कात्तिक १९, २०८०
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
बैशाख ११, २०७६
पोखरा – तत्कालीन राजा ज्ञानेन्द्रको निरंकुशताविरुद्ध नागरिक समाज र ७ दलले जनआन्दोलन घोषणा गरेपछि देशभर प्रदर्शन भयो । जनआन्दोलन चर्काउने शहरमा पोखरा पनि थियो ।
राजनीतिक दलको घोषणापछि आन्दोलन चर्किएको माओवादीका नेता तथा तत्कालीन जनआन्दोलनका अगुवा विश्वप्रकाश लामिछानेले बताउँछन् । ‘७ दलबीच सहमति भएपछि आन्दोलनको आह्वान हुँदा जनता सडकमा उत्रिएका हुन्,’ उनी भन्छन् ।
दलहरूको अगुवाइमा पोखराका चोकचोकबाट र्याली लिकालिँदै गए । आन्दोलनले क्रमिकरुमा उग्ररुप लिन थाल्यो । तोडफोड र ध्वंशसँगै प्रहरीले जनतामाथि अश्रुग्यास, लाठी र गोली बर्साउन थाल्यो । प्रहरी दमनबाट सयौं पोखरेली घाइते भए ।
चैत २६ गते पोखरामा प्रहरी दमन झनै बढ्यो । पोखराका अस्पतालमा घाइतेले भरिए । बिहान पीएन क्याम्पसदेखि राजनीतिक दल र विद्यार्थीको र्याली महेन्द्रपुलतिर आउँदै थियो । महेन्द्रपुल चोकमा चारैतिरबाट आन्दोलनकारी भेला हुँदै थिए । नेपाल टेलिकम कार्यालय भवनको छतमा रहेका सेनाको टोलीले महेन्द्रपुल चोकबाट आन्दोलनकारीलाई अगाडि बढ्न दिएन । एकाएक भीड आक्रोशित भयो । आन्दोलनकारीले टेलिकमको भवनतिर ढुंगा प्रहार गरे । टेलिकमका सीसा फुटे, उताबाट सेनाले गोली चलायो ।
आन्दोलनमा मिसिने तयारीमा रहेका १ जना आन्दोलनकारीलाई गोली लाग्यो । भीड तिरवितर भयो । सेनाको गोली लागेर भीमसेन दाहाल भुइँमा ढले । उनको घटनास्थलमै ज्यान गयो । २०६२ चैत २६ गते भीमसेन दोस्रो जनआन्दोलनको पहिलो शहीद बने । दोस्रो जनआन्दोलनमा ज्यान गुमाउने पहिलो व्यक्ति भीमसेन दाहाल काभ्रेबाट व्यवसाय सञ्चालन गर्न पोखरा आएका थिए । दाहालले सभागृहचोक होटल आनन्दको भवनमा साइबर व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
भीमसेनलाई गोली हानी हत्या गरिएपछि भोलिपल्ट चैत्र २७ गते पोखराका चोकचोकबाट हजारौंको सहभागितामा र्याली निस्कियो । दाहालको हत्याले आक्रोशित बनेका आन्दोलनकारी र प्रहरीबीच पोखराका आधा दर्जन ठाउँमा झडप भयो । प्रहरीले सभागृह चोक र तालचोकमा अश्रुग्यास र गोली नै चलायो । पार्वती पौडेल, मेघराज आचार्य लगायत दर्जनौं घाइते भए । केहीको खुट्टामा त कोहीको छातीमा गोली लाग्यो ।
कसरी गोलीको निशानामा परे मेघराज ?
भीमसेन दाहालको मृत्यु भएपछि पोखरेलीको आक्रोश बढ्दो थियो । भोलिपल्ट सरकारलाई ठूलै झड्का दिने गरी योजना बनाएका थिए उनीहरूले । लेखनाथको मुख्यचोक तालचोकमा त्यसक्षेत्रका आन्दोलनकारी भेला भइरहेका थिए । त्यहाँ प्रशासनिक कार्यालय रहेका कारण आन्दोलनकारीबाट तोडफोड हुने सूचनाका आधारमा सुरक्षा सतर्कता बढाइएको थियो ।
आक्रामक देखिएका आन्दोलनकारीले कार्यालयमा तोडफोडको प्रयास गरिरहेका थिए । त्यो भीडको अग्रभागमा थिए मेघराज आचार्य । उनले प्रहरी र आन्दोलनकारीबीच समन्वयनको भूमिका खेलिरहेका थिए । त्यसदिन पनि उनले प्रहरीसमक्ष आन्दोलनकारीलाई शान्तिपूर्ण कार्यक्रम गर्न दिन आग्रह गर्दै थिए । उनले प्रहरीसँग भलाकुसारी गरिरहेकै बेला प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्यो । तर पनि भीड तितरवितर नभएपछि प्रहरीले गोली नै प्रहार गर्यो ।
