×

काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको २ दिने भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट्न अस्वीकार गरेका छन् ।

स्रोतका अनुसार जयशंकर बसेको होटेल द्वारिकाजमा प्रचण्डलाई भेटको निम्तो आएको थियो तर प्रचण्डले पार्टीको काम देखाएर भेट्न अस्वीकार गरे । 


Advertisment

स्रोतले लोकान्तरलाई दिएको जानकारी अनुसार पूर्व प्रधानमन्त्रीसमेत रहिसकेका सत्तारूढ दलका अध्यक्ष प्रचण्ड आफैं गएर भारतको विदेशमन्त्रीलाई भेट्दा कूटनीतिक मर्यादाविपरीत हुने भन्दै प्रचण्डले भेट गर्न अस्वीकार गरेका हुन् ।


Advertisment

यद्यपि जयशंकरले निम्तो पठाएको समयमा पार्टीको सचिवालय बैठक चलिरहेको हुनाले आफू भेट्न नआउने भन्दै सूचना पठाएका थिए ।

जयशंकरले बुधवार नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटिसकेका छन् । दुवैबीच करीब १ घण्टा गोप्य वार्ता पनि भएको थियो । ओलीसँग जयशंकरले गरेको गोप्य भेटघाट कूटनीतिक मर्यादा विपरीत भएको भन्दै कतिपयले प्रश्न पनि उठाइसकेका छन् । 

होटेल द्वारिकाजमा जयशंकरलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सत्तारूढ दलका अन्य नेताहरू पुगे ।

२०७२ सालको चैतमा पनि प्रचण्डले जयशंकरलाई भेट्न अस्वीकार गरेका थिए । त्यतिबेला जयशंकर भारतका विदेश सचिवका रूपमा नेपाल आएका थिए । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को मन्त्रिस्तरीय बैठकमा भाग लिन आएका जयशंकरले प्रचण्डसँग भेट्न समय मागिसकेका थिए तर पार्टीको कामले दोलखा जानुपर्ने भन्दै प्रचण्ड बिहानै त्यता लागे । 

त्यसअघि नेपालको संविधान निर्माणको अन्तिम चरणमा रहँदा २०७२ सालको भदौमा जयशंकर भारतीय प्रधानमन्त्री मोदीका विशेष दूतका रूपमा काठमाडौं आएका थिए । 

उनले संविधान निर्माणको प्रक्रिया केही दिन पर सार्ने दबाब दिँदै प्रचण्ड लगायत परराष्ट्रमन्त्रीसमेत भइसकेका नारायणकाजी श्रेष्ठकै अगाडि ‘अभद्र’ व्यवहार देखाएपछि प्रचण्ड असन्तुष्ट बनेका थिए ।

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x