वास पनि पाएको छु ।
अहिलेसम्म काम गर्न मैले कुनै कठिनाइ महसूस गरेको छैन ।
जनप्रतिनिधिहरू जनताको काम छाडेर सुखसयल र विदेश भ्रमणमा हिँडेको गुनासो छ । अन्य महानगरपलिकासँग तुलना गर्दा कामको हिसाबले तपाईंको महानगर कतिऔं स्थानमा होला ?
म जनताको साथमा रहेर जनताको सेवामा काम गरिरहेकी छु । मलाई विदेश भ्रमणमा जाने कुनै रहर छैन । सबभन्दा ठूलो प्राथमिकता र मेरो दायित्व जनताको सेवा गर्नु नै हो भन्ने ठानेकी छु ।
विदेश भ्रमणको अफर आइरहेको हुन्छ । कहिले कर्मचारीलाई, कहिले जनप्रतिनिधिलाई रोटेसनमा आलोपालो गरेर पठाइरहेकी छु । खासखास ठाउँमा जानैपर्ने ठाउँमा मात्र म गइरहेकी छु । अरू खालका विदेश भ्रमण्मा धेरै रुचि छैन ।
मेयर विदेश भ्रमणमा हिँडेर यहाँ काम बिग्रने र लथालिंग हुने स्थिति आयो भने भ्रमण गरेको के मजा भयो त ? म दाबाका साथ भन्छु, अरू महानगर भन्दा म अगाडि छु । म पछाडि छैन ।
के कारणले अरूभन्दा अगाडि ?
मेरो इमान्दारी छ, लगनशीलता छ, जनताप्रतिको उत्तरदायित्व छ । जनतालाई केन्द्रमा राखेर एकदमै प्रतिबद्धता र इमान्दारिताले आफ्नो क्षमताले भ्याएसम्म काम गरिरहेकी छु । ममा भएको क्षमतालाई भरमग्दुर प्रयोग गरिरहेकी छु । काम नगरेको भए दिनभर जनतासँग भेटघाट गर्दिनथें होला । जनताले पनि भेट्न नपाएको गुनासो सुन्न परेको छैन । जतिबेला जहाँ आएपनि म सहज ढंगले उपलब्ध हुन्छु ।
स्मार्ट सिटीको कुरा गरेपनि भरतपुर पनि अन्य शहर जस्तै फोहरी र अव्यवस्थित छ भन्ने स्थानीयको गुनासो सुनियो नि !
भरतपुर महानगरको बजारक्षेत्रमा त्यहाँको बजार व्यवस्थापन, फूटपाथ व्यवस्थापन गरेका छौं । अव्यवस्थित पार्किङलाई व्यक्तिको जग्गा भाडामा लिएर पनि व्यवस्थित गरेका छौं । सडकछेउमा असरल्ल पार्किङ देख्नु हुन्न ।
यातायात जोखिमलाई ध्यानमा राखेर तीन पांग्रे सवारीसाधनलाई राजमार्गमा निषेध गरेका छौं । विशेष बजारको व्यवस्थापनका लागि फूटपाथ हटाउने र पार्किङ व्यवस्थित गर्ने काम गरेका छौं ।
शहरी क्षेत्रको सडक पुल्चोकदेखि गोन्द्राङ सडकलाई ६ लेनको बनाउने काम अगाडि बढेको छ । बजार क्षेत्र पहिलाभन्दा धेरै व्यवस्थित भएको छ । चाडबाडको समयमा कर्मचारी नआएर केही समस्या देखिएको भएपनि सफाइमा कुनै कसर बाँकी राखेका छैनौं ।
समग्रमा शहरी क्षेत्रको व्यवस्थापन र ग्रामीण क्षेत्रमा सडक पूर्वाधारमा ध्यान दिएका छौं ।
महानगरको विकास भन्दा पनि प्रचण्डको चुनाव क्षेत्रलाई मजबूत बनाउन बजेट खनाएको आरोप छ नि !
त्यो त हो नि । उहाँको पनि निर्वाचन क्षेत्र हो, मेरो पनि क्षेत्र हो । हामी दुवैको जोडबल र सक्रियताले काम गरेको छ । उहाँ राष्ट्रिय स्तरको नेता । चितवनको विकासमा उहाँको सहयोग छैन भनेर कसैले अस्वीकार गर्ने कुरा छैन ।
केन्द्रीय बजेट ल्याउन चितवन क्षेत्र नम्बर ३ को सांसदको हैसियतले उहाँको सक्रियता र भूमिका छ । तर यहाँको आवश्यकता र प्राथमिकता के हो के गर्ने हो भन्ने कुरा हामीले बुझेका छौं । सोहीअनुसार मन्त्रालयमा प्रपोजल बनाएर फाइल पठाउने काम गरिरहेका छौं ।
प्रचण्डले आफ्नो क्षेत्रमा मात्र बजेट खनाएर विकास भयो भन्ने पनि आरोप छ नि !
