×

NIC ASIA

संस्कृत शिक्षा

साँघुरिँदै संस्कृत भाषाको संसार तर संस्कृत पढेका 'कोही छैनन् बेरोजगार' !

फागुन १८, २०७५

Prabhu Bank
NTC
Premier Steels

काठमाडौं – केही ढोका खुला, केही ढोका बन्द । सबै कोठामा संस्कृतका लामा–लामा श्लोक गुञ्जिँदै । शिक्षकले पहिला उच्चारण गरेका श्लोक विद्यार्थीले उच्चारण गर्दा मनमोहक ध्वनी प्रवाह हुँदै थियो ।

Muktinath Bank

सुन्दर नेपाली पोशाक दौरा सुरुवाल लगाएका विद्यार्थी जुत्ता चप्पल फुकालेर कक्षाभित्र पलेंटी कसेर लहरै मिलेर बसेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्य विद्यालयको तुलनामा गुरू र चेलाको सम्बन्ध अलिक गहिरो र सुमधुर देख्न सकिन्थ्यो । चेलाहरूले शिक्षकलाई अतिआदर गर्ने संस्कारको अभ्यास विद्यालयमा थियो ।


Advertisment
Nabil box
Kumari

काठमाडौंको पशुपति क्षेत्र हिन्दूको पवित्र भूमि हो । अंग्रेजी भाषाको आँधीको बीचमा पशुपतिको काखमा नेपाल वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय रहेको छ । १ सय ८२ जना विद्यार्थी, १४ जना शिक्षक, ९ जना कर्मचारी रहेको विद्यालयमा ७५ जना विद्यार्थी छात्राबासमा बसेर अध्ययन गर्छन् । छात्राबासमा बस्ने विद्यार्थीलाई आवासीय र खानाको शुल्क नलाग्ने व्यवस्था विद्यालयले गरेको छ । छात्राहरू भने विद्यालयमा पढ्न आउँदैनन् ।

Vianet communication

पछिल्ला केही वर्षदेखि नेपाली भाषा अंग्रेजीकरण भइरहेको छ । संस्कृति भाषाको संसार साँघुरिँदै गएको छ । काठमाडौं त झन् धेरै अंग्रेजीकरण भइरहेको छ । सामान्य दिनचर्या र कामकाजमा आम प्रयोग भइरहेपनि नेपाली भाषाको प्रयोगमा अंग्रेजी मिसिँदै गइरहेको छ भने नेपाली भाषाको मूल स्रोतभाषा संस्कृत त करीब संरक्षण गर्नुपर्ने अवस्थामा पुगिसकेको छ ।

वेद विद्याश्रम विद्यालयमा मुख्यतः संस्कृत भाषाको अध्यापन गरिन्छ । ४ देखि ६ कक्षासम्म ५ सय पूर्णाङ्कको संस्कृति र ३ सय पूर्णाङ्कको अन्य विषय र ७ देखि १० कक्षासम्म संस्कृति र अन्य विषय ४–४ सय पूर्णाङ्कको पढाइ हुन्छ । ७ कक्षादेखि ८ सय पूर्णाङ्कका विषयमध्ये ४ सय पूर्णाङ्कको संस्कृत सम्बन्धी र ४ सय पूर्णाङ्कको नेपाली, गणित, सामाजिक र अंग्रेजी विषय पढाइ गरिन्छ ।

संस्कृत शिक्षामा वेद, कर्मकाण्ड, ज्योतिष र संस्कृत भाषा लगायत विषय पर्छन् । विद्यालयमा विद्यार्थीले माथिल्लो कक्षा पढ्न प्रथम श्रेणी ल्याउनुपर्ने व्यवस्था विद्यालयले गरेको छ ।

विद्यालयले कक्षा ९ देखि ज्योतिष र कक्षा ४ देखि ८ सम्म गीताको अध्यापन गराउने गरेको छ । ४–५ वर्षदेखि विद्यालयले कक्षा ११ र १२ सञ्चालनको स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा आग्रह गरिरहेको भएपनि कार्यान्वयन नभएको प्रधानाध्यापक केशव अधिकारीले बताए । 

देशैभरबाट विद्यार्थी आफ्नै रुचिले पढ्न आउने हुँदा विद्यालयलाई विद्यार्थी खोज्ने समस्या छैन । पारिवारिक, सामाजिक र संस्थागत परम्परामा संस्कृत भाषाको महत्त्व अझै घटेको छैन । विद्यालयमा पढेका विद्यार्थी नेपाली सेना, विश्वविद्यालयमा प्राध्यापन र पण्डित पेशामा जाने गरेको प्रधानाध्यापक अधिकारी बताउँछन् । हालसम्म विद्यालयमा अध्ययन गरेका विद्यार्थी सामान्यतया बेरोजगार नभएको उनको दाबी छ ।

पशुपति क्षेत्र विकास कोषको मुख्य अनुदानमा विद्यालय सञ्चालन हुँदै आएको छ । नेपाल सरकारले अनुदान स्वरुप केही रकम दिने गरेको छ । विद्यालयका धेरै भौतिक संरचना पुराना भएकाले विद्यालयले मर्मतसम्भार प्रक्रिया अगाडि बढाइएको छ । 

शिक्षक, भौतिक पूर्वाधार र पाठ्यक्रमको व्यवस्था राज्यले गरिदिएमा संस्कृत भाषाको विकासमा टेवा पुग्ने प्रधानाध्यापक अधिकारीले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x