काठमाडौं –नेपाली बजारमा बुधवार सुनचाँदीको भाउ पुनः बढेको छ ।
केही दिनदेखि निरन्तर ओरालो लाग्दै गरेको सुनचाँदीको भाउ बुधवार पुनः बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधवार छापावाल सुन प्रतितोला ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलवार छापावाल सुन प्रतितोला ६९ हजार २ सयमा कारोबार भएको थियो ।
बुधवार तेजावी सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार, बुधवार चाँदी प्रतितोला ८ सय ३५ रुपैयाँमा कारोबार भैरहेको छ । मंगलवार चाँदी प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।
लोकान्तर संवाददाता