स्थानीय स्रोतसाधनले एक वर्षमा ९५ किमी बाटो त महानगरको बजेटबाट कालोपत्रे गर्यौं । विगत वर्षहरूमा चार किलोमिटर पनि कालोपत्रे भएको थिएन । हिजोका दिनमा हुने गरेका बेथिती र त्यस खालका कामलाई अहिले पूरै नियन्त्रण गरिएको छ – पारदर्शिताको हिसाब र बजेटलाई सदुपयोग गर्ने हिसाबले पनि । कही त्यस्तो दायाँबायाँ भएको छैन । त्यसले गर्दा धेरै काम गर्न सकेका छौं ।
चुनावी सभामा प्रचण्डले रेनु दाहाललाई प्रचण्डकी छोरी भन्दा अन्याय हुन्छ भन्नुभएको थियो । प्रचण्डकी छोरी भएर कि तपाईंको आफ्नै क्षमताले काम गर्नु भएको छ ?
कस्तो भने, जो पनि कसै न कसैका छोराछोरी त हुन्छन् नै । बाआमा सबैका हुन्छन् । हो, मेरो बुवा राष्ट्रिय राजनीतिमा हिजो मुलुकको ठूलो राजनीतिक परिवर्तनको आन्दोलनमा सफल नेतृत्व प्रदान गरेर आउनुभयो । शान्ति प्रक्रियामा पनि त्यस्तै नेतृत्व प्रदान गर्नुभयो ।
गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री र दोस्रोपटक पनि सफल प्रधानमन्त्री हुनुभयो । अहिले पनि चितवन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएको छ । म गर्व गर्छु उहाँको छोरी हुनमा । मेरो लागि अवसर पनि हो यो । तर चुनौती पनि छ ।
मैले गरेका हरेक काम, चाहे सकारात्मक या नकारात्मक जे भएपनि, बुवाको नामबाट ल्याएर जोड्दिने परिपाटी मलाई चित्त बुझ्दैन । नराम्रो काम भएमा खबरदारी गर्न पाइन्छ ।
गएको चुनावमा पनि प्रचण्डले आफ्नो छोरी ल्यायो बाहेक अरू रेनुको बारेमा केही छैन के टीकाटिप्पणी पनि ! रेनुको यस कारणले क्षमता छैन भनेर मलाई प्रहार गरे भयो नि । खालि बुवाको नाम जोडदिने र प्रचण्डले आफ्नो छोरी ल्यायो भन्नेबाहेक मेरो बारेमा चुनावी अवधिमा त्यस्तो कुरा सुन्न आएनन् । अहिले पनि त्यस्तै छ ।
हिजो युद्धकालीन परिवेशमा सारा कुरा छाडेर, पढ्दापढ्दैको युवा अवस्थामा जनयुद्धमा होमिइयो । युवा पनि होइन, बाल्यकाल भनौं अझै । पढाइ छाडेर जनयुद्धमा होमिइयो, क्रान्तिमा होमिइयो ।
रोल्पा जस्तो जिल्लाको पार्टीको सहइन्चार्ज भइयो, काठमाडौंको पार्टीको सचिव भयो, महिला संघ, अनेमसंघ क्रान्तिकारीको महासचिव भइयो, पहिलो संविधानसभामा सदस्य भइयो । सबै काम गर्दा प्रचण्डको छोरी कहाँनेर अयोग्य भई त ? अयोग्य यहाँनेर भनिदिनुपर्यो नि त । भन्नका लागि भनिएका हुन्, त्यसमा पनि केही वास्ता छैन फेरि, किनभने मैले जनताको पक्षमा काम गरेकी छु ।
इमान्दारिताका साथ काम गरेकी छु, बेइमानी गरेको छैन । जनता र राष्ट्रको सेवामा जुटिरहेकी छु । विगतदेखि अहिलेसम्म ठीक गरेकी छु भन्ने कुरामा म ढुक्क छु । आफू ठीक भएपछि यस्ता टीकाटिप्पणीले फरक पर्दैन । भगवान विष्णुको पनि आलोचना हुन्थे भनेपछि हामी सामान्य मानिस हौं । प्रचण्डको नाम जोडेर हुने टिप्पणीलाई काम र व्यवहारले खाइदिने मेरो प्रतिबद्धता छ । बोलीले खण्डन गर्ने भन्दा पनि व्यवहारले जितेपछि मान्छे छर्लंग हुन्छ ।
यही क्षेत्रमा प्रचण्डले चुनाव लड्ने र यहीँ तपाईं मेयरमा चुनाव लड्ने । प्रचण्ड परिवारको राजनीतिक उत्तराधिकारीको रूपमा तपाईंलाई अगाडि सार्न खोजेको भनेर टिप्पणी सुनिन्छ नि !
