×

साना टेलिकम कम्पनीलाई मर्जरमा जान सरकारको दवाव

कात्तिक २०, २०७४


काठमाडौं, १८ चैत– बजार हिस्साका हिसावल खासै प्रभावशाली नदेखिएका र लगानीमा पनि कमजोर रहेका दूरसञ्चार कम्पनीलाई मर्जरमा जान सरकारले दवाव दिएको छ । दूरसञ्चार कम्पनीको संख्यात्मक वृद्वि भए पनि सोही अनुरुप गुणात्मक सुधार नदेखिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले विनियमावलीमार्फत मर्जरको व्यवस्था ल्याउन लागेको हो ।

मर्जरको व्यवस्था गर्नका लागि प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली –२०७३ तयार गरिसकेको छ । प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालका अनुसार उक्त विनियमावलीमाथि प्राधिकरणको बोर्डले समेत लगभग सहमति दिइसकेको छ । प्राधिकरणको बोर्ड अध्यक्षमा सञ्चार मन्त्रालयका सचिव रहने प्रावधान छ ।

लगानी र गुणस्तर कमजोर भएका कम्पनी गाभिने

नेपालको बजार हिस्सा र टेलिकम प्रयोगकर्ताको संख्याका आधारमा नेपालमा दूरसंचार सेवाप्रदायकको संख्या धेरै भएको भन्दै प्राधिकरणले यस्तो व्यवस्था गर्न लागेको हो ।
हाल नेपालमा ६ वटा दूरसंचार कम्पनीले सेवा दिइरहेका छन् । प्राधिकरण अनुसार तीमध्ये नेपाल टेलिकम र एनसेलकोमात्र बजार हिस्सा अहिले करीव ९३ प्रतिशत छ । भने बाँकी युटिएल, स्मार्ट टलिकम, एसटिएम टेलिकम र नेपाल स्याटेलाइट गरी ४ कम्पनीको बजार हिस्सा करिब ७ प्रतिशतमात्र छ ।

‘लगानी अभिवृद्वि र सेवा गुणस्तरमा पनि कमजोर देखिएका दूरसंचार कम्पनीलाई मर्जरमा जान सहज बनाउन विनियमावली तयार गरेका हौं,’ प्राधिकरणका प्रवक्ता अर्यालले भने ।

स्वस्थ्य बजार प्रतिस्पर्धालाई असर नपुग्ने गरी मर्जर र एक्विजिसनमा जानका लागि विनियमावलीले बाटो खुलाएको प्राधिकरणले बताएको छ । यसका लागि विभिन्न सर्त र प्रावधान राखिएको प्रवक्ता अर्यालको भनाइ छ ।

मर्जरमा जानका लागि त्यसको प्रक्रिया, मर्जरमा जाने कम्पनीले साविकमा लिइरहेका फ्रिक्वेन्सी, स्पेक्ट्रम, लाइसेन्स लगायतका विषयमा पनि विनियमावलीमा प्रस्ट पारिएको प्रवक्ता अर्यालले बताए ।

बोर्डले सहमति दिएको उक्त विनियमावली अब सञ्चार मन्त्रालयमा पेस गरिने प्राधिकरणले बताएको छ । मन्त्रालयमाफर्त सिफारिस गरेर मन्त्रिपरिषद्ले पारित गरेपछिमात्र विनियमावली कार्यान्वयनमा आउने छ ।

तेस्रो बलियो प्रतिस्पर्धीको खोजी

टेलिकम क्षेत्रमा आधा दर्जन प्रदायक कम्पनी भए पनि सेवाका हिसावमा दुई कम्पनीमात्र प्रतिस्पर्धी देखिएपछि तेस्रो प्रतिस्पर्धी भित्र्याउने मनसायले यस्तो व्यवस्था ल्याउन लागिएको प्राधिकरण बताउँछ ।

नेपालका लागि ६ वटा प्रदायक कम्पनी बढी रहेको प्राधिकरण बताउँछ । बाँकी ४ वटा कम्पनीले फ्रिक्वेन्सी नम्बर जस्ता स्रोत ओगटेर बसेका र त्यस्ता कम्पनीका लागि विनियमावलीले स्वेच्छिक र बाध्यात्मक मर्जर तथा एक्विजिसनको व्यवस्था गर्न लागेको प्राधिकरण बताउँछ ।

प्राधिकरणका अनुसार नयाँ विनियमावलीको व्यवस्थाले प्रभावकारी सेवा दिन र लगानी गर्न नसकेका तथा फ्रिक्वेन्सी नम्बर भएका सेवा प्रदायकहरू ठूला कम्पनीले किन्न सक्ने वा ती कम्पनी एकापसमै गाभिने अवस्था सृजना गर्नेछ ।


Advertisment

Advertisment
मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

समाज सुधारका १२ सूत्र

समाज सुधारका १२ सूत्र

असार ११, २०८१

समाजमा बसेपछि सबैसँग सद्भाव, मित्रता, सहनशीलता, क्षमायाचना, त्याग, शालीनता, भद्रता आदि कुराको आवश्यकता पर्दछ । हरेक मानिस र उसको पारिवारिक अवस्था फरक–फरक हुन्छ। सानातिना कुरामा विवाद गर्ने, निहुँ खोज्ने...

किन बनेन हाम्रो देश ?

किन बनेन हाम्रो देश ?

असार १०, २०८१

'नेपाल अर्थात् यो हाम्रो देश बनेन, अहँ अब बन्दैन' भन्नेहरू देशभित्र मात्र होइन, विदेशमा पनि पाइला–पाइलामा भेटिन्छन् । यसो भन्नेहरूमा देश र यहाँका जनताप्रति चिन्ता र चासो स्वाभाविक रूपमा भेटिन्छ । ...

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

नेपाली राजनीतिका मूल प्रवृत्ति : सामन्ती सोच, छद्मभेषी चरित्रदेखि आदर्शको विस्थापनसम्म

असार ९, २०८१

'राजनीतिज्ञको काम आफ्नो जीवनलाई सहज र सुखद् बनाउनु होइन, आफू जन्मेर हुर्केको र अवसर पाएको समाजका लागि राम्रो काम गर्नु र उन्नत बनाउनु हो'- अमेरिकी पूर्वराष्ट्रपति अब्राहम लिङ्कन । नेपालमा यस्तो सोच्ने ...

x