साउन १९, २०७९
पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए । आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजन...
काठमाडौं – ‘योगदानमा आधारित सामाजिक सुरक्षा’ कार्यक्रम घोषणा गरिरहँदा गत महिना प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– ‘सरकार खोज्न केही समयपछि कलंकी–नागढुंगा सडक खण्डमा जानुहोला ।’
‘सरकार कहाँ छ ?’ भन्नेहरूप्रति लक्षित थियो प्रधानमन्त्रीको उक्त अभिव्यक्ति ।
प्रधानमन्त्री ओलीले सरकार खोज्न कलंकी–नागढुंगा जानुहोला भनेको करीब एक महिनापछि उक्त स्थानमा पुग्दा सरकार भेटिनु त परको कुरा सरकारको छायासम्म पनि देखिएन ।
सडक धूलोले ढाकिएको थियो । सवारी साधनहरू दिउँसै इमर्जेन्सी लाइट बालेर गुडिरहेका थिए ।
सडक आसपासका बासिन्दा र पैदल यात्रीले पाएको सास्तीको त कुनै लेखाजोखा नै छैन ।
धूलोधूवाँका कारण दिनहुँजस्तो आफ्ना बालबच्चा बिरामी पर्ने गरेको नैकापमा पसल सञ्चालन गर्दै आएका श्याम लम्सालले बताए ।
‘धूलोले बच्चाहरू बिरामी भइराख्छन् । रुवाखोकीले सताइरहन्छ । बाटो कहिले बन्ला र खै !’ लोकान्तरसँग उनले निराशा व्यक्त गरे ।
सडक विस्तारका लागि भन्दै महिनौंअघि खनिएका खाल्डाखुल्डीका कारण दिनहुँजसो दुर्घटना पर्ने गरेको उनले सुनाए ।
कलंकीदेखि केही परसम्म, बीचमा अलिकति र नागढुंगा क्षेत्रमा थोरै सडक पीच भए पनि अधिकांश भाग दयनीय अवस्थामा छ ।
यो राजधानी प्रवेश गर्ने मुख्य सडक हो । यो सडक भएर यात्रा गर्ने यात्रुहरूले कहिलेसम्म यस्तो सास्ती बेहोर्नुपर्ने हो, निधो छैन ।
नागरिकहरू कलंकी–नागढुंगा खण्डमा सरकार खोजिरहेका छन्, तर भेटिने कुनै छाँटकाँट छैन ।
हेर्नुहोस्, फोटो भिडयो :
पाँच वर्ष अघिसम्म ड्रागन फल आमनेपालीका लागि नौलो थियो । विदेश घुमेका र शहरमा बस्ने उच्च वर्गले मात्र यो फलको बारेमा जानकारी पाएका थिए । आमजनतालाई यो फलबारे न जानकारी थियो, न किन्ने पहुँच । जब एकजन...
धरानको निशाने खोलामा पुग्दा तराईको प्रचण्ड गर्मीमा कोही हातले पसिना पुछ्दै गिट्टी कुट्दै थिए भने कोही बालुवा ओसार्न व्यस्त थिए । कोही बल गरी गरी खोलाको बगर खनिरहेका थिए । स्थानीयले यसरी दुःख गरेको महिनौं द...
धरान घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३० वर्षीय राजेश गुरागाईं बिहान ६ बजे फोहर संकलनका लागि निस्कन्छन् । विगत ३ वर्षदेखि उनको दिनचर्या यसरी नै चलिरहेको छ । बिहान ६ बजे मध्यपुरथि...
रूपन्देहीको देवदहकी सरू अधिकारीको बुटवलमा १४६ सदस्यीय परिवार छ । अविवाहित सरू वृद्धवृद्धादेखि साना बालबालिकाकी अभिभावक/अभियान्ता हुन् । मानव सेवा आश्रम लुम्बिनी प्रदेश संयोजक अधिकारी सडकबाट उद्धार गरेर आश्...
भक्तपुरको चाँगुनारायण नगरपालिका– ५ की १८ वर्षीय निशा निगल घाइते अवस्थामा भक्तपुरको इवामुरा अस्पतालमा उपचाररत छिन् । उनको खुट्टा फ्याक्चर भएर प्लास्टर गरिएको छ भने हातमा लतपतिएको रगत देख्न सकिन्छ । सुकि...
जनयुद्धकी छापामार (लडाकु) दिलकुमारी रोकामगर विश्वका ग्रामीण क्षेत्रमा काम गर्ने १० महिलामध्येकी एक हुन् । हतियार बिसाएर कृषि कर्ममा होमिएकी रोकामगरलाई च्याउ खेतीले अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ । सिद्धार्थ र...
नेपालको आर्थिक विकासमा सार्वजनिक, निजी र सहकारी ३ खम्बे नीतिलाई अवलम्बन गरिएको छ । संविधानमा समाजवादको परिकल्पनासहित सार्वजनिक, निजी र सहकारी क्षेत्रको प्रवर्द्धन गरी तीब्र दीगो आर्थिक विकासको मार्गनिर्देशन भएको ...
थुक्क कुकुर्नी भनेर कडा स्वभावका आमाहरूले आफ्ना छोरीलाई गाली गर्दा 'त्यसो नभन्नु न यार' भनेर मैले धेरैपटक खिन्नता प्रकट गरेको छु । तर, मलाई पनि आमाले यदाकदा कुकुर भनेर सम्बोधन गर्नुभएको छ । धन्न पण्डित ...
राजनीति एउटा त्यस्तो विशेष नीति, दर्शन वा मार्गचित्र हो जसका माध्यमबाट नागरिक जीवनलाई सुखद्, सहज र प्रतिष्ठापूर्ण बनाउन सकिन्छ । यो कठोर साधना पनि हो । राजनीतिले सार्वजनिक जीवनलाई सदैव उच्च महत्त्व दिन्छ र आफ्नो घो...