×

NMB BANK
NIC ASIA

सुस्त सरकार

विकास खर्चको 'कछुवा गति' : झण्डै ११ महिनासम्म ७ प्रतिशत वित्तीय प्रगति

जेठ २९, २०७६

NTC
Premier Steels

सुर्खेत - कर्णाली प्रदेश सरकारले कर्मचारी अभावका कारण बजेट खर्च गर्न नसकिरहेको बताउँदै आएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट ल्याउँदा भनेका थिए, 'हामी अब द्रुत गतिमा अघि बढछौं । कर्णालीको कायापलट नै गर्छौं ।' तर उनले बोलेको कुराले सार्थकता पाउन सकेको देखिएन । चालु आर्थिक वर्षको जेठ महिना सकिन लाग्दा प्रदेश सरकारले ७.३७ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ ।

Muktinath Bank

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला कर्मचारी समायोजनका कारण बजेट खर्च गर्न नसकिएको बताउँछन् । ‘समायोजनले प्रदेश र स्थानीय तहमा कर्मचारी पूर्ति हुने अपेक्षा गरेका थियौं,’ उनले भने, ‘कर्णाली प्रदेश कर्मचारीको रोजाइमा नपरेकाले बजेट कार्यान्वयन गर्न सकेनौं  ।’ 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेश सरकारले २१ अर्ब ३१ करोड ३५ लाख ९४ हजार रुपैयाँ पुँजीगत बजेटमध्ये प्रदेश सरकारले हालसम्म एक अर्ब ५८ करोड, १७ लाख ४८ हजार रुपैयाँ मात्रै खर्च गरेको छ  ।


Advertisment
Nabil box
Kumari

चालु आर्थिक वर्षका लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले हालसम्म तीन अर्ब ६१ करोड, ६९ लाख ६१ हजार मात्रै खर्च गरेको छ । २१ अर्ब ३१ करोड ३५ लाख ९४ हजार पुँजीगत बजेट मध्येबाट हालसम्म एक अर्ब ५८ करोड, १७ लाख ४८ हजार रुपैयाँ मात्रै खर्च गरेको छ  ।

Vianet communication

कसले कति गरे खर्च ?

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालयले सबैभन्दा कम विकास बजेट खर्च गरेको छ । यो अवधिमा मन्त्रालयले जम्मा विकास बजेटको ०.२८ प्रतिशत मात्रै खर्च गरेको छ । पुँजीगततर्फ पाँच अर्ब ८३ करोड ९६ लाख २० हजार रुपैयाँमध्ये आर्थिक मामिला तथा योजना मन्त्रालयले एक करोड ६४ लाख ८१ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यो अवधिमा ०.६९ प्रतिशत पुँजीगत खर्च गरेको छ । मुख्यमन्त्री कार्यालयले ५५ लाख २६ हजार रुपैयाँ विकास बजेट खर्च गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले पुँजीगततर्फको कुल बजेटमध्ये ४.७६ प्रतिशत खर्च गरेको छ । पुँजीगततर्फ ७५ करोड दुई लाख रुपैयाँ अख्तियारी पाएको मन्त्रालयले तीन करोड ५७ लाख ३७ हजार रुपैयाँ खर्च गरेको छ । सबैभन्दा धेरै बजेट रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च पनि निराशाजनक छ । भौतिक पूर्वाधार मन्त्रालयसँग पुँजीगततर्फ नौ अर्ब ६९ करोड २२ लाख ४६ हजार रुपैयाँ बजेट छ । हालसम्म मन्त्रालयले ८३ करोड ४४ लाख १९ हजार रुपैयाँ मात्रै खर्च गरेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले चालु आर्थिक वर्षको हालसम्म १२.०५ प्रतिशत विकास बजेट खर्च गरेको छ । दुई अर्ब १ करोड १३ लाख ८८ हजार रुपैयाँ विकास बजेटमध्ये मन्त्रालयले हालससम्म २४ करोड २३ लाख १३ हजार रुपैयाँ मात्रै खर्च गरेको छ  ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पुँजीगततर्फ १४.०३ प्रतिशत बजेट खर्च गरेको छ । एक अर्ब दुई करोड ९५ लाख पाँच हजार पुँजीगत बजेट रहेको मन्त्रालयले १४ करोड ४३ लाख ९१ हजार रुपैयाँ खर्च गरेको छ । सामाजिक विकास मन्त्रालयले यो अवधिमा २२ प्रतिशत बजेट खर्च गरेको छ । एक अर्ब ११ करोड २३ लाख १५ हजार विकास बजेटमध्ये सामाजिक विकास मन्त्रालयले २४ करोड ४८ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार प्रदेश व्यवस्थापिका सचिवालयले ६४.२४ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । ६ करोड, ३८ लाख ५० हजारको अख्तियारी पाएको प्रदेश सचिवालयले चार करोड ५० लाख १९ हजार रुपैयाँ खर्च गरेको छ भने मुख्य न्यायाधिवक्ताको कार्यालयले ८१ लाख ७० हजार रुपैयाँ पुँजीगत बजेटमध्ये ६९ लाख ८६ लाख रुपैयाँ खर्च गरेको छ  ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x