राष्ट्रिय बीमा कम्पनी लिमिटेड र मुक्तिनाथ विकास बैंकबीच सम्झौता

काठमाडौं- राष्ट्रिय बीमा कम्पनी लिमिटेड र बैंक तथा मुक्तिनाथ विकास बैंक लिमिटेडबीच आइतवारका दिन एक आपसका व्यवसाय आदानप्रदान गर्ने सम्झौता भएको छ ।

यस सम्झौता अनुरूप कम्पनीले बैंक सम्बन्धी कार्य गर्नको लागि मुक्तिनाथ विकास बैंकलाई प्राथमिकता दिने तथा बैंकले आफ्नो सम्पत्ति तथा दायित्वको बीमा गर्दा राष्ट्रिय बीमा कम्पनी लिमिटेडलाई प्राथमिकता दिइ गर्न लागिएको बताइएको छ ।


Advertisement

यसबाट बीमा कम्पनी तथा बैंकका कर्मचारी र ग्राहक दुवै लाभान्वित हुन सक्नेछन् । बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्याल तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका थिए । 

मुक्तिनाथ विकास बैंकले देशैभर ११९ वटा शाखा, २५ वटा एटीएम र ६ लाख ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्