अश्रुग्यासको पीडाले रन्थनिएका मेघराजको छातीमा गोली लाग्यो । केही समय उनलाई गोली लागेको थाहै भएन । तर एकैछिनमा मेघराजले आफूलाई रगतले लत्पतिएको पाए । उनलाई बेहोस हुनु अघिसम्मको पीडा याद छ । करीब ८ घण्टा उनी सडक छेउमै बेवारिसे अवस्थामा ढलिरहे छन् । पछि स्थानीय र मानवअधिकारकर्मीले उनलाई त्यहाँबाट उठाएर अस्पताल पुर्याए ।
सुरक्षाकर्मीको गोली प्रहार र आन्दोलनकारीले कुल्चिएकाले मेरो मेरुदण्ड नै भाँचियो,’ मेघराज भन्छन् । छातीमा लागेको गोलीले मुटुमा समस्या निम्याएको छ ।’ डाक्टरले ३ वर्षअघि नै ज्यान जोखिममा रहेको बताइसकेका छन् ।’
घटनापछि मेघराज झण्डै ४ वर्ष अस्पतालमा बसे । तर उनको स्वास्थ्य अझै पनि ठीक छैन । छातीको शल्यक्रियाको लागि डाक्टरले उनलाई भारतमा रिफर गरिसकेका छन् । तर आर्थिक संकटले उनको शल्यक्रिया हुन सकेको छैन । यसअघि आफ्नो उपचारमा ६० लाखभन्दा बढी खर्च भइसकेको उनको दाबी छ ।
‘नेपालमा मेरो छातीको अप्रेसन हुन नसक्ने चिकित्सकले बताएका छन् । उपचारको लागि भारत जानुपर्ने अवस्था छ । भारतमा अप्रेसन गर्दा करीब २० लाख रुपैयाँ खर्च लाग्छ । मसँग त्यतिको रकम छैन । सहयोगको याचना गर्दै विभिन्न सरकारका पालामा मन्त्रालय धाएँ । झुलाउने काम मात्र भयो, सहयोग पाइएन,’ मेघराज भन्छन्, ‘उपचारको नाममा पोखराको मूल्यवान जग्गा समेत कौडीको मूल्यमा बेचिसके । राज्यले निराशाबाहेक केही दिएन ।’
जनआन्दोलन २०६२/०६३ का कमाण्डर एवं शहीद घाइते तथा अपाङ्ग परिवार सरोकार नागरिक समन्वय समिति महासंघ नेपालका केन्द्रीय अध्यक्ष समेत रहेका आचार्यले आन्दोलनको बलमा स्थापित भएको गणतन्त्रमा नेताहरूले जनचाहना र जनभावना विपरीत कार्य गरेको आरोप लगाए । ‘मुलुकको समृद्धिको लागि हामीले छातीमा गोली थाप्यौं । कयौंले शहादत प्राप्त गरे । कयौं जीवन र मृत्युको दोसाँधमा छन् । कयौं घाइते र अपाङ्ग छन् तर उनीहरूलाई राज्यले हेर्दैन,’ उनले भने, ‘नेताहरूको कार्यशैलीले जनआन्दोलनप्रति पश्चाताप लागिरहेको छ ।’
आन्दोलनकै कारण लोकतान्त्रिक गणतन्त्र स्थापना भयो तर दलहरूले आन्दोलनका घाइतेको उचित उपचार र व्यवस्थापनमा चासो नदिँदा आफूलाई अचम्म लागेको उनी बताउँछन् ।
दलप्रति घाइते ढाकारामको आक्रोश
जनआन्दोलनका अर्का घाइते हुन् ढाकाराम पौडेलले । झट्ट हेर्दा उनी तन्दुरुस्त देखिन्छन् । अनुहारमा चमक छ । तर बाहिरबाट हेरेजस्तो छैन उनको शारीरिक अवस्था । आन्दोलनमा प्रहरीले बजारेको लाठी र अश्रुग्यासले घाइते बनेका पौडेल औषधिकै भरमा बाँचिरहेका छन् ।
शारीरिक पीडासँगै औषधिकै भरमा जीवन व्यतित गर्दै छन् पौडेल । अहिले उनी राजनैतिक पार्टी र नेताप्रति सन्तुष्ट छैनन् । आन्दोलनको आडमा गणतन्त्र र संघीयता आएपनि दलहरू जनआन्दोलनको मर्म र भावना अनुसार नचल्दा मन दुख्ने र पुरानो घाउँ बल्झिने गरेको उनको गुनासो छ ।
‘नेताहरूलाई सत्तामा पुर्याउन लाठी र गोली खाएका होइनौं,’ उनले भने, ‘मुलुकमा व्यवस्था परिवर्तन भयो, संविधान बन्यो तर पनि दलहरूले जनताको भावना र चाहना बुझ्न सकेनन् ।’
जनआन्दोलन शहीद परिवार तथा घाइते समन्वय समिति कास्कीका पूर्वअध्यक्ष समेत रहेका पौडेलले राज्यको बेवास्ताका कारण घाइते तथा अपाङ्ग परिवारबाटै अपहेलित हुन थालेको बताए । ‘घाइतेको पीडाका कारण परिवारमा नै वैमनश्यता आउन थालेको छ,’ उनले भने, ‘परिवारले कसको लागि र केको लागि आन्दोलनमा गएको भन्दै उल्टै हप्काउन थालेका छन् । परिवारमा घाइतेले यो पीडा भयो भनेर भन्न नहुने अवस्था छ ।’
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...