बुढानीलकण्ठदेखि सातदोबाटोसम्म मेट्रो रेल्वे बन्दै !

काठमाडौं–सरकारले संघीय राजधानीमा मेट्रो रेल्वे निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन तयार पार्न कम्पनी छनोट प्रक्रिया अघि बढाएको छ । 

सम्भाव्यता अध्ययनबाट पहिलो चरणमा बुढानीलकण्ठदेखि सातदोबाटोसम्म २२ किलोमिटर लामो रेल्वे आर्थिक रुपमा फाइदाजनक हुने प्रतिवेदन आएपछि रेल विभागले डिपीआर तयार पार्न कम्पनी छनोट प्रक्रिया थालेको हो । 


Advertisement

विभागले डिपीआर तयार पार्न इच्छुक कम्पनीसँग प्रस्ताव मागेको थियो । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार २० कम्पनीले प्रस्ताव हालेका छन् । 

प्रस्तावमध्येबाट मेट्रो रेल्वे निर्माणमा बढी अनुभव भउका ६ कम्पनी छनोट गरी विभागले उनीहरुसित डिपीआर तयार पार्नका लागि प्राविधिक आर्थिक प्रस्ताव मागेको छ । 


Advertisement

ती कम्पनीको प्रस्ताव अध्ययनपछि साउन महिनाभित्रै उपयुक्त कम्पनी छनोट गरी डिपीआर निर्माण गर्न जिम्मा दिइने जानकारी मिश्रले दिए । कान्तिपुरमा यो खबर छापिएको छ । 

कमेन्ट गर्नुहोस्