×

NMB BANK
NIC ASIA

अग्रलेख

चौथो वर्षमा लोकान्तर : तीन वर्षमा के गर्‍यौं, अब के गर्छौं ?

बैशाख २४, २०७६

NTC
Premier Steels

आदरणीय पाठकहरू, लोकान्तर डट्कमले स्थापनाको तीन वर्ष पूरा गरेको छ र आजैबाट हामी चौथो वर्षमा प्रवेश गरेका छौं । यस अवसरमा हामी सबैभन्दा पहिले हाम्रा आमपाठक र दर्शकप्रति आभार प्रकट गर्न चाहन्छौं ।

Muktinath Bank

लोकान्तर डट्कम नियमित हेर्ने र पढ्ने सम्पूर्ण पाठक हाम्रो प्रेरणाका प्रमुख स्रोत हुन् । विज्ञापनदाता, शुभेच्छुक र शुभचिन्तकप्रति पनि हामी आभारी छौं ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फेरि पनि भन्नै पर्छ, समाचारमा विश्वसनीयता नेपालमा ठूलो समस्याका रूपमा देखापरेको छ । कुन समाचार सही या कुन गलत भन्ने विषयमा पाठक भ्रममा पर्ने डरलाग्दो अवस्था छ । यस गम्भीर पक्षलाई ध्यानमा राख्दै हामीले समाचारमा विश्वसनीयता, यथार्थपरकता र सन्तुलनलाई मूलमन्त्र बनाइरहेका छौं र यसमा अडिग रहनेछौं ।  लोकान्तर डट्कमका सामग्रीमा विश्वसनीयता हुने भएकै कारण पाठकले हामीलाई विश्वास गर्नुभएको हो । पाठकको त्यो विश्वासलाई हामी सधैं उच्च महत्त्व दिनेछौं र समाचारमा विश्वसनीयता कामय गर्न हरसम्भव प्रयास गर्नेछौं ।


Advertisment
Nabil box
Kumari

अघिल्लो वर्ष हामीले आफ्नै स्टुडियोबाट भिडियो अन्तर्वार्ता शुरू गर्‍यौं । यो वर्ष हामी खोजमूलक समाचारमा बढी केन्द्रित भएका छौं । सूचनाको हक सम्बन्धी कानूनको सुविधाले खोजमूलक समाचार संकलन गर्न हामीलाई ठूलो सहयोग गरिरहेको छ । हाम्रो आफ्नै मेहनत, प्रयास र सूचनाको हकसम्बन्धी कानूनको सहारामा खोजमूलक समाचारतर्फको हाम्रो यात्रालाई तीव्र र निरन्तर रूपमा हामी अघि बढाउनेछौं । 

Vianet communication

मुलुकमा व्याप्त भ्रष्टाचारले आम नेपालीमा चरम निराशा पैदा गरिरहेको छ । सरकार, जिम्मेवार निकाय र सरोकारवाला पदाधिकारीले भ्रष्टाचार नियन्त्रणका बारेमा ठूलाठूला गफ गरे पनि यो समस्याको न्यूनीकरणमा विश्वासलाग्दो काम गरिरहेका छैनन् । तर हामी, भ्रष्टाचारसँग सम्बन्धित समाचारको खोजीमा निरन्तर लागिपर्नेछौं ताकि हाम्रो प्रयासले सुशासनमा थोरै भए पनि सहयोग पुगोस् ।  

पाठकहरूको रचनात्मक सुझाव, खबरदारी र प्रतिक्रिया हामीलाई सधैं आवश्यक छ । यिनले नै हामीलाई सही मार्गमा हिँड्न झक्झकाइरहनेछन् । प्रतिबद्धतासँगै हामीले गएको तीन वर्षमा गरेका महत्त्वपूर्ण रिपोर्टिङ र त्यसले पारेको प्रभावका बारेमा संक्षिप्त चर्चा गर्न चाहन्छौं ।

रिपोर्टिङ नं १ : सर्वोच्चको आदेशपछि डीआईजीको फाइल खोल्दा गृहमा ‘भुइँचालो’ ! (लोकान्तर खोज)

प्रभाव : प्रहरी प्रमुखका दाबेदार नेपाल प्रहरीका चार डीआईजीको कार्यसम्पादन मूल्यांकन विवाद समाप्त । लोकान्तरको खोजले पत्ता लगाएको कासमुका आधारमा तेस्रो वरीयातामा रहेका भनिएका प्रकाश अर्याल प्रहरी प्रमुख नियुक्त ।

रिपोर्टिङ नं २ :‘हत्यारा’ छुटाउन एकै दिन दुई आदेश, न्यायाधीश उपाध्याय विवादमा (लोकान्तर खोज)

प्रभाव : समाचार प्रकाशित भएपछि न्यायाधीश उपाध्यायमाथि न्यायपरिषद्द्वारा छानबीन शुरू । १६ माघ २०७५ मा उपाध्याय निलम्बनमा । छानबीन अझै जारी । हाल न्यायाधीश जगेडामा । उच्च अदालतद्वारा न्यायाधीश उपाध्यायको गलत आदेश बदर । । 