म मान्दिनँ त्यस्तो कुरालाई । हामी पारिवारिक विरासत भन्दा पनि एउटा आवश्यकताले नेतृत्व लिने हो । काम गर्दै जाँदा, जनता, राष्ट्र र मुलुकको पक्षमा काम गर्दै जाँदा त्यस्तो स्थिति आउँछ र समयले माग गर्यो भने हुने कुरा हो ।
अहिले नै प्रचण्डले अगाडि सारेर म बन्ने भन्ने कुरा हुन्न । कसैले कसैलाई अगाडि सारेर बन्ने कुरा होइन नि त । कसैले भनेर र सोचेर हुने कुरा होइन नि । अहिलेदेखि बुवाले छोरीलाई अगाडि बढाउँछु, भोलिको उत्तराधिकारी हो भन्ने सोचेर मात्र भयो र मैले त्यसअनुसार काम गरिनँ भने ? बुवाले मात्र सोचेर भएन नि । जनताको मन जित्न सकिनँ, समग्र आवश्यकताको क्षमता राखिनँ भने बुवाले चाहेर मात्र पनि त भएन नि ।
मुख्य त जनता र मुलुकको आवश्यकता हो । त्यसअनुसार हामी इमान्दारिता साथ काम गर्दै जाँदा भोलि त्यो आवश्यकता भयो भने जिम्मेवारीबाट पछाडि हट्ने कुरा पनि हुँदैन । परिस्थिति के हुन्छ त्यहीअनुसार अगाडि बढ्ने हो ।
अहिले नै त्यस्तो सोच राखेर अगाडि बढ्ने मानसिकता छैन । काम गर्दै जाँदा खारिएर अगाडि बढ्दा त्यसखालको परिवेश बन्यो, आवश्यकता भयो र त्यो स्थिति आयो भने त्यसबाट पछि हट्ने कुरा त हुँदैन होला । तर अहिले नै म यो बन्छु भनेर सोचेर हुने कुरा होइन । मैले व्यक्तिगत फाइदा र निजी स्वार्थ नसोची काम गर्दै जाने हो । मैले इमान्दारीसाथ काम गरेको छु ।
अन्तिममा, प्रदेश ३ को राजधानीको खोजी भइरहेको समयमा भरतपुरको दाबी छ कि छैन ?
केही समयअघि ३ नम्बर प्रदेशको राजधानी सिफारिश गर्न गठित संसदीय समिति स्थलगत अवलोकनका लागि आएको थियो ।
हामीले चितवन उपयुक्त छ भन्दै आएका छौं । सबै हिसाबले यसको सम्भावना छ । भोलि देशकै वैकल्पिक राजधानीको रूपमा भरतपुर हुन सक्छ । पूर्वाधारको हिसाबले पनि सम्भावना छ । यस ठाउँमा प्रदेशको राजधानी बन्नका लागि प्रचुर सम्भावना छन् । सरकारी कार्यालय राख्नका लागि, भौतिक संरचनाका हिसाबले सबै कुरा छन् । कमी केही छैन ।
चितवन जिल्लालाई प्रदेशको राजधानी बनाउँदा राम्रो हुन्छ । त्यतिबेला पनि सुझाव दिएको हो र अहिले पनि सुझाव दिन चाहन्छु । अहिले चर्चामा रहेका ठाउँ साँघुरा छन् ।
जताततैबाट सडक जोडिने भएकाले प्रदेश ३ को राजधानी चितवन राख्दा उपयुक्त हुन्छ भन्ने मेरो निष्कर्ष छ ।
वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन नजिकिँदै गर्दा चितवनमा राजनीतिक गतिविधि बढेको छ । मंसिर ४ को चुनावमा रास्वपा विजयी भएको चितवन २ मा उपनिर्वाचनका माध्यमबाट आफ्नो राजनीतिक विरासत फर्काउन न...
बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभञ्ज्याङसम्म मध्यपहाडी यात्रा सकेर नेकपा एमालेको नेतृत्व काठमाडौं फर्किएको छ । संसद्को प्रमुख प्रतिपक्षी दल एमालेको नेतृत्वले मध्यपहाडी यात्राका दौरान सरकारको चर्को आलोचना गरेक...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल समाजवादी पार्टी (नेसपा)का एकजना अध्यक्ष महिन्द्र राय यादवलाई पार्टी एकताका लागि पत्र पठाएपछि नेसपामा खैलाबैला उत्पन्न भएको छ ।&nb...
बुटवल विकासका दृष्टिले काठमाडौंपछिका प्रमुख शहरमध्ये एक मानिन्छ । बुटवल धेरै क्षेत्रमा देशलाई नेतृत्वदायी भूमिका खेल्ने शहर पनि हो । २०७९ मा भएको स्थानीय तहको निर्वाचनपछि बुटवल उपमहानगरपालिकामा दोस्रो कार्यकाल...
नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...
प्राध्यापक डा. जयराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण फलदायी नभएको टिप्पणी गरेका छन् । देशको प्राथमिकतालाई पहिचान गर्न नसक्दा प्रधानमन्त्री चुकेको उनको टिप्पणी छ । ‘हा...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...