मंसिर १६, २०८०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
भदौ १३, २०७६
काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७ बुँदे अन्तरपार्टी निर्देशन जारी गरेको छ ।
हालसम्म बसेका सचिवालय बैठकका निर्णयहरूका आधारमा पार्टीका केन्द्रीय कमिटी सदस्यहरूलाई निर्देशिका जारी गरिएको हो ।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली उपचारका लागि सिंगापुर रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले हस्ताक्षर गरेर उक्त अन्तरपार्टी निर्देशिका जारी गरिएको हो ।
गत जेठ २ गतेदेखि ५ भदौ २०७६ सम्म अध्यक्षद्वय कमरेड केपी शर्मा ओली र कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न र ९ भदौ २०७६ मा अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सम्पन्न केन्द्रीय सचिवालय बैठकका निर्णयहरूका आधारमा अन्तरपार्टी निर्देशन जारी गरिएको एक केन्द्रीय कमिटी सदस्यले बताए ।
उक्त निर्देशनमा निर्णयहरूको महत्त्वलाई गम्भीरतापूर्वक आत्मसात गर्न र आ–आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशित गरिएको छ ।
'यथासक्य चाँडो पार्टी स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक आयोजना गर्नेछौं,' निर्देशिकामा भनिएको छ, 'अब पार्टीले समस्त नेता, कार्यकर्ता एवं सदस्यहरूलाई जनतासँग जोड्ने र आम जनसमुदायलाई सरकारद्वारा सञ्चालित विकास, समृद्धि र सामाजिक न्यायसहितको महाअभियानसँग जोड्ने गरी विशेष राष्ट्रिय अभियान सञ्चालन गर्नेछ ।'
यसअघि पार्टी एकता सम्पन्न भएपश्चात् केन्द्रीय कमिटी, स्थायी कमिटी र सचिवालयका निर्णयहरूको आधारमा अन्तरपार्टी निर्देशन – १, विशेष परिपत्र – १, २, ३ र ४ जारी भइसकेको छ ।
कतिपय जनवर्गीय संगठनको केन्द्रीय कमिटीका लागि तय गरिएका सदस्य संख्या अपर्याप्त भयो भन्ने लगायतका विषयमा महासचिव विष्णु पौडेलसँग परामर्श गर्नुपर्ने उक्त निर्देशिकामा उल्लेख छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...
जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...