रिपोर्टिङ नं ३ :नपढी विशिष्ट श्रेणीमा त्रिविको परीक्षा उत्तीर्ण गर्न मन छ ? जनकपुर आउनुस् (लोकान्तर खोज भाग–१) 

त्रिविको परीक्षामा मनलाग्दी : १० हजार तिरे बाहिरैबाट उत्तर पुस्तिका भरेर बुझाउन सकिने (भाग २)

त्रिविको परीक्षामा मनलाग्दी, चिट थुत्नेलाई कुटपिट, शिक्षक कुट्नेलाई जागिर ! (भाग ३)

प्रभाव : तीनवटा शृङ्खला प्रकाशित भएपछि त्रिभुवन विश्वविद्यालयद्वारा छानबीन समिति गठन । त्रिविद्वारा गठित टोली जनकपुरमा पुगेर गर्‍यो अनुसन्धान । चिट चोर्ने र चोराउने कारवाहीमा ।

लोकान्तर समाचार प्रभाव : त्रिविको टोली राराबमा, चिट चोर्न नपाएपछि परीक्षार्थीद्वारा नाराबाजी

लोकान्तर समाचार प्रभाव :  अमर्यादित गतिविधि गर्ने १३ परीक्षार्थी निष्काशित

रिपोर्टिङ नं ४: सरकारी गाडी दुरुपयोगमा लोकान्तर निगरानी - १ देखि १८ भागसम्म 

प्रभाव : सरकारी गाडी दुरुपयोग सम्बन्धी १८औं शृंखला प्रकाशित भइसक्दा नियमविपरीत प्रयोग भएका कतिपय गाडी फिर्ता, सिंहदरबारभित्र तथा काठमाडौं उपत्यकाभित्रका सरकारी कार्यालयहरूमा हल्लीखल्ली ।

रिपोर्टिङ नं ५ :क्रसरलाई नदी दोहनको लाइसेन्स, कागजमा सबै पूरा, फिल्डमा पुग्दैनन् कुरा (लोकान्तर खोज भाग १) 

अनुगमन प्रतिवेदन भन्छ– उत्खनन मापदण्डविपरीत, जिसस प्रमुखको प्रतिक्रिया– खनेको त खनिसक्यो ! (भाग- २)

लोकान्तर समाचार प्रभाव : मेलम्चीस्थित इन्द्रावतीमा तत्कालका लागि रोकियो अवैध उत्खनन

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ २४, २०८०

संघीयताप्रति नै वितृष्णा जगाउने गरी कोशी प्रदेशसभामा भइरहेको संविधानको खेलबाडमाथि सर्वोच्चले रोक लगाइदिएको छ । मुख्यमन्त्रीका रूपमा कांग्रेस संसदीय दलका नेता उद्धव थापाले प्रदेश सभामा लिएको विश्वासको मतसम्बन्...

साउन १, २०८०

लामो समयको गृहकार्य र बहसपछि नेपाल आयल निगमले असार ३१ गते मध्यरातदेखि इन्धनको स्वचालित मूल्य प्रणाली कार्यान्वयनमा ल्याएको छ ।  स्वचालित प्रणाली कार्यान्वयनमा आएसँगै देशभर इन्धनको मूल्य घटेको छ । सर्वसाधार...

कात्तिक १३, २०८०

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गोटरेसको भ्रमणका बेला नेपालको शान्ति प्रक्रिया फेरि एकपटक अन्तर्राष्ट्रिय समुदायमाझ चर्चाको विषय बनेको छ ।  नेपालको शान्ति प्रक्रियाको शुरूआती चरणमा राष्ट्र संघले सहजीक...

माघ २५, २०८०

काठमाडौं जिल्ला अदालतको एक आदेशका कारण बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा घोटाला प्रकरणको अनुसन्धान यत्तिकै रोकिने हो कि भन्ने चिन्ता बढेको छ । जग्गा हिनामिनाबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्...

फागुन २१, २०७९

कर्मचारीलाई तलब खुवाउन समेत हम्मेहम्मे पर्नेगरी देशको अर्थतन्त्र जर्जर अवस्थामा चलिरहेको छ । कोरोना महामारी र युक्रेन युद्धबाट सिर्जित समस्याका कारण अर्थतन्त्र लामो समयदेखि शिथिल छ । बजार चलायमान बन्न सकेको छ...

जेठ ३, २०८०

प्रतिनिधिसभाको पहिलो अधिवेशनमा नेता/सांसदको हाजिरी लोकान्तर डट्कमले सार्वजनिक गरिदिएपछि नेताहरूको जवाफदेहिताको बहस शुरू भएको छ । जनप्रतिनिधिको सर्वोच्च थलो संसद्‍मा ठूला भनिएका दलका शीर्ष न...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x