×

NMB BANK
NIC ASIA

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र, समयअगावै सम्पन्न हुने

चैत ३, २०७५

NTC
Premier Steels

पोखरा- पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ ।

Muktinath Bank

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस विमानस्थलको निर्माण शुरू भएको करीब डेढ वर्षमा ३० प्रतिशतभन्दा धेरै काम भएको विमानस्थल निर्माण आयोजनाले जानकारी दिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तोकिएको अवधिभन्दा पहिले नै निर्माण सम्पन्न गर्ने गरी कामले गति लिएको आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिए । सरकारकाले विमानस्थल उद्घाटन गरेदेखि नै तोकिएको अवधिभन्दा ६ महिना अगाडि नै तयार गर्न निर्माण कम्पनीलाई आग्रह गर्दै आएको छ ।


Advertisment
Nabil box
Kumari

Vianet communication

सरकारको आग्रहअनुसार नै विमानस्थल ६ महिनाअघि तयार गर्ने गरी द्रुत रूपमा काम अगाडि बढाइएको आयोजना प्रमुख मुनकर्मीले बताए । ‘सरकारकै अपेक्षा गरेअनुसार ६ महिनाअघि नै निर्माण सम्पन्न गर्ने गरी निर्माणको काम भइरहेको छ,’ उनले भने, ‘यसका लागि सहज वातावरण तयार भएको छ ।’ प्रमुख मुनकर्मीका अनुसार विमानस्थललाई तोकिएको समयभन्दा छिटो सम्पन्न गर्न ठेकेदार कम्पनी पनि तयार भएको छ । ‘निर्माणमा कुनै अवरोध र सामाग्री अभाव नभए तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनी तयार भएको छ,’ उनले भने, ‘अहिलेसम्म हामीलाई कुनै अभाव र समस्या छैन । अब पनि त्यो अवस्था आउँदैन ।’

विमानस्थल निर्माण आयोजनाका अनुसार अहिले विमानस्थलको रनवेमा अन्तिम लेयर ढलान गर्ने काम धमाधम चलिरहेको छ । तीन तहको ढलान गर्नुपर्ने र तेस्रो चरणको ढलान पनि अन्तिम चरणमा पुगेको इन्जिनियर कृष्ण पौडेलले जानकारी दिए । उनका अनुसार अहिले साइड सम्याउने काम पनि त्यही ढंगले चलिरहेको छ । एप्रोन (विमान पार्किङ्ग गर्ने स्थान) निर्माणको काम सकिएको छ । विमानस्थलका रनवेको लेयर ढलान, रनवे, ट्याक्सी वे र नाला निर्माणलगायतका कामहरू यही चैत महिनाभित्र सम्पन्न हुनेछन् ।

विमानस्थलको भौतिक संरचना निर्माणको क्रममा टर्मिनल भवनको फाउन्डेसनको काम सकिएर जग उठाउने प्रक्रिया शुरू भएको छ । विमानस्थलमा क्षेत्रमा यतिबेला पहिलो चरणअन्तर्गतको विमानस्थलले ओगट्ने भू-भाग सम्याएर रनवे, ट्याक्सी वे, नाला निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

विमानस्थलमा हाल यात्रु कक्ष र कार्यालय प्रयोजनका लागि आवश्यक मुख्य भवनको फाउन्डेसनको कामसमेत तीव्र गतिमा अगाडि बढेको प्रमुख मनकर्मीले बताए । ‘विमानस्थलको भौतिक पूर्वाधारको काम तीव्र गतिमा अगाडि बढेको छ,' उनले भने, 'विमानस्थलको एप्रोन (विमान पार्किङ्ग गर्ने स्थान)को काम सकिएको छ। सम्याउने काम, ट्याक्सी वे, नाला बनाउने लगायतका काम अन्तिम चरणमा पुगिसकेको छ।’
रनवे, टर्मिनल बिल्डिङ, हेंगर बिल्डिङ, कार्गो, एटिसीलगायत अन्य सहायक गरी विभिन्न १४ भवन निर्माण कार्य भइरहेकोछ । ति मध्ये ४।५ वटा भवनको निर्माण समेत सम्पन्न भएको छ। हेंगरको ढलान कार्य सकिएर स्टिल स्ट्रक्चरको काम समेत सकिइसककेको उनले जानकारी दिए । 
आयोजना प्रमुख मुनकर्मीका अनुसार अहिले निर्माण कार्यमा दैनिक ४ सय ५० जना कामदार खटीएका छन् । हाल सम्म विमानस्थल आयोजनाले साढे तीन अर्ब रुपैयाँ भुक्तानी दिइसकेको उनले जानकारी दिए । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x