×

NMB BANK
NIC ASIA

२०६५ सालमै ट्रयाक खाेलिएकाे सडक निर्माण अलपत्र

असोज २०, २०७६

NTC
Premier Steels

पूर्वी नवलपरासी जिल्लाको त्रिवेणीदेखि दुम्किबास जोड्ने सडकखण्डको २०६५ साल मै ‘ट्र्याक’ खोलिए पनि सो लगत्तै सडकखण्ड निर्माणकार्य अलपत्र परेको छ । प्रदेश नं. ४ अन्तर्गत पूर्वी नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. १ दुम्किबास र वडा नं. ६ त्रिवेणी जोड्ने करीब सात किलोमिटरको सडकखण्डको २०६५ सालमा ट्र्याक खोलिएको थियो । यद्यपि अहिले सो सडकखण्डमा ट्र्याक खोल्नुअघि निर्माण गरिएको अस्थायी सडक सञ्जालका संरचनासमेत बिग्रिसकेको अवस्था छ भने सडक पूर्णरुपमा बन्द रहेको छ ।

निकुञ्ज र निकुञ्ज आसपासको क्षेत्र मानिने मध्यवर्ती सामुदायिक वन क्षेत्रको केही भाग सडकमा परेका कारण सडक निर्माण गर्न समस्या भएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष प्रितमबहादुर गुरुङ बताउँछन् । साविक नवलपरासी जिल्लाको दुम्किबास गाविस, त्रिवेणी गाविस, स्थानीय जनश्रमदान गरी लाखौँ रकम खर्चिएर बाटोको ट्र्याक खोलिएको थियो । तर ट्र्याक खोलिएको वर्षौं बितिसक्दा पनि सडकको थप स्तरोन्नति हुन सकेको छैन । सडक सञ्चालन गर्न स्थानीय सरकारदेखि गण्डकी प्रदेश सरकार सकारात्मक देखिएका छन् । अब तत्कालै सो सडक सञ्चालन गर्न प्रदेश सरकार र केन्द्रीय सरकारसमक्ष पहल भइरहेको विनयी त्रिवेणी गाउँपालिकाका उपाध्यक्ष मीरा राना बताउँछिन । सो सडक २०२९ सालभन्दा अघि मानिसको हिँडडुल गर्ने सडकका रुपमा प्रयोग हुने गथ्र्याे । त्यसपछि सो सडकखण्डको केही भाग चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र र केही भाग मध्यवर्ती सामुदायिक वन क्षेत्रमा परेकाले बाटो निर्माणमा समस्या भएको मध्यवर्ती क्षेत्र त्रिवेणी उपभोक्ता समितिका अध्यक्ष लक्ष्मणप्रसाद गौतम बताउँछन । अब तत्कालै त्रिवेणी–दुम्किबास–सडक निर्माण कार्य अघि बढाउन स्थानीय सरकारदेखि केन्द्रीय सरकारसम्म पहल भइरहेको सांसद तिलक महतले बताए ।

सो सडक निर्माणका लागि प्रारम्भिक वातावरणीय परीक्षण (आइइई) र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) तयार गर्ने कार्य भइरहेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गोपाल घिमिरे बताए। सडक निर्माणका क्रममा आवश्यक पर्ने काट्नुपर्ने रुखको विवरण सङ्कलन गर्ने काम सकिएको छ । सडक निर्माणका क्रममा वन्यजन्तु ओहोरदोहोरो गर्ने क्षेत्रलाई मध्यनजर गर्दै निर्माण हुनुपर्ने सूचना अधिकारीको भनाइ छ । सो सडक सञ्चालन नहुँदा विनयी त्रिवेणी गाउँपालिकाअन्तर्गत वडा नं. ६ र ७ का स्थानीयवासी आफ्नो गाउँपालिकाको मुख्य प्रशासनिक भवन दुम्किबास जान पनि पश्चिम नवलपरासीको बर्दघाट हुँदै पूर्वी नवलपरासीको दुम्किबास पुग्नु करीब ४० किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ । त्रिवेणी–दुम्किबास–सडक निर्माण भएमा प्रदेश नं. ४ मा भारतको सिमाना जोडिएको एकमात्र नाका त्रिवेणीमा रहेको त्रिवेणी छोटी भन्सारको समेत स्तरवृद्धि भएमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास लिएको छ

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख ८, २०८१

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार योजनाको काम तीव्ररुपमा भइरहेको छ । सडक विस्तार आयोजनाले भने पुरानै शैलीका ढल व्यवस्थापनलाई निरन्तर...